मुख्य समाचार
गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदै
गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदै

प्रयोगकर्ताको सुरक्षा तथा गोपनीयतालाई ध्यानमा राख्दै विभिन्न नयाँ फिचर्सको घोषण गरेको छ । गुगल मेसेजका लागि निकै महत्वपूर्ण पाँचवटा फिचर्स थप गरिंदैछ । ती फिचर्सले प्रयोगकर्तालाई केवल साइबर ह्याकर तथा साइबर ठगहरुबाट मात्रै बचाउने छैनन् निर्वस्त्र तस्वीर आउँदा त्यसलाई धमिलो अर्थात् ब्लर गरिदिनेछ ।

गुगलले आफ्नो ब्लग पोस्टमा बताए अनुसार उसले अब प्रयोगकर्तालाई स्पाम टेक्स्ट तथा जोखिमयुक्त लिंकका विषयमा सावधान गराउनेछ । उक्त नयाँ फिचर एआईयुक्त रहेको र ती फिचरले प्रयोगकर्ताको डिभाइसको सुरक्षा र गोपनीयतालाई बलियो बनाउने गुगलले जनाएको छ ।

यी हुन् गुगल मेसेजमा थपिएका ५ फिचर


लुकाइदिने छ नग्न तस्वीर : गुगलको उक्त पछिल्लो अपडेट पश्चात् यदि कोही व्यक्तिलाई निर्वस्त्र तस्वीरयुक्त मेसेज प्राप्त भएमा गुगलले एउटा स्पीड बम्प दिनेछ, जसले सो तस्वीरलाई ब्लर गरिदिनेछ । त्यहाँ प्रयोगकर्तालाई सो तस्वीर हेर्न पाउने अप्सन पनि हुनेछ, जुन ऐच्छिक हुनेछ र त्यसलाई म्यानुअल्ली अन गर्नुपर्नेछ । संवेदनशील सामग्री चेतावनीको उक्त नयाँ फिचर अन्तरगत गुगल मेसेजमा कसैलाई यस्ता सामाग्री पठाउने पनि गुगलले प्रेषकलाई त्यसको संवेदनशीलता र जोखिमका विषयमा चेतावनीको सन्देश दिनेछ ।
स्पाम मेसेजबाट सुरक्षा : हाल गुगल मेसेजका बिटा युजर्सका लागि उपलब्ध यो फिचरले कुनै सामानको डेलिभरी तथा जागिरको जानकारी जस्ता फर्जी मेसेजहरुलाई पहिचान गरी त्यसको बारेमा प्रयोगकर्तालाई जानकारी दिनुका साथै ती मेसेजलाई सिधै स्पाम फोल्डरमा सारिदिन्छ । यसमा अन डिभाइस मेसिन लर्निंगको प्रयोग गरी स्पाम मेसेजहरु पत्ता लगाउने काम हुन्छ ।
खतरनाक लिंकको चेतावनी : गुगलले हाल कुनै अज्ञात प्रेषकबाट प्राप्त हुन आएका सम्भाव्य खतरनाक लिंकहरुका बारेमा चेतावनी दिएर त्यसलाई ब्लक गरिदिने फिचरलाई विभिन्न देशमा परीक्षणका रुपमा सुरु गरिसकेको छ र त्यसलाई अब यो वर्षको अन्त्यसम्ममा विश्वभरकै प्रयोगकर्तालाई उपलब्ध गराउनेछ ।
अन्तर्राष्ट्रिय ठगबाट बचावट : गुगलले अब विदेशबाट कुनै अपरिचित प्रेषकले पठाएका मेसेजहरुलाई स्वचालित रुपमा लुकाइदिनेछ । त्यस्ता मेसेजहरु Spam and Blocked फोल्डरमा जानेछन् । यो फिचर पाइलट प्रोजेक्टको रुपमा सुरुमा सिंगापुरमा र त्यसपछि क्रमशः विश्वभर नै लागु गरिने गुगलले जनाएको छ ।
