मुख्य समाचार
इलेक्सन डे : ट्रम्प र ह्यारिस राष्ट्रपति पदका लागि कडा प्रतिस्पर्धा
इलेक्सन डे : ट्रम्प र ह्यारिस राष्ट्रपति पदका लागि कडा प्रतिस्पर्धा

: अमेरिकामा आज अर्थात् नोभेम्बर ५ तारिखमा राष्ट्रपति चुन्नका लागि अन्तिम मतदान हुँदैछ। संविधानतः अक्टोबर महिनादेखि नै अर्ली इलेक्सन अर्थात् समयअगावै मतदान गर्न पाउने व्यवस्था छ। अमेरिकामा प्रत्येक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार राष्ट्रपति चुन्नका लागि अन्तिम मतदान हुने गर्दछ।



अहिले राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार छन्। यो समाचार तयार पार्दासम्म दुवैका बीचमा कडा प्रतिस्पर्धा भइरहेको देखिन्छ।

पछिल्ला केही दिनमा स्विङ राज्य अर्थात् परिवर्तनशील मतदाता बस्ने राज्यमा राष्ट्रपतिका दुवै उम्मेदवारले चुनावी सभाहरू गरिरहेका छन्। दुवैले अमेरिका र अमेरिकी जनताको भविष्य उज्ज्वल राख्ने प्रतिबद्धतासहित मतदातालाई आह्वान गरिरहेका छन्।



स्थानीय समयअनुसार सोमबारका दिनसम्म ८० मिलियनभन्दा बढी जनताले आफ्नो भावी राष्ट्रपतिका लागि मतदान गरिसकेका छन्। हालसम्म सार्वजनिक भएका सर्वेक्षणहरूले दुवैका बीचमा कडा प्रतिस्पर्धा भइरहेको देखाउँछ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेको सर्वेक्षणले बढीमा दुई प्रतिशतमात्रै फरक मतमा अमेरिकाको भावी राष्ट्रपति चुनिने देखाएका छन्। अमेरिकामा ३ प्रतिशत मतदातामात्रै परिर्वतनशील छन्, त्यो भनेको ३ प्रतिशत मतदातामात्रै रजिस्टर भोटर होइनन्। यसो हुँदा बढी कसको पल्लाभारी छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन।

अमेरिकामा ४९ प्रतिशत डेमोक्र्याटिक रजिस्टर भोटरहरू छन्, भने ४८ प्रतिशत रिपब्लिकन रजिस्टर भोटरहरू छन्। कटिबद्ध भोटरहरूलाई रजिस्टर भोटर भनिन्छ।

यद्यपि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले झिनो मतान्तरमा चुनाव जित्न सक्ने अनुमानहरू समेत सार्वजनिक भइरहेका छन्। यो अनुमानको आधार भनेको उनी महिला भएकाले महिलाहरूका भोट उनलाई जानेछन्। पछिल्लो समय अमेरिकामा महिलाका शरीरमा महिलाको अधिकारको मुद्दा जोडतोडले उठिरहेको छ। राष्ट्रपतिका उम्मेदवार ह्यारिसले ‘माई बडी माई राइट्स’ अर्थात् महिलाको शरीरमा महिलाको अधिकारका विषयमा चर्को भाषण गरिरहेकी छन्। यसले पनि महिलाहरूको भोट ह्यारिसलाई जाने प्रक्षेपण गर्न सकिन्छ। यसैगरी अमेरिका आप्रवासीहरूको देश भएकाले ह्यारिस आप्रवासीहरूका लागि नरम भएको र कार्यकालमा समेत उनीहरूप्रति नरम बन्ने आशयलाई समेत आधार बनाइएको छ।

यस्तै, अश्वेतहरूले समेत ह्यारिसलाई मतदान गर्ने प्रक्षेपणहरू भइरहेका छन्। सार्वजनिक भएका आँकडाअनुसार १५ प्रतिशत अर्थात् ५० मिलियन मानिसहरू अश्वेत छन्। सर्वेक्षणहरूले त्यसको ६३ प्रतिशत ह्यारिसलाई भोट गर्ने बताइन्छ। यस्तै, वर्तमान अमेरिकी समाजका युवाहरू पुँजीवादी व्यवस्था, पुरातनवादी सोचभन्दा पनि लोकपरोपकारी झुकाव राख्दै गएको पनि देखिन्छ। यो ह्यारिसको जितका लागि सबैभन्दा बलियो पक्ष हो।

अर्कोतर्फ ल्याटिनो भोटरहरू अमेरिकामा करिब ६४ मिलियन छन्। त्यो जनसंख्याले अध्यागमनको लोभमा ह्यारिसलाई भोट गर्न सक्ने अनुमानहरू गरिएका छन्। यस्तै, अमेरिका आप्रवासीहरूको मुलुक भएकाले पनि धेरैजसो मतदाता उनीप्रति झुकाव राखेको पनि देखिन्छ। यसो त हालका राष्ट्रपति जो बाइडेन उम्मेदवार हुँदा त्यो समूहले ट्रम्पलाई मतदान गरेको थियो भनिन्छ।

वर्तमान सरकारको महँगीले आजित भएका जनता पूर्वराष्ट्रपति ट्रम्पका पक्षमा उभिएको देखिन्छ। वर्तमान बाइडेन सरकार अर्थात् डेमोक्र्याटिक पार्टीको सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको छ। ट्रम्पले अमेरिकालाई अझै बलियो बनाउने, अर्थतन्त्र सबल बनाउने, सिमानामा तारबार लगाउनेलगायतका मुद्दा सार्वजनिक गरेका कारण मतदाता उनीप्रति आकर्षित हुन सक्ने देखाउँछ। योभन्दा महŒवपूर्ण पक्ष यस पटकको चुनावमा श्वेतहरू हुन सक्छन्। त्यो भनेको अमेरिकाको कुल मतदाताको ६० प्रतिशत श्वेतहरू छन्। यदि उनीहरूले पूर्वराष्ट्रपति ट्रम्पका मुद्दाहरूको समर्थन गरेमा ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति बन्ने मौका पाउनेछन्।

दुवै उम्मेदवार सामाजिक सञ्जालमा समेत उत्तिकै क्रियाशील छन्। दुवैले अन्तिम समयमा मतदातालाई आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन्। महान् देशका रूपमा चित्रित भए पनि अमेरिकामा श्वेत, अश्वेत, महिला, पुरुष, आदिवासी, आप्रवासी भन्ने भिन्नताको मत फराकिलो बन्दै गएको र यो सामाजिक संस्कारमा थप खलबल नपुगोस् भन्नका खातिर ह्यारिसले चुनाव जित्न सक्ने प्रक्षेपण एकातिर छ भने अर्कोतिर अमेरिकाको सिमाना बलियो बनाउनुपर्ने र देश पहिलो अर्थात् अमेरिकालाई थप सशक्त बनाउन स्थापित हुनुपर्ने मुद्दा मुख्य हुन्।

वरिष्ठ पत्रकार शैलेश आचार्य भन्छन्, संसारभर झुटको खेती भइरहेका बेला ट्रम्पले चुनाव जित्न पनि सक्छन्, तर म सारांशमा भन्छु, ट्रम्पको हारभन्दा पनि ह्यारिसको जित नजिक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...
। हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हङकङको ...
: थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरू बाढीको सामना गरिरहेका छन्। अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले राहत र उद्धार कार्यका लागि सेनालाई डुङ्गा र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ। देशको दक्षिणी भागका दश प्रान्तहरू गत हप्तामा बाढीबाट प्रभावित भएका छन्। मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई शहरमा एकै दिनमा ...