मुख्य समाचार
अष्ट्रेलियाले इंगल्याण्डलाई हराएपछि नेपाल क्वार्टरफाइनलमा
अष्ट्रेलियाले इंगल्याण्डलाई हराएपछि नेपाल क्वार्टरफाइनलमा

। हङकङ सिक्सेस क्रिकेटमा नेपाल नेपाल एक खेल अघि नै क्वार्टरफाइनल प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत देफमा अष्ट्रेलियाले इंगल्याण्डलाई ३४ रनले पराजित गरेपछि नेपालले समूहको अन्तिम खेलअघि नै क्वार्टरफाइनलमा स्थान पक्का गरेको हो ।


पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले १ विकेट गुमाएर १४७ रन बनाएको थियो । १४८ रनको लक्ष्य पछ्याएको इंगल्याण्डले ११३ रन मात्र बनाउन सक्यो ।

पहिलो खेलमा नेपालले इंगल्याण्डलाई १० विकेटले पराजित गरेको थियो ।

इंगल्याण्ड लगातार दुई खेल हार्दै समूह चरणबाटै बाहिरिएको छ । नेपालसँग अष्ट्रेलियाले पनि क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

अब नेपाल र अष्ट्रेलियाबीच हुने समूहको अन्तिम खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ ।

कप्तान सन्दीप जोराले विष्फोटक ब्याटिङ गरेपछि नेपालले तीन पटकको च्याम्पियन इंगल्याण्डलाई पहिलो खेलमै ६ विकेटले पराजित गरेको थियो ।

कप्तान जोराले ५० रन बनाएपछि नेपालले ९८ रनको लक्ष्य विना क्षति ४.२ ओभरमा पूरा गरेको हो ।

त्यसअघि मोङ कोङ मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको इंगल्याण्डले ५.५ ओभरमा ६ विकेट गुमाएर ९७ रन बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित