मुख्य समाचार
चुनावको नतिजासँग जोडिएको युक्रेनीको चिन्ता
चुनावको नतिजासँग जोडिएको युक्रेनीको चिन्ता

। युक्रेनीहरू अमेरिकी राष्ट्रपति चुनाव अभियानको अन्तिम दिनहरूलाई चिन्तापूर्वक हेरिरहेका छन् । केहीले डोनाल्ड ट्रम्पको जितले वासिङ्टनको महत्त्वपूर्ण सहयोग रोक्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन्।

रूससँगको युद्ध तेस्रो वर्षमा प्रवेश गरिरहेको बेला मङ्गलबारको अमेरिकी मतदान हुँदैछ। युद्धमा सङ्ख्यामा कम र कमजोर हतियार भएको युक्रेनी सेनाले रूसी सेनाको सामना गरिरहेको छ।




मस्कोको प्योङयाङ (उत्तर कोरिया) सँगको गठबन्धन पहिलेभन्दा बलियो देखिएको छ । वासिङ्टन र सोलले हजारौं उत्तर कोरियाली सैनिक रूस पठाइएको जिकिर गरिरहेका छन्।

यसको विपरीत युक्रेनका युद्ध–थकित समर्थकहरू ट्रम्पको ह्वाइट हाउसमा सम्भावित पुनरागमनले थप निराश हुन सक्छन् । ट्रम्पले किएभलाई कुनै सहयोगको आश्वासन दिएका छैनन् ।




‘ट्रम्पको जितले गम्भीर जोखिमहरू सिर्जना गर्नेछ । स्थिति चिन्ताजनक हुनेछ’, अमेरिकामा युक्रेनका पूर्वराजदूत ओलेग सामसुरले समाचार एजेन्सी एएफपीसँग कुरा गर्दै भनेका छन् ।

वासिङ्टनले नाटो–व्यापी युक्रेनलाई समर्थन गरेको छ । किएभले अत्यधिक शक्तिशाली रूसविरुद्ध लड्न सक्षम बनाउने अर्बौं डलरको आर्थिक र सैन्य सहयोग प्राप्त गरेको छ।

यद्यपि यो समर्थन विगत केही महिनामा युरोप र संयुक्त राज्य अमेरिकामा कमजोर भएको छ। युक्रेनप्रति अमेरिकी समर्थनको ट्रम्पको बारम्बार आलोचना गर्दै आएका छन् । २४ घण्टाभित्र लडाइँ समाप्त गर्ने उनको दाबीले युक्रेनको चिन्ता थप बढाएको हो ।

‘न त ट्रम्प न त उहाँको टोलीले युक्रेनको विजयमा विश्वास गर्छन्’, सामसुरले भने ।

ट्रम्पले उनी युक्रेनको जित चाहन्छन् वा चाहन्नन् भनेर अभिव्यक्ति दिन अस्वीकार गरेका छन् । उनले युद्ध अन्त्य गर्ने कुनै रणनीति सार्वजनिक पनि गरेका छैनन् ।

उनका सहयोगी जेडी भान्सले चारैतिर असैन्यीकृत क्षेत्र स्थापना गर्ने गरी वर्तमान सीमामा युद्धविराम गर्न वकालत गरिरहेका छन् ।

ट्रम्पको योजनाले किएभलाई क्रेमलिनको इच्छाअनुसार नाटोमा सामेल हुने आकांक्षा त्याग्न दबाब दिनेछ । यसले युक्रेनलाई थप आक्रमणको जोखिममा पार्नेछ।

‘यो पुटिनका लागि विश्राम हुनेछ’, रूसले त्यो समय आफ्नो सेना पुनर्निर्माण गर्न र तयार भएपछि ‘युक्रेनको पूर्ण विनाश’ को लक्ष्य पुनः सुरु गर्न प्रयोग गर्ने आशंका व्यक्त गर्दै सामसुरले भने ।

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रूसले माग गरेको क्षेत्रीय सहुलियतलाई पहिले नै अस्वीकार गरिसकेका छन् । ‘जसले चाहे पनि र अमेरिकामा जसले जिते पनि युक्रेनले यी क्षेत्रहरूलाई (रूसी भनेर) मान्यता दिनेछैन’, उनले दक्षिण कोरियाली टिभी च्यानल केबीएसलाई दिएको अन्तर्वार्तामा भनेका छन् ।

तथापि युक्रेनी राष्ट्रपति कार्यालयका एक वरिष्ठ अधिकारीले एएफपीसँगको कुराकानीमा बढी मेलमिलापकेन्द्रित विचार व्यक्त गरेका छन् ।

उनले सेप्टेम्बरमा संयुक्त राज्य अमेरिकामा भएको ट्रम्प र जेलेन्स्कीबीचको भेट ‘धेरै राम्रो’ भएको बताए । ‘ट्रम्पले निश्चय पनि पुटिनसँग अमेरिकाको इज्जत गुमाउने व्यक्ति हुन चाहनु हुनेछैन’, नाम नखुलाई उनले भने ।

ती अधिकारीका अनुसार युक्रेनले सबै सम्भावित परिणामहरूका लागि तयारी गरिरहेको छ र दुवै उम्मेदवारका टोलीहरूसँग सम्बन्ध बढाइरहेको छ।

अमेरिकी चुनावमा जसले विजय हासिल गरे पनि उसले युक्रेनको युद्धको सामना गर्नुपर्नेछ । युद्धमा स्थिति मस्कोको पक्षमा मोडिंदै गएको देखिन्छ ।

अमेरिकन इन्स्टिच्युट फर द स्टडी अफ वारको तथ्याङ्कको एएफपी विश्लेषणअनुसार रूसले अक्टोबर महिनामा मात्र चार सय ७८ वर्गकिलोमिटर युक्रेनी क्षेत्रमा अघि बढेको छ । यो सन् २०२२ मार्च यताकै रेकर्ड हो ।

यी लाभमध्ये दुई तिहाई दाबी गरिएको डोनेट्स्क क्षेत्रमा ५१ वर्षीय युक्रेनी सर्जेन्ट सर्गीले व्यावहारिक दृष्टिकोण राखेको बताए ।

उनले भने, ‘अमेरिकाले हामीलाई सहयोग गरिरहेसम्म कसले जित्छ भन्ने कुरामा मलाई चासो छैन।’ तर उनले ट्रम्पको जित युक्रेनका लागि मात्र नभई संयुक्त राज्य अमेरिकाका लागि पनि विपत्ति हुनसक्ने भविष्यवाणी गरे ।

सन् २०२३ को अन्त्य र सन् २०२४ को सुरुआतमा ट्रम्पका समर्थकहरूले अमेरिकी सैन्य सहायता रोक्दा युक्रेनी सैनिकहरूले रिपब्लिकन अवरोधको पहिलो स्वाद चाखेका थिए । त्यसले युक्रेनी सेनालाई गोलाबारुद राशन गर्न बाध्य पार्‍यो र रूसलाई गति बढाउन अनुमति दियो । ‘यदि यो वर्षको सुरुमा जस्तै भयो भने यो धेरै, धेरै नराम्रो हुनेछ’, सर्गीले भने ।

उही क्षेत्रमा लड्ने एक युवा सैनिक बोग्दानले ट्रम्पले ‘केवल अमेरिकाको शक्ति, दृढता र क्षमता देखाउन चाहने’ आशा व्यक्त गरे ।

युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभमा अन्तर्वार्ता दिएका अर्का सैनिक रोडियन पनि विश्वस्त देखिन्थे । ‘मलाई थाहा छ उनीहरूले हामीलाई धोका दिने छैनन्’ उनले आफ्नो प्रतिबद्धता मिश्रित अभिव्यक्ति दिंदै राख्दै भने, ‘अन्त्यसम्म, हाम्रो विजयसम्म लड्छौं ।’

रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...