मुख्य समाचार
‘आज तिहारको कुनै पर्व छैन’
‘आज तिहारको कुनै पर्व छैन’

। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज कात्तिक १६ गते शुक्रबारको दिन कुनै पनि चाडपर्व नभएको जनाएको छ । आज औंसीको दिन भए पनि तिहारको कुनै पर्व भने नपरेको समितिको भनाइ छ ।

यो वर्ष तिथिको घटबढका कारण औंसीका बेला सूर्योदय भएकाले आजको दिन कुनै पर्व नपरेको समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले बताए ।


विहीबार बिहान कुकुर पूजा र साँझ लक्ष्मीपूजा गरिएको छ । शुक्रबार यमपञ्चकको कुनै पर्व नभएको र औंसीसहित कार्तिक शुक्ल प्रतिपदाका दिन गरिने गाई पूजा शनिबार अर्थात् कात्तिक १७ गते परेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि प्रत्येक महिनाको औंसीलाई पर्व मानिन्छ । औंसीमा विशेषगरी पितृकर्म हुने गर्छ ।


नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औंसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । गाईलाई गौमाताका रूपमा सम्मान गरिने भएकाले वर्षका ३६५ दिन नै गाई पूजा गर्न पनि सकिन्छ । तर तिहारका अवसरमा गरिने गाई पूजा भने शनिबार नै गर्नुपर्ने समितिको भनाइ छ । यसैले गाईतिहार पनि शनिबार नै मनाइन्छ ।

कात्तिक १७ गते शनिबार भने गाईगोरु पूजा, गोवद्र्धनपूजा, बलिपूजा, हलीतिहार, म्ह (आत्म) पूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि गरी छवटा पर्व एकै दिन परेको समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) र भित्तेपात्रोमा उल्लेख छ ।

तिथिका घटबढका कारण यस वर्ष पाँच दिनमा सकिने दोस्रो चाड तिहार यस वर्ष ६ दिनसम्म लम्बिएको छ । कार्तिक कृष्ण त्रयोदशीका दिन सुरु हुने तिहार यस वर्ष कात्तिक १३ गते मंगलबार सुरु भएको थियो ।

यो पर्व कार्तिक शुक्ल द्वितीयाका दिन कात्तिक १८ गते आइतबार दिदीबहिनीका हातबाट दाजुभाइले विधिपूर्वक टीका लगाएपछि सकिन्छ । टीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा सबैको ध्येय रहेको बताएका छन्। राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले बिहीबार प्रचण्ड निवास खुमलटारमा आयोजना गरेको देउसी भैलो कार्यक्रममा प्रचण्डले कलाकार, पत्रकार सबैको ध्येय राष्ट्रिय एकतालाई अझ बढि बलियो बनाउनेमा रहेको बताएका हुन्। राष्ट्रिय स्वाधिनतालाई सुदृढ गर्दै नेपाली जनताको उज्वल भविष्का ...
: वीरगन्जबाट प्रहरीले लागुऔषधसहित चारजनालाई पक्राउ गरेको छ । वीरगन्ज भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले २ जना र वीरगन्ज–१४ गण्डक चोकबाट नेपाल प्रहरीले २ जनालाई पक्राउ गरेको हो । वीरगन्ज भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीले लागू औषधसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भारत बिहारको पूर्वी चम्पारण जिल्लाको रघुनाथपुर ग्राम पञ्चायत–१ का २५ ...
। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले एमाले नेता कार्यकर्ताकै छोराछोरीले रवि लामिछाने र बालेन शाहलाई समर्थन गरिरहेको बताएका छन् । बिहीबार एमालेको बागमती प्रदेश सम्पर्क कमिटीले आयोजना गरेको देउसीभैलो कार्यक्रममा एमाले उपमहासचिवसमेत रहेका गुरुङले एमालेकै नेताका छोराछोरी रवि लामिछानेको पछि लागिरहेको बताएका हुन् । ‘हाम्रा छोराहरु, हाम्रा छोरीहरु रवि लामिछानेको पछि लागिरहेका छन् । हाम्रा ...
: मोरङमा प्रेसर कुकर पड्किँदा घाइते भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको छ । मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले बेलबारी नगरपालिका–६ सोमबारे बोराबाँधकी ३८ वर्षीया सविना मगरको मृत्यु भएको जानकारी दिए । उनका अनुसार घरमा खाना पकाउने क्रममा कात्तिक ३ गते बिहान प्रेसर कुकर विस्फोट हुँदा मगर घाइते भएकी थिइन् । उनको ...
। चितवनमा यो तिहारमा देउसी भैलो खेल्दा राजनीति विषय उठाउन नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना निकालेर तिहारमा गर्न नहुने कामको सूची सार्वजनिक गरेको छ । जसमा देउसी भैलो खेल्दा राजनीतिक विषय उठान गर्न नपाइने उल्लेख छ । त्यस्तै देउसी भैलो नाचगान जस्ता साँस्कृतिक क्रियाकलापहरु बिहान ७ देखि बेलुका ९ बजेसम्म मात्र खेल्न पाइने ...