मुख्य समाचार
दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर
दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर

— भारतको राजधानी नयाँ दिल्लीमा दीपावलीका अवसरमा आतिशबाजीमा लगाइएको प्रतिबन्धको बाबजुद प्रदूषण नियन्त्रणभन्दा बाहिर रहेको अधिकारीहरूले बताएका छन् ।


भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा एक मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्य स्तरका अधिकारीहरूलाई पटाका बनाउने र किनबेच गर्ने जोकोहीलाई कारबाही गर्न आदेश दिएको थियो।

तर भारतीय राजधानी नयाँ दिल्लीका बासिन्दाले आफ्नो पर्वलाई मनाउने क्रममा अदालतद्वारा जारी उक्त आदेशलाई व्यापक उल्लङ्घन गरिएपछि वायु प्रदूषण नियन्त्रणका लागि भनी लिइएको उक्त कदम प्रभावहीन बनेको हो । पटाकाबाहेक दिल्ली वरपरका खेतबारीमा हिउँदे खेती लगाउनुअघि सफा गर्न पराली जलाउनु, छापो पोल्नु र जाडोमा बिहान बेलुका बालिने आगोबाट निस्किने धुवाँका कारण पनि दिल्लीको वायु प्रदूषण बढ्ने गरेको छ ।

तीन करोडभन्दा बढी मानिसको बसोबास रहेको दिल्लीमा मानवीय गतिविधि र नयाँ दिल्लीको सडकहरूमा अत्यधिक ट्राफिकको समस्या पनि दिल्लीको प्रदूषणका लागि जिम्मेवार मानिन्छ ।

तर गत महिना सहरका अधिकारीहरूले पटाकाको बिक्री र प्रयोगमा प्रतिबन्ध लगाए पनि दिपावली उत्सवको एक भागको रूपमा पटाकाको गडगडाहटपछि शुक्रबार वायु प्रदूषणको अवस्था थप बढेको थियो।

दिल्लीको नगर प्रहरीले दीपावलीअघि करिब दुई टन पटाका जफत गरेको थियो, तर छिमेकी राज्यहरूमा पटाका बिक्रीका लागि सहजै उपलब्ध थिए।

हिन्दू देवी लक्ष्मीको स्तुतिमा र अन्धकारमाथि प्रकाशको विजयको प्रतीकको रूपमा धेरै बासिन्दाहरूले घरमा पारिवारिक भोजन र सानो मैनबत्ती बालेर पनि उत्सव मनाउने गर्छन्।

शुक्रबार देखि नै दिल्लीबासीले आतिशबाजीको रकेट र पटाका पड्काएपछि दिल्लीको वातावरण उत्सवमय बनेको थियो तर यसबाट निस्केको धुवाँ र आवाजको प्रदूषणले प्रत्यक्ष वाम परोक्षरूपमा दिल्लीको वातावरण प्रदुषित बनेको थियो ।

हिन्दू धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लङ्घन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ ।

आलोचकहरूले छिमेकी राज्यहरूको नेतृत्व गरिरहेका प्रतिद्वन्द्वी राजनीतिज्ञहरूका साथै केन्द्र र राज्यस्तरका अधिकारीहरूबीचको विवादले समस्यालाई जटिल बनाएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...