मुख्य समाचार
आईसीसी विश्वकप लिग - २ : अमेरिकासँग नेपाल लगातार पराजित
आईसीसी विश्वकप लिग - २ : अमेरिकासँग नेपाल लगातार पराजित

: आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको छ। ग्राण्ड पेरी क्रिकेट रंगशाला डालसमा जितका लागि २८२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.५ ओभरमा २४४ रनमा अल आउट भएको हो।



नेपालका लागि ओपनर अनिल साहले अर्धसतक बनाए। उनले ८० बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ५२ रन जोडेका थिए। त्यसैगरी ओपनर आसिफ शेखले ६ रन, कुशल भुर्तेलले २९ रन,कुशल मल्लले ३३ रन, कप्तान रोहित पौडेल १, गुल्सन झा १२,आरिफ शेख २१ रन,दीपेन्द्रसिंह ऐरीले ३१ रन र सन्दीप लामिछानेले २ रन बनाए।

सोमपाल कामीले २७ बलमा ४ चौका र २ छक्कासहित ४६ रनको आक्रामक इनिङ खेलेका थिए।




अमेरिकाका लागि सौरभ नेत्रवालकरले ९.५ ओभरमा १ मेडनसहित ४७ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । त्यसैगरी साड्ली भान शाक्ली र नोष्थुश केंजिगेले २/२ विकेट, जसदीप सिंह र हरमीत सिंहले १/१ विकेट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउँदै २८१ रन बनाएको थियो। अमेरिकाका साइतेजा मकामल्लालेसर्वाधिक ७५ रनको योगदान गरे। उनले ८७ बलमा ४ चौका र १ छक्का प्रहार गरे।

त्यसैगरी कप्तान मोनांक पटेलले ६७ रन, आरोन जोन्स २६ रन, हरमीत सिंहले ५९ रनको आक्रामक इनिङ खेले।

नेपालका लागि गुल्शन झाले १० ओभरमा ८७ रन खर्चेर ३ विकेट लिए। सोमपाल कामी र सन्दीप लामिछानेले २/२ र कुशल भुर्तेलले १ विकेट लिए। यसअघि पहिलो खेलमा पनि अमेरिकासँग नेपाल ३ विकेटले पराजित भएको थियो। तर, नेपालले दोस्रो खेलमा स्कटल्यान्डलाई ५ विकेटले हराएको थियो। नेपालले अमेरिका भ्रमणमा अन्तिम खेल स्कटल्यान्डसँग सोमबार खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित