मुख्य समाचार
ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा
ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा

। ताजिकिस्तान र अफगानिस्तानविरुद्ध हुने मैत्रीपूर्ण खेलमा लागि नेपाली पुरुष राष्ट्रिय फुटबल टोली घोषणा भएको छ ।

अन्तरिम मुख्य प्रशिक्षक नवीन न्यौपानेले शुक्रबार घोषणा गरेको टोलीमा चार नयाँ खेलाडी समावेश भएका छन् । नेपालले यही नोभेम्र १३ देखि १९ को फिफा विन्डोमा ताजिकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

नेपाल यू-२० राष्ट्रिय टिमका फरवार्ड निराजन धामीसहित डिफेण्डरहरु अभिषेक वाइवा, रणदिन पौडेल र अन्जन महर्जनले पहिलो पटक सिनियर टिममा स्थान बनाएका हुन् ।

निराजनले केही समयअघि घरेलु मैदानमा भएको साफ यू-२० च्याम्पियनसिपमा फाइनलसम्म पुर्‍याउन ३ गोल गरेका थिए । अभिषेकले पनि दुई वर्षअघि घरेलु मैदानमा भएको साफ यू-२० च्याम्पियनसिप खेलेका थिए । यस्तै रणदिपले पनि नेपालको उमेर समूहबाट खेलिसकेका छन् ।




यस्तै नेपालका लागि संयुक्त रुपमा कीर्तिमानी १३ गोल गरेका अन्जन विष्टले पनि टिममा पुनरागमन गरेका छन् । चोटका कारण अन्जनले जेठमा भएको फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०१७ को संयुक्त छनोट अन्तर्गत यूएई र यमनविरुद्धको खेल गुमाएका थिए । यस्तै गोलकिपर दिप कार्की, मिडफिल्डर एरिक विष्ट, रोहन कार्की, उत्सव राई र सुमित श्रेष्ठ पनि टिममा फर्किएका छन् ।

अनुभवी डिफेण्डर अनन्त तामाङसहित मिडफिल्ड लकेन लिम्बु भने चोटका कारण टिममा नरहेको प्रशिक्षक नविन न्यौपानेले जानकारी दिए ।

पछिल्लो पटक विश्वकप छनोट खेल्ने टिममा रहेका फरवार्डद्वय सन्जिव विष्ट र हिसुब थपलिया विदेश लागेका छन् । यस्तै विश्वकप छनोटमा पहिलो पटक राष्ट्रिय टिममा परेका आशिक बुब चौधरी र बसन्त जिम्बा यसपटक टिममा पर्न सकेनन् ।

गोलकिपर अभिषेक बराल, डिफेण्डर विशाल बस्नेत पनि टिममा अटाएनन् ।

पछिल्लोपटक विश्वकप छनोट खेलेका र अब हुने मैत्रीपूर्ण खेलका लाषि घोषित टिममा १० खेलाडी परिवर्तन भएका छन् ।

पछिल्लो समय नेपालमा लिग नहुँदा र खेलाडीहरु विदेश पलायन भइरहँदा राष्ट्रिय टिममा पनि कन्सिस्टेन्सी हुन सकेको छैन ।

प्रशिक्षक न्यौपानेले अहिलेको टिम युवा र अनुभवी खेलाडीको समिश्रण रहेको बताए । ‘सबैलाई थाहै छ । नेपालमा नियमित लिग नहुँदा धेरै खेलाडीहरु बाहिर गएका छन्,’ प्रशिक्षकक न्यौपानेले भने, ‘राष्ट्रिय टिमका पहिलाका खेलाडीहरु यू-२० टिम अनी बी र सी डिभिजन खेलेका नयाँ खेलाडीहरु बोलाएर एक हप्ताको प्रशिक्षण गरेपछि टिम घोषणा गरेको हो । मिश्रित टिम बनेको छ । युवा जोश छ ।’

पहिलोपटक नेपालको सिनियर टोलीको प्रशिक्षक सम्हालिरहेका न्यौपानेले दुई टिमसँगको मैत्रीपूर्ण खेल चुनौतीको रुपमा रहेको बताए । ‘मेरो लागि यो पहिलो पटक हो । ययसलाई मैले चुनौतीको रुपमा लिएको छु,’ उनले भने, ‘छोटो समयको तयारी छ । हामी भन्दा राम्रो टिमहरु छन् । सबैले मिहिनेत गरेर राम्रो खेल्ने लक्ष्य छ । राम्रो कम्बिनेसन बनाएर काउन्टर अट्याकमा केन्द्रित हुनेछौं ।’

नेपालको नोभेम्बरको फिफा विन्डोमा दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफा विन्डो नोभेम्बर १३ देखि १९ सम्म (कात्तिक २८-मंसिर ४ गते) रहेको छ । यही विन्डोमा नेपालले ताजिकिस्तान र अफगानिस्तान विरुद्ध खेल्न लागेको हो ।

नेपालले करिब पाँच महिनापछि अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । पछिल्लोपटक विश्वकप छनोटअन्तर्गत नेपालले जेठमा यूएई र यमनसँग खेलेको थियो । यसअघि सेप्टेम्बर विन्डोमा नेपालले कुनै पनि अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेन ।

२३ सदस्यीय नेपाली फुटबल टोली

गोलकिपर : किरण चेम्जोङ, दीप कार्की, विशाल सुनार,

डिफेण्डर : अभिषेक लिम्बु, विमल पाण्डे, छिरिङ लामा, रोहित चन्द, सनिश श्रेष्ठ, अभिषेक वाइवा, रणदिप पौडेल, अन्जन महर्जन

मिडफिल्डर : रोहन कार्की, मणिकुमार लामा, एरिक विष्ट, अरविन्द राई (आशिष),भरत खवास, उत्सव राई, मनिष डाँगी, आयुश घलान, सुमित श्रेष्ठ

फरवार्ड : जिलेस्पेजंग कार्की, अन्जन विष्ट, निराजन धामी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित