मुख्य समाचार
पटाका बर्दियाको विभिन्न नाकाबाट बरामद
पटाका बर्दियाको विभिन्न नाकाबाट बरामद

— सशस्त्र प्रहरी बल, ३१ नम्बर गण, बर्दियाले प्रतिबन्धित पटाका बर्दियाको विभिन्न नाकाबाट बरामद गरेको छ ।



करिब १ लाख ३० हजार मूल्य बराबरको रकेट, भुई चम्पा, सुतली बम लगायतका पटाका रहेका छन् ।


भारतबाट भित्राइएका ती पटाकालाई बिहीबार उक्त गणमा सञ्चारकर्मी र नेपाल प्रहरीको रोहवरमा नष्ट गरिएको छ । गणपति चित्रांगत दाहालले गणको हाता भित्र खाडल खनेर नष्ट गरिएको जनाएका छन् ।

सशस्त्र प्रहरी बलले सिमामा कडाई गरेपनि चोरी नाका हुँदै प्रतिबन्धित पटाका जिल्लाका विभिन्न नाकाबाट भित्रिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बारामा कार्तिक ७ गते ५५ वर्षीय पुरुषको हत्या गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ। बाराको महागढीमाई नगरपालिका-१ सेमरा तेगछीयाका ५५ वर्षीय भूमि सुधार भन्ने नारायण प्रसाद यादवको कात्तिक ७ गते बेलुकी ८ बजे गर्दनमा धारिलो हतियार(खुकरी)ले प्रहार गरी हत्या भएको थियो। यादवको गर्दनमा खुकुरीले प्रहार गरी हत्या गर्ने यादवकै गाउँका ६४ वर्षीय सोगाई ...
। उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई फेक न्यूजबाट जोगाउन आग्रह गरेका छन् । नेपाल टेलिभिजन कर्मचारी संघले दीपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा आयोजना गरेकव शुभकामना आदान प्रदान कार्यक्रममा उनले फेक न्यूज रोक्न सञ्चार माध्यमले जिम्मेवार भूमिका खेल्नुपर्ने बताए । ‘आफ्नो पेशाबाट तपाईंहरुले नेपाली समाजलाई फेक न्यूजबाट होइन कि सत्य समाचारबाट सूचित गर्नुस् ...
— ताप्लेजुङमा अवस्थित कम्भकर्ण (फक्ताङलुङ) हिमालको आधार शिविर क्षेत्रमा फोहर संकलन गरिएको छ । फक्ताङलुङ गाउँपालिका–६ का महेन्द्र आधारभूत विद्यालयका शिक्षकहरुले हिमालमा भएको फोहर संकलन गरेका हुन् । कुम्भकर्ण हिमाल विश्वको ३२औँ र नेपालको १५औँ अग्लो हिमाल हो । यसको मनमोहक दृश्य र जैविक विविधता पर्यटकहरूको प्रमुख आकर्षण बनेको छ । हिमालको आधार शिविरमा फोहरका थुप्रै समस्या ...
। पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका-१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा प्रहरीले पछिल्लो साता दिनहुँजसो गाँजाको खेती ...
। सरकारी अस्पताललाई विद्युत महसुलमा २० प्रतिशत छुट दिन भएको व्यवस्था कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल सक्रिय भएका छन् । बुधबार २० प्रतिशत छुटका लागि मन्त्री पौडेलले मन्त्रीस्तरीय निर्णय गरेका छन् । नेपाल विद्युत प्राधिकरण विद्युत महसुल संकलन विनियमावली, २०७८ मा भएको सरकारी अस्पताल तथा स्वास्थ्य चौकीले पाउने विद्युत महसुल छुटको व्यवस्था लागू ...