मुख्य समाचार
जापानमा साइकल चलाउने बेला मोबाइल चलाए ६ महिनासम्म जेल सजाय हुने
जापानमा साइकल चलाउने बेला मोबाइल चलाए ६ महिनासम्म जेल सजाय हुने

: जापानमा साइकल चलाउने बेला मोबाइल चलाए ६ महिनासम्म जेल सजाय हुने भएको छ। शुक्रबारदेखि लागू भएको नयाँ कानुनमा साइकल चलाउने बेला मोबाइल प्रयोगको प्रतिबन्ध लगाएको हो।

कानुन उल्लंघन गर्नेलाई एक लाख येन जरिवाना र ६ महिनासम्म जेल सजाय हुने प्रावधान ल्याइएको हो। त्यस्तै मादक पदार्थ सेवन गरेर साइकल चलाए ३ वर्ष जेल र ५ लाख येन जरिवाना तिर्नुपर्नेछ।

कोरोना महामारीपछि जापानमा साइकल चलाउनेहरूको संख्या ह्वात्तै बढेको छ। जसका कारण साइकलबाट हुने दुर्घटना पनि बढेको छ। एक तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ७२ हजारभन्दा बढी साइकल दुर्घटना भएको थियो। जुन यातायात दुर्घटनाको २० प्रतिशत हिस्सा हो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: जापानका रक्षामन्त्री शिन्जिरो कोइजुमीले सन् २०३१ को मार्च महिनासम्ममा ताइवानबाट ११० किलोमिटरको दुर्गम पश्चिमी टापु 'योनागुनी' मा जमिनबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू तैनाथ गरिने घोषणा गरेका छन् । सन् २०२२ मा यो योजना घोषणा गरिए पनि जापानले सैन्य योजनाको निश्चित समयतालिका पहिलो पटक सार्वजनिक गरेको हो जसलाई यस क्षेत्रमा बढ्दो चिनियाँ सैन्य ...
— ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले मंगलबार ४० जापानी कम्पनीमाथि कडा निर्यात निगरानी र नियन्त्रण उपाय घोषणा गरेको छ । बेइजिङले २० कम्पनीलाई सीधै निर्यात नियन्त्रण सूचीमा राख्दै चिनियाँ निर्यातकर्ताहरूलाई ती संस्थासँग दोहोरो प्रयोगका सामग्रीको कारोबार गर्न प्रतिबन्ध लगाएको छ भने थप २० कम्पनीलाई कडा निगरानी सूचीमा समावेश गरेको छ । चिनियाँ ...
। व्यवसायीले वैदेशिक रोजगारीका लागि जापान जाने श्रमिकको मागपत्र प्रमाणीकरण सहज बनाउन आग्रह गरेका छन्। नेपाल वैदेशिक रोजगार व्यवसायी संघको प्रतिनिधिमण्डलले जापानस्थित नेपाली राजदूतावासलाई मागपत्र प्रमाणीकरण प्रक्रिया सरल र छरितो बनाउन आग्रह गरेको हो । दोस्रो जापान–नेपाल रोजगार सम्मेलनमा सहभागी हुन टोकियो पुगेको संघको टोलीले सोमबार कार्यबाहक राजदूत हरिहरकान्त पौडेलसँग भेटवार्ता गर्दै सम्मेलनको तयारीका साथै लामो ...
— ७ मार्च १९६१ मा नारा क्षेत्रको यामाटोकोरियामा शहरमा एक मध्यमवर्गीय परिवारमा ताकाइचीको जन्म भएको थियो । उनका बाबु दाईक्यु ताकाइची टोयटा ब्रान्डसँग आबद्ध एक अटोमोबाइल कम्पनीमा काम गर्थें । आमा काचुको ताकाइची नारा क्षेत्रको प्रहरी दस्तामा थिइन् । उनले नारा क्षेत्रीय यनिवी हाईस्कुलबाट उच्च शिक्षा हासिल गरेकी हु्न् । त्यसपछि उनले कोवे विश्वविद्यालयमा पढ्न थालिन् ...
। अभिनेता राजेश हमालले जापानका ६ सहरमा आफ्नो पुस्तक ‘युगदेखि युगसम्म’ को बुक-टूर गर्ने भएका छन् । गैरआवासीय नेपाली संघ जापानको आयोजनामा त्यहाँका ६ सहर टोकियो, सिजुओका, नागोया, ओसाका, फुकुओका र ओकिनावामा हुने ‘युगदेखि युगसम्म : सपना, साधना र सफलता’ शीर्षक कार्यक्रममा हमाल सहभागी हुने भएका हुन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास जापान) को सहआयोजना एवं ...