मुख्य समाचार
लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’
लिग टु क्रिकेट : चोटका कारण करण र भीम ‘आउट’, देव र सागर ‘इन’

: अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले आज स्कटल्यान्डसँग अन्तिम प्रतिस्पर्धा गर्दैछ। आइसीसी लिग २ अन्तर्गत नेपालले अमेरिका भ्रमणको अन्तिम खेल खेल्न लागेको हो।



नेपाली टोलीमा दुई परिवर्तन हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। चोटका कारण करण केसी र भीम सार्की मैदान बाहिर रहनेछन् भने उनीहरूको ठाउँमा देव खनाल र सागर ढकालले खेल्नेछन्। अमेरिकाविरुद्धको खेलमा करण घाइते बनेका थिए। नेपाली टोली अमेरिकासँगको दुई खेलमा पराजित भएको थियो भने स्कटल्यान्डविरुद्ध भने विजयी भएको थियो।

लिग २ को ११औं मध्ये नेपाल ८ खेलमा पराजित भएको छ। दुई खेलमा विजयी हुँदा एक खेल वर्षाका कारण स्थगित भएको थियो। लगातार पराजय व्यहोरिरहेको नेपाली टोलीका लागि एक दिवसीय मान्यता जोगाउन पनि चुनौती बनेको छ। नेपाल ५ अंकका साथ पुछारबाट दोस्रो नम्बरमा रहेको छ। नेपालपछि युएई रहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित