मुख्य समाचार
नेट्फिल्क्सले बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’ सिजन २ को ट्रेलर सार्वजनिक
नेट्फिल्क्सले बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’ सिजन २ को ट्रेलर सार्वजनिक

। नेट्फिल्क्सले बहुप्रतीक्षित सिरिज ‘स्क्विड गेम’ सिजन २ को ट्रेलर सार्वजनिक गरेको छ । विश्वब्यापी पर्खाइबीच सार्वजनिक ट्रेलरले दर्शकलाई उत्सुकता जगाउने पक्का छ ।

यसमा पनि ४५६ जना खेलाडी ज्यान जोखिममा हालेर खतरनाक एरिनामा भिड्न तयार छन् ।


बाल खेलहरूको घातक श्रृंखला जितेको ३ वर्षपछि सियोङ जि-हुन पुनः नया खेलका लागि मैदानमा फर्किएको छ । यसपटक उनी सयौं नयाँ प्रतिद्धन्द्धीसँग सामेल भएको छ र उनीहरुलाई सुरक्षित तुल्याउनेतर्फ लागेको छ । उक्त पात्रको भूमिकामा ली जंग-जेले अभिनय गरेका छन् ।

दक्षिण कोरियाको यो बहुचर्चित वेब-सिरिजले ४५६ व्यक्तिलाई पछ्याएको थियो जो ऋणमा डुबेर निराश थिए । ऋण तिर्ने उद्देश्यले ठूलो नगद पुरस्कार जित्न उनीहरु मृत्युसँग पैठेजोरी खेल्छन् ।

स्ट्रिमिङको २८ दिनमै यसलाई १११ मिलियन दर्शकले नेटफिल्क्समा हेरेका थिए । नेटफ्ल्क्सिको यो सबैभन्दा धेरै हेरिने सिरिज बनेको थियो । डरलाग्दो मास्क लगाएका गार्डहरूले प्रतियोगितामा पात्रहरूको नयाँ कलाकारलाई स्वागत गर्दै ट्रेलर सुरुवात हुन्छ ।

तिनीहरूलाई रेड लाइट र ग्रीन लाइटसहितको आफ्नो पहिलो खेलको लागि पठाइएको छ जुन सिजन एकबाट पनि परिचित छ । खेलमा ठूलो मेकानिकल पुतलीको पछाडि फर्किएको बेलामा खेलाडीहरूले अन्तिम रेखा तर्फ अघि बढ्नुपर्छ । नत्र हानेर मारेको देखिन्छ ।

जि-हुन मात्र सिजन एकको खेलमा बाँचे । यसपटक उनी आफूलाई फिनिस लाइनमा लैजाने प्रयत्न गर्दै र वरपरका खेलाडीलई सुरक्षित तुल्याउन प्रयास गरेको देखिन्छ । दोस्रो सिजन डिसेम्बर २६ देखि स्ट्रिमिङ सुरु हुनेछ ।

तेस्रो तथा अन्तिम सिजन सन् २०२५ मा रिलिज हुने नेटफ्ल्क्सिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ‘धुरन्धर’ का फ्यानका लागि खुसीको खबर छ ! यो फिल्मको दोस्रो भागको टिजर छिट्टै सार्वजनिक गरिने भएको छ । यससँगै फिल्मको शीर्षक पनि तय भएको बलिउड संचारमाध्यमले जनाएका छन् । सोमबार ‘धुरन्धर २’ को टिजर सेन्ट्रल बोर्ड अफ फिल्म सर्टिफिकेसनमा पठाइएको थियो । यो टिजर १ मिनेटभन्दा लामो छ । बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्मको ...
। आइएमडीबीले सन् २०२६ का बहुप्रतीक्षित भारतीय फिल्मको सूची सार्वजनिक गरेको छ । जसमा, शाहरुख खान स्टारर ‘किङ’ सूचीको शीर्षस्थानमा छ । वार्षिक पेज भिजिट गर्ने २५० मिलियन भ्यूअर्सको खोजीको आधारमा विश्व फिल्मको तथ्यांक संकलन गर्ने उक्त पोर्टलले यो सूची तयार पार्छ । सूचीमा पाँच भाषामा बनेका फिल्म समेटिएका छन्, जसमा १० हिन्दी भाषाका चलचित्र अगाडि छन्, ...
। विश्वचर्चित के-पप समूह ‘ब्ल्याकपिंक’ ले नयाँ एल्बम ल्याउने घोषणा गरेको छ । सामाजिक सञ्जालबाट ब्याण्डले आगामी एल्बम सार्वजनिक गर्ने योजनाको औपचारिक पुष्टि गरेको हो । एल्बमको नाम ‘डेडलाइन’ राखिएको छ । लामो समयको अन्तरालपछि ‘ब्ल्याकपिंक’ को गीत आउने खबरले विश्वभरका प्रशंसक खुसी भएका छन् । साढे तीन वर्षको लामो पर्खाइपछि नयाँ एल्बम ल्याउने तयारी पूरा भएको ...
: गायक प्रशान्त तामाङको निधन भएको छ। ४३ वर्षीय तामाङको आइतबार नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। आजतकमा प्रकाशित समाचारअनुसार उनको हृदयघातका कारण मृत्यु भएको हो। नेपालीभाषी गायक तामाङ भारतीय टीभी रियालिटी शो इण्डियन आइडलका विजेत हुन्। उनले दर्जनौं नेपाली गीत गाएका छन् भने नेपाली चलचित्रमा समेत अभियन गरेका छन्। उनको निधनको ...
— कलाकार लक्ष्मी बर्देवा रास्वपा प्रवेश गरेकी छन् । आइतबार रास्वपामा थपिएका ३३ केन्द्रीय सदस्यको सूचीमा लक्ष्मीको पनि नाम छ । रास्वपा प्रवेश लक्ष्मी सक्रिय राजनीतिमा आएकी छन् । कान्तिपुरसँगको कुरानकानीमा उनले अब आफू फिल्म क्षेत्रसँगै राजनीतिमा पनि उत्तिकै सक्रिय भएको बताइन् । ‘म रास्वपाको समर्थक पहिल्यैदेखि थिएँ । तर कुनै योजना बनाएर राजनीतिमा लागेको ...