मुख्य समाचार
खुकुरी प्रहार गरेर हत्या गर्ने व्यक्ति पक्राउ
खुकुरी प्रहार गरेर हत्या गर्ने व्यक्ति पक्राउ

: बारामा कार्तिक ७ गते ५५ वर्षीय पुरुषको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ।



बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछीयाका ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको कात्तिक ७ गते बेलुकी ८ बजे गर्दनमा धारिलो हतियार(खुकरी)ले प्रहार गरी हत्या भएको थियो।

यादवको गर्दनमा खुकुरीले प्रहार गरी हत्या गर्ने यादवकै गाउँका ६४ वर्षीय सोगाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेर बिहीबार सार्वजनिक गरेको हो।




बिहीबार जिल्ला प्रहरी कार्यालय बारामा आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले थारूलाई यादवको हत्या भएकै दिन पक्राउ गरिएको बताए। घरबाटै पक्राउ गरिएका थारूले जग्गा सम्बन्धी पुरानो रिसिबीको कारण यादवको हत्या गरेको बयान प्रहरीलाई दिएको सापकोटाले बताए।

प्रहरीका अनुसार थारूले यादवको जग्गा वर्षौदेखि अधियाँमा कमाउँदै आएका थिए। वर्षौदेखि आफूले अधियाँमा कमाउँदै आएको जग्गामा मोही हक लाग्ने भन्दै थारूले भनेपछि यादवले आफ्नो जग्गा थारूबाट फिर्ता लिएका थिए। त्यसैको आक्रोशमा थारूले यादवको हत्या गरेको प्रहरीको भनाइ छ।

यादवको हत्यामा थारूले प्रयोग गरेको खुकुरी भने थारूले आफ्नै घर पछाडिको झाडीमा लुकाएर राखेको अवस्थामा बिहीबार बरामद गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले जानकारी दिए। पक्राउ परेका थारूलाई प्रहरी हिरासतमा राखेर ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— सशस्त्र प्रहरी बल, ३१ नम्बर गण, बर्दियाले प्रतिबन्धित पटाका बर्दियाको विभिन्न नाकाबाट बरामद गरेको छ । करिब १ लाख ३० हजार मूल्य बराबरको रकेट, भुई चम्पा, सुतली बम लगायतका पटाका रहेका छन् । भारतबाट भित्राइएका ती पटाकालाई बिहीबार उक्त गणमा सञ्चारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ । गणपति चित्रांगत दाहालले गणको हाता भित्र खाडल ...
। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन् । नेपाल टेलिभिजन कर्मचारी संघले दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना गरेकव शुभकामना आदान प्रदान कार्यक्रममा उनले फेक न्यूज रोक्न सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो पेशाबाट तपाईंहरुले नेपाली समाजलाई फेक न्यूजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस् ...
— ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर संकलन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर संकलन गरेका हुन् । कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ । हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या ...
। पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती ...
। सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सक्रिय भएका छन् । बुधबार २० प्रतिशत छुटका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका छन् । नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली, २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महसुल छुटको व्यवस्था लागू ...