मुख्य समाचार
पर्साका ग्रामीण भेगमा फस्टायो गाँजाखेती
पर्साका ग्रामीण भेगमा फस्टायो गाँजाखेती

। पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ ।

इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन ।




पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती भएका ठाउँमा फँडानी गर्दै आएको छ ।

पर्सा प्रहरीले गाँजाखेती भएका स्थानको फँडानी गरे पनि त्यसको खेतीमा संलग्नलाई भने बुधबारसम्म पक्राउ गरेको छैन ।




पर्सा प्रहरी प्रमुख कुमोध ढुङ्गेलले सार्वजनिक वन तथा सार्वजनिक जग्गामा गाँजाखेती भएकाले पनि गाँजाखेतीमा संलग्न हुनेलाई पक्राउ गर्न नसकिएको दाबी गरे ।

‘पर्साका विभिन्न ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा गाँजाखेती भएका स्थानको पहिचान गरेर फँडानी गर्दै आइरहेका छौं, उनले भने’, ‘अहिलेसम्म पेसेवर रूपमा गाँजाखेती गर्ने को भने पहिचान हुन सकेको छैन ।’

यद्यपि पर्सा जङ्गलमा जोडिएका ग्रामीण भेगमा भने व्यावसायिक रुपमा नै गाँजाको खेती हुने गरेको छ ।

प्रहरीले ग्रामीण भेगमा जङ्गल नजिकका बस्तीमा गाँजाका केही बोट नष्ट गरे पनि स्थानीयको पहिचान गरेर कारबाही प्रक्रिया अघि नबढ्दा गाँजाखेती मौलाएको छ ।

पर्सा प्रहरीले कात्तिक १० गते पनि पर्सागढी नगरपालिका वडा नम्बर १ झबराहमा पनि दुई बिघा क्षेत्रफलमा लगाइएको करिब १५ हजार गाँजाका बोट फँडानी गरेको छ ।

गत कात्तिक ७ गते पनि पर्सा प्रहरीले पटेवासुगौली गाउँपालिका वडा नम्बर २ थरकटीमा एक बिघा क्षेत्रफलमा लगाइएको करिब सात हजार गाँजा नष्ट गरेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले गाँजा विभिन्न मञ्चमा छलफल र बहसको विषय भए पनि हालसम्म कानुन बनिनसकेकाले यसको कारोबार र खेती अवैध भएकाले प्रचलित कानुनको पालना गराउनु आफ्नो कर्तव्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सशस्त्र प्रहरी बल, ३१ नम्बर गण, बर्दियाले प्रतिबन्धित पटाका बर्दियाको विभिन्न नाकाबाट बरामद गरेको छ । करिब १ लाख ३० हजार मूल्य बराबरको रकेट, भुई चम्पा, सुतली बम लगायतका पटाका रहेका छन् । भारतबाट भित्राइएका ती पटाकालाई बिहीबार उक्त गणमा सञ्चारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ । गणपति चित्रांगत दाहालले गणको हाता भित्र खाडल ...
: बारामा कार्तिक ७ गते ५५ वर्षीय पुरुषको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछीयाका ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको कात्तिक ७ गते बेलुकी ८ बजे गर्दनमा धारिलो हतियार(खुकरी)ले प्रहार गरी हत्या भएको थियो। यादवको गर्दनमा खुकुरीले प्रहार गरी हत्या गर्ने यादवकै गाउँका ६४ वर्षीय सोगाई ...
। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन् । नेपाल टेलिभिजन कर्मचारी संघले दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना गरेकव शुभकामना आदान प्रदान कार्यक्रममा उनले फेक न्यूज रोक्न सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो पेशाबाट तपाईंहरुले नेपाली समाजलाई फेक न्यूजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस् ...
— ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर संकलन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर संकलन गरेका हुन् । कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ । हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या ...
। सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सक्रिय भएका छन् । बुधबार २० प्रतिशत छुटका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका छन् । नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली, २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महसुल छुटको व्यवस्था लागू ...