मुख्य समाचार
न्युजिल्याण्डका भेट्रान ब्याटर मार्टिन गप्टिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने
न्युजिल्याण्डका भेट्रान ब्याटर मार्टिन गप्टिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने

। न्युजिल्याण्डका भेट्रान ब्याटर मार्टिन गप्टिलले विराटनगर किंग्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

मंसिर १५ गतेदेखि सुरु हुने एनपीएलका लागि विराटनगरले ३८ वर्षीय गप्टिललाई अनुबन्ध गरेको मंगलबार सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।




गप्टिल ओडीआई विश्वकपमा दोहोरो शतक प्रहार गर्ने खेलाडीसमेत हुन् ।

३८ वर्षीय गप्टिलसँग अन्तर्राष्ट्रिय क्रिकेट र फ्रेन्चाइज क्रिकेट खेलेको धेरै अनुभव छ । उनी एनपीएलका लागि अनुबन्ध हुने अहिलेसम्मकै ठूलो नाम र स्टार खेलाडी हुन् ।




गप्टिलले किवी टोलीका लागि ४७ टेष्ट, १९८ ओडीआई र १२२ टी-२०आई खेल खेलेका छन् । उनले ३४७ टी-२० खेल खेलेका छन् ।

ओडीआईमा एकै खेलमा अविजित २३७ रन बनाएका गप्टिलले टी-२० आईमा २ शतक प्रहार गरेका छन् । टी-२० आईमा उनको उच्च स्कोर १०५ रन हो ।

उनले टेष्टमा २ हजार ५८६ रन बनाएका छन् भने ओडीआईमा ७ हजार ३४६ रन बनाएका छन् । यस्तै टी-२० आईमा ३ हजार ५३१ रन बनाएका छन् ।

विश्वभर सबैखाले टी-२० खेलमा गरेर गप्टिलले ९ हजार भन्दा बढी रन बनाएका छन् ।

उनले मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंग्सबाट इन्डियन प्रिमिय रलिग आईपीएल खेलिसकेका छन् । यस्तै बिग बास लिग, क्यारेबियन प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगायत अन्य फ्रेन्चाइज लिगसमेत खेलिसकेका छन् ।

गप्टिल विराटनगरले अनुबन्ध गरेको तेस्रो विदेशी खेलाडी हुन् । यसअघि विराटनगरले ओमानका कप्तान तथा अलराउण्डर अकिब इल्यास र क्यानडाका कप्तान निकोलस किर्टोनलाई अनुबन्ध गरिसकेको छ ।

सन्दीप लामिछाने मार्की प्लेअर रहेको विराटनगरले मुख्य प्रशिक्षकमा आयरल्याण्डका केभिन ओ’ब्रायनलाई अनुबन्ध गरेको छ । मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित