मुख्य समाचार
पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी
पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी

। पपस्टार रिहानालाई उछिन्दै टेलर स्वीफ्ट संसारकै धनी महिला संगीतकर्मी बनेकी छन् । फोर्ब्स म्यागजिनका अनुसार गत वर्षको बहुचर्चित ‘इरास टुर’पछि उनको सम्पत्तिमा वृद्धि भएको हो ।

३४ वर्षीया गायिका स्वीफ्टको कुल सम्पत्ति १.६ बिलियन डलर पुगेको छ । फोर्ब्सको विश्वका अर्बपतिको सूचीमा स्वीफ्ट २ हजार ११७ औं स्थानमा छिन् । अर्बपति गायिका रिहानाको सम्पत्ति चाहिं १.४ बिलियन डलर छ । रिहाना चाहिं २ हजार ३३६ औं स्थानमा छिन् ।


गायिका स्विफ्टले इरास टुरका प्रत्येक शोबाट १६ मिलियन डलर कमाइ गर्ने जनाइएको छ । उनले टुरमा यस्ता १२५ शो सम्पन्न गरिन् । संगीतकै कमाइले अर्बपति हुने स्वीफ्ट एक्ली संगीतकर्मी हुन् ।

फोर्ब्सका अनुसार इरास टुरबाहेक स्वीफ्टले संगीत क्याटालग विक्रीबापत ६०० मिलियन डलर, रोयल्टीबापत ६०० मिलियन डलर, अमेरिकामा रहेका केही घरको विक्रीबापत उनले १२५ मिलियन डलर कमाइ भएको छ ।


रिहानाको भने साभेज एक्स फेन्टी कस्मेटिक र फेसन ब्राण्ड छ । कुनैबेला रिहानाको सम्पत्ति १.७ बिलियन डलर पुगेको थियो । तर समग्र संगीतकर्मीमध्ये गायिका स्वीफ्ट चाहिं दोस्रो धनी संगीतकर्मी हुन् । हिपहप स्टार जे-जेडको कुल सम्पत्ति २.५ बिलियन डलर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेसले अस्कर अवार्डका नियम र योग्यता मापदण्डमा महत्वपूर्ण परिवर्तन गरेको छ । झन्डै सय वर्षको इतिहासमा यी परिवर्तनलाई सबैभन्दा ठूला निर्णयमध्ये एक मानिएको छ । अभिनय विधामा ठूलो बदलाव अबदेखि अभिनयतर्फ- मुख्य र सहायक दुवै विधामा एउटै कलाकारका एकभन्दा बढी प्रस्तुति एउटै वर्षमा मनोनयनमा पर्न सक्ने भएका छन् । यदि ...
कल्पना गर्नुहोस्, एकजना अभिनेता एउटा फिल्मका लागि ५० करोड भारु पारिश्रमिक लिन्छ । तर, ती फिल्महरू लगातार असफल भइरहेका छन् । यस्तो अवस्थामा निर्माताले नयाँ प्रस्ताव ल्याउँछ- ५० करोडकै पारिश्रमिक कायम रहन्छ, तर त्यसको आधा मात्र अग्रिम दिइन्छ । बाँकी आधा भुक्तानी फिल्मको सफलतामा निर्भर हुन्छ । यसपछि अभिनेता असहज हुन्छ । अब उसको आम्दानी पूर्ण ...
— प्रसिद्ध गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा उपचारका क्रममा आइतबार उनको निधन भएको हो । इन्डियन एक्सप्रेसका अनुसार अस्पतालका डा. प्रतित समदानीले भोसलेको निधनको पुष्टि गरेका छन् । उनको निधनको कारण 'मल्टी-अर्गान फेलियर' रहेको पनि उनको भनाइ छ । थकित महसुस हुने र छातीमा ...
। मार्च २३ देखि २९, २०२६ सम्मको साप्ताहिक अवधिमा नेटफ्लिक्समा अंग्रेजी भाषाका फिल्मबीच ‘पीकी ब्लाइन्डर्सः द इम्मोर्टल म्यान’ सर्वाधिक हेरिएको फिल्म बनेको छ । यो फिल्मले कुल ३ करोड ६९ लाख घण्टा भ्यूज पाउँदै शीर्ष स्थान ओगटेको हो । चर्चित ‘पीकी ब्लाइन्डर्स’ कथालाई विस्तार गर्ने यो फिल्म एक शक्तिशाली अपराध साम्राज्य, सत्ता संघर्ष र व्यक्तिगत द्वन्द्वको ...
। कलाकार सागर लम्साल ‘बले’लाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले प्रहरीलाई अनुमति दिएका छन् । बलेमाथि अमेरिकामा बस्ने एक युवतीले जबरजस्ती करणी गरेको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी छन् । सोही आरोपमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गरेको जनाएको छ । तर, हालसम्म उनीविरुद्ध प्रहरीमा किटानी जाहेरी भने परिसकेको छैन । सोही ...