: नेपाली सेनाको श्री भैरव वाहन गुल्ममा कुकुर पूजा गरिएको छ । बिहीबार सेनाको भक्तपुरको सानो थिमिस्थित भैरव बहान गुल्ममा ‘सैनिक डग प्रदर्शनी’ मा रेस्क्यु कलाका साथै गुल्ममा रहेका कुकुरहरूको पूजा गरिएको थियो । कुकुरलाई यमराजको दूतको रूपमा र भगवान भैरवको वहानको रूपमा पुजिने गरिन्छ ।
सेनाले उमेर र काम गर्ने क्षमताका आधारमा छनोट गरी डग केनलबाट शान्ति मिसनमा कुकुर पठाउने गरेको छ ।
कुकुरको सहयोगमा शान्ति सैनिकलाई सम्पिएको जिम्मेवारी पूरा गर्न सहज भएपछि नेपाली सेनाले द्वन्द्वरत मुलुकमा हातहतियार तथा विष्फोटक पदार्थ पत्ता लगाउन र सुरक्षा गार्डमा कुकुरको प्रयोग गर्दै आएको छ। सामान्यतया एउटा स्वस्थ्य ककरले आठ वर्षको उमेरसम्म पूर्ण रुपमा काम गर्दछ ।
सेनाले कुकुरलाई समयानुकुल तालिम प्रदान गर्न डग हाण्डलरलाई भारत, पाकिस्तान र बंगलादेशा पठाउने गरेको जनाएको छ। यसका अतिरिक्त सुरक्षा फौजले सञ्चालन गरेको विभिन समारोहमा खेलकुद र मनोरन्जनका लागि कुकुरको प्रयोग गर्दै आएको छ।