सम्पर्क प्रमाणीकरण : गुगल मेसेज प्लाटफर्ममा घोषणा गरिएको अर्को फिचर चाहिं contact verification हो । यसमा प्रयोगकर्तालाई मेसेज गर्नुअघि आफ्नो पहिचान प्रमाणीकरण गर्नुपर्नेछ । यसका लागि गुगलले public key verification system को एकीकृत प्रणाली विकास गरिरहेको छ । यसलाई क्युआर कोड स्क्यान तथा नम्बरको तुलनाबाट पनि प्रमाणीकरण गर्न सकिेनछ यो फिचर एन्ड्रोइड ९ तथा त्यसपछिका संस्करणका डिभाइसमा मात्रै चल्नेछ । यो फिचर आगामी वर्षबाट सुरु गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: गोसाइँकुण्ड गाउँपालिका-५, स्याफ्रुबेसीमा मल्टी इनर्जी डेभलपमेन्ट प्रालिद्वारा निर्माण भएको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत आयोजनामा आइतबार प्राविधिक परीक्षण कार्य सुरु भएको छ। आयोजनाको बाँधस्थलको सफल परीक्षणपछि बालुवा थिग्राउने पोखरी, सुरुङ, पेन्स्टक लगायत आयोजनाअन्तर्गत निर्माण भएका संरचना तथा उपकरणहरूको चरणबद्ध प्राविधिक परीक्षण पुस २७ गतेदेखि सुरु भई परीक्षण सम्पन्न नहुँदासम्म निरन्तर जारी रहने आयोजनाले जनाएको ...
: विगु गाउँपालिका-१ को दुर्गम गाउँ लुमनाङमा बिजुली बत्ती बलेको छ। भौगालिक विकटता, कठोर मौसम, आधारभूत पूर्वधारका अभावमा जीवन बिताउँदै आएका लप्चीवासीको घरमा शुक्रबार रातिदेखि बिजुली बलेको हो। नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यक्षेत्र पर्ने विगु गाउँपालिका-१ को लुमनाङमा शुक्रबार रातीबाट बिजुली बलेको नेपाल विद्युत प्राधिकरण दोलखा वितरण केन्द्रको कार्यालय प्रमुख रोसनकुमार सिंहले बताए। ...
— इलन मस्कको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कम्पनी 'एक्सएआई' यतिबेला गम्भीर विवादमा तानिएको छ । मस्कको सामाजिक सञ्जाल 'एक्स' (यसअघि ट्विटर) मा उपलब्ध एआई च्याटबोट 'ग्रोक' ले महिलाहरूको अनुमतिबिना उनीहरूको नग्न तस्बिर (डिजिटल अनड्रेसिङ) बनाएको भन्दै चौतर्फी आलोचना भइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम सिएनएनले जनाएको छ । पछिल्लो समय ग्रोकको प्रयोग गरी वास्तविक मानिसहरूका तस्बिरलाई तोडमोड गरेर आपत्तिजनक र ...
एनसेलले आफ्नो फोरजी नेटवर्कको पहुँच विस्तार र गुणस्तर सुधार गर्न सन् २०२५ मा देशभर २ सय ५० वटा नयाँ टावर जडान गरी सञ्चालनमा ल्याएको बताएको छ । साथै २२ सय टावरको क्षमता अभिवृद्धि गरको छ ।
युरोपेली मुलुक इटालीको प्रतिस्पर्धा नियामक निकायले अमेरिकी प्रविधि कम्पनी एप्पलमाथि भारी जरिवना गरेको छ । इटालीको प्रतिस्पर्धा प्राधिकरण (एजीसीएम) ले एप्पल र उसका दुई विभागलाई ९८ मिलियन युरो जरिवाना तिराउने आदेश दिएको छ । यो भनेको करिब १६ अर्ब ५६ करोड नेपाली रुपैयाँ बराबर रकम हो । एप्पलले स्मार्टफोन एप बजारमा आफ्नो प्रभुत्वशाली हैसियतको ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम