मुख्य समाचार
हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपाल ११ रनले विजयी
हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपाल ११ रनले विजयी

नेपालले दिएको ११२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ६ ओभरमा १०० रन मात्र बनायो। अस्ट्रेलियाका ज्याक वुडले सर्वाधिक ५५ रन बनाए भने एलेक्स रस १४ रनको योगदान गरे। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

नेपालका लागि प्रतिश जिसीले ३ विकेट, लोकेश बम र विवेक यादवले १/१ विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा २ विकेटको क्षतिमा १११ रन बनाएको थियो। नेपालका लागि कप्तान सन्दीप जोराले अर्धसतक प्रहार गरेका थिए। उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रनले योगदान गरे। कप्तान जोरा रिटार्यट आउट भएपछि विवेक यादव क्रिजमा आएका हुन्।

त्यसैगरी लोकेश बमले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३३ रनको योगदान गरे। त्यसैगरी विवेक यादवले १२ रन जोडे भने नारायण जोशीले १ रन र राशिद खानले १२ रनको योगदान गरे। अस्ट्रेलियाका ज्याक वुडले २ विकेट लिए।

नेपालले शुक्रबार पहिलो खेलमा पुर्व विजेता इंग्ल्याण्डलाई पराजित गरेको थियो। इंग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा पूरा गरेको हो। नेपालले आज दिउँसो क्वाटरफाइनल खेल्नेछ। प्रतियोगितामा १२ टोलीको सहभागिता छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...