मुख्य समाचार
वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने
वेष्ट इन्डिजका वाल्टनले कर्णाली याक्सबाट खेल्ने

। वेष्ट इन्डिजका पावर हिटर चाडविक वाल्टनले नेपाल प्रिमियर लिग (एनपीएल) कर्णाली याक्सबाट खेल्ने भएका छन् । कर्णालीले आइतबार विज्ञप्ति जारी गर्दै ३९ वर्षीय दायाँ हाते ब्याटर वाल्टनलाई अनुबन्ध गरिएको जानकारी दिएको हो ।

वाल्ड एनपीएलमा लागि कर्णाली याक्सलेले भित्र्याएको उनी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि नै कर्णालीले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका ओपनर ब्याटर बाबर हायतलाई अनुबन्ध गरिसकेको छ ।

सन् २०१४ मा अकल्यान्डमा घरेलु टोली न्युजिल्यान्डविरुद्ध टी२० आईमा डेब्यु गरेको वाल्टनले १९ टी-२०आई खेल खेलेका छन् । जसमा उनले २ सय २५ रन बनाएका छन् । त्यस्तै, वेष्ट इन्डिजका लागि उनले २ टेष्ट र ९ ओडिआई म्याच पनि खेलेका छन् ।

वाल्टनलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका प्रशिक्षक ज्ञानेन्द्र मल्लले टिम थप मजबुत हुने आशा गरे । ‘वाल्टन वेष्ट इन्डिजका अनुभवी ब्याटर हुन् । उनको आगमनपछि तीन विदेशी खेलाडी भएका छन्,’ प्रशिक्षक मल्लले भने, ‘टिम थप मजबुद भएको पाएको छु ।’




कर्णाली याक्सको मार्की प्लेअरमा नेपाली राष्ट्रिय टोलीका अलराउन्डर सोमपाल कामी छन् । यस्तै मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल छन् ।

तीन विदेशी खेलाडी अनुबन्ध गरेपछि कर्णाली याक्समा खेलाडी संख्या १४ पुगेको छ ।

जसमा एक मार्की खेलाडी अक्सनबाट अनुबन्ध गरिएङ्का १० खेलाडी र ३ विदेशी खेलाडी छन् । अब कर्णालीले १ विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । यस्तै ट्यालेन्ट हन्टबाट १ खेलाडी राख्नुपर्नेछ ।

कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा होटल हिल्टनसँग सम्झौता गरिसकेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजनामा मंसिर १५ देखि पुस ६ गतेसम्म हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

कर्णाली याक्स टोली : सोमपाल कामी, गुल्शन झा, देव खनाल, नन्दन यावद, अर्जुन घर्ती, रित गौतम, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे ।

विदेशी खेलाडी : हुसेन तलात, बाबर हायत, चाडविक वाल्टन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित