मुख्य समाचार
म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडे
म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा बराबरी खेल्दै अंक बाँडे

। म्यानचेष्टर युनाइटेड र चेल्सीले प्रिमियर लिगमा एक/एक को बराबरी खेल्दै अंक बाँडेका छन् । घरेलु मैदानमा युनाइटेडले पहिले अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा बराबरीमा चित्त बुझाउन बाध्य भयो ।

खेलको ७०औं मिनेटमा कप्तान ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । त्यसको चार मिनेटपछि नै मोइसेस काइसेडोले चेल्सीका लागि बराबरी गोल फर्काए ।


बराबरीपछि चेल्सी १० खेलबाट १८ अंक जोडेर चौथो स्थानमा उक्लेका छन् । आर्सन र एस्टन भिल्ला समान अंक भएपछि चेल्सी गोल अन्तरमा अघि छन् ।

युनाइटेड भने १० खेलबाट १२ अंकसहित १३औं स्थानमा छ ।


यस्तै अर्को खेलमा डोमिनिक सोलान्कको दुई गोल मद्दतमा टोटनहमले एस्टन भिल्लामाथि ४-१ को जित निकालेको छ । ब्रेनान जोनसन र जेम्स म्याडिसनले एक/एक गोल गरे ।

एस्टन भिल्लाका लागि मवर्गन रोजर्सले पहिले गोल गरेपनि अग्रता कायम रख्न सकेन । जितपछि १० खेलबाट १६ अंक जोडेर टोटनहम सातौं स्थानम उक्लेको छ । १८ अंकसहित भिल्ला छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...