मुख्य समाचार
चितवनमा देउसी भैलोमा राजनीतिक विषय उठाउन नपाइने
चितवनमा देउसी भैलोमा राजनीतिक विषय उठाउन नपाइने

। चितवनमा यो तिहारमा देउसी भैलो खेल्दा राजनीति विषय उठाउन नपाइने भएको छ ।

जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर तिहारमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ । जसमा देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने उल्लेख छ ।


त्यस्तै देउसी भैलो नाचगान जस्ता साँस्कृतिक क्रियाकलापहरु बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्र खेल्न पाइने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले जारी गरेको सूचनामा उल्लेख छ ।

म्याद गुज्रेका भाइमसला, प्लास्टिकका फूलमाला र कानुनले आयात तथा प्रयोगमा रोक लगाएका वस्तुहरुको बिक्री वितरण गर्न पनि नपाइने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ । यो वर्ष तिथिको घटबढका कारण औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए । विहीबार बिहान कुकुर ...
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा रहेको बताएका हुन्। राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्वल भविष्का ...
: वीरगन्जबाट प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले २ जना र वीरगन्ज–१४ गण्डक चोकबाट नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको हो । वीरगन्ज भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले लागू औषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको रघुनाथपुर ग्राम पञ्चायत–१ का २५ ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् । बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् । ‘हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा ...
: मोरङमा प्रेसर कुकर पड्किँदा घाइते भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा मगर घाइते भएकी थिइन् । उनको ...