मुख्य समाचार
दशैं र तिहारको अवसरमा बेलायती संसद भवन परिसरमा नेपाली समुदायले विशेष सांस्कृतिक कार्यक्रम
दशैं र तिहारको अवसरमा बेलायती संसद भवन परिसरमा नेपाली समुदायले विशेष सांस्कृतिक कार्यक्रम

। दशैं र तिहारको अवसरमा बेलायती संसद भवन परिसरमा नेपाली समुदायले विशेष सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । वेष्टमिनिस्टरस्थित जुब्ली रुममा मंगलबार साँझ आयोजित ‘दशैंतिहार मिट एन्ड ग्रीट’ कार्यक्रममा नेपाली समुदायका प्रतिनिधिहरूसँगै बेलायती सांसदहरूको सहभागिता थियो ।

कार्यक्रममा शुभकामना आदानप्रदानसँगै देउसी-भैलो, गीत, नृत्यजस्ता मौलिक नेपाली सांस्कृतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । लन्डन ग्रीनबीच बरोका मेयर जीत रानाभाटको कमनवेल्थ एन्ड गोर्खा गार्डेन तथा बावेल क्यान्सरसम्बन्धी च्यारिटीको पहलमा कार्यक्रम आयोजना गरिएको थियो ।


कार्यक्रममा लन्डनकी सांसद एबिना अपोङ असारे असारेले बेलायती संसदमा नेपाली पर्वको खुशी बाँड्न पाउँदा गर्व महसुस भएको बताइन् । अर्की सांसद सेरा ओवेनले पनि नेपाली संस्कृतिबारे जान्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिइन्।

हाउस अफ लर्ड्सकी सदस्य ब्यारोनेस हिलारी आर्मस्ट्रोङले गोर्खाहरुको योगदान र बेलायत-नेपालको ऐतिहासिक सम्बन्धलाई सम्झिइन्। कार्यक्रममा कार्यवहाक नेपाली राजदूत विपिन दुवाडीले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे।


कार्यक्रममा नेपाली परम्परागत देउसी-भैलो, गीत-नृत्यसहित सांस्कृतिक प्रस्तुति तथा नेपाली भोजनसमेतको व्यवस्था गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...