मुख्य समाचार
इलेक्सन डे : ट्रम्प र ह्यारिस राष्ट्रपति पदका लागि कडा प्रतिस्पर्धा
इलेक्सन डे : ट्रम्प र ह्यारिस राष्ट्रपति पदका लागि कडा प्रतिस्पर्धा

: अमेरिकामा आज अर्थात् नोभेम्बर ५ तारिखमा राष्ट्रपति चुन्नका लागि अन्तिम मतदान हुँदैछ। संविधानतः अक्टोबर महिनादेखि नै अर्ली इलेक्सन अर्थात् समयअगावै मतदान गर्न पाउने व्यवस्था छ। अमेरिकामा प्रत्येक चार वर्षमा नोभेम्बर महिनाको पहिलो मंगलबार राष्ट्रपति चुन्नका लागि अन्तिम मतदान हुने गर्दछ।



अहिले राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीका तर्फबाट पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट पार्टीका तर्फबाट उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार छन्। यो समाचार तयार पार्दासम्म दुवैका बीचमा कडा प्रतिस्पर्धा भइरहेको देखिन्छ।

पछिल्ला केही दिनमा स्विङ राज्य अर्थात् परिवर्तनशील मतदाता बस्ने राज्यमा राष्ट्रपतिका दुवै उम्मेदवारले चुनावी सभाहरू गरिरहेका छन्। दुवैले अमेरिका र अमेरिकी जनताको भविष्य उज्ज्वल राख्ने प्रतिबद्धतासहित मतदातालाई आह्वान गरिरहेका छन्।



स्थानीय समयअनुसार सोमबारका दिनसम्म ८० मिलियनभन्दा बढी जनताले आफ्नो भावी राष्ट्रपतिका लागि मतदान गरिसकेका छन्। हालसम्म सार्वजनिक भएका सर्वेक्षणहरूले दुवैका बीचमा कडा प्रतिस्पर्धा भइरहेको देखाउँछ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गरेको सर्वेक्षणले बढीमा दुई प्रतिशतमात्रै फरक मतमा अमेरिकाको भावी राष्ट्रपति चुनिने देखाएका छन्। अमेरिकामा ३ प्रतिशत मतदातामात्रै परिर्वतनशील छन्, त्यो भनेको ३ प्रतिशत मतदातामात्रै रजिस्टर भोटर होइनन्। यसो हुँदा बढी कसको पल्लाभारी छ भनेर यकिनका साथ भन्न सकिने अवस्था छैन।

अमेरिकामा ४९ प्रतिशत डेमोक्र्याटिक रजिस्टर भोटरहरू छन्, भने ४८ प्रतिशत रिपब्लिकन रजिस्टर भोटरहरू छन्। कटिबद्ध भोटरहरूलाई रजिस्टर भोटर भनिन्छ।

यद्यपि वर्तमान उपराष्ट्रपति कमला ह्यारिसले झिनो मतान्तरमा चुनाव जित्न सक्ने अनुमानहरू समेत सार्वजनिक भइरहेका छन्। यो अनुमानको आधार भनेको उनी महिला भएकाले महिलाहरूका भोट उनलाई जानेछन्। पछिल्लो समय अमेरिकामा महिलाका शरीरमा महिलाको अधिकारको मुद्दा जोडतोडले उठिरहेको छ। राष्ट्रपतिका उम्मेदवार ह्यारिसले ‘माई बडी माई राइट्स’ अर्थात् महिलाको शरीरमा महिलाको अधिकारका विषयमा चर्को भाषण गरिरहेकी छन्। यसले पनि महिलाहरूको भोट ह्यारिसलाई जाने प्रक्षेपण गर्न सकिन्छ। यसैगरी अमेरिका आप्रवासीहरूको देश भएकाले ह्यारिस आप्रवासीहरूका लागि नरम भएको र कार्यकालमा समेत उनीहरूप्रति नरम बन्ने आशयलाई समेत आधार बनाइएको छ।

यस्तै, अश्वेतहरूले समेत ह्यारिसलाई मतदान गर्ने प्रक्षेपणहरू भइरहेका छन्। सार्वजनिक भएका आँकडाअनुसार १५ प्रतिशत अर्थात् ५० मिलियन मानिसहरू अश्वेत छन्। सर्वेक्षणहरूले त्यसको ६३ प्रतिशत ह्यारिसलाई भोट गर्ने बताइन्छ। यस्तै, वर्तमान अमेरिकी समाजका युवाहरू पुँजीवादी व्यवस्था, पुरातनवादी सोचभन्दा पनि लोकपरोपकारी झुकाव राख्दै गएको पनि देखिन्छ। यो ह्यारिसको जितका लागि सबैभन्दा बलियो पक्ष हो।

अर्कोतर्फ ल्याटिनो भोटरहरू अमेरिकामा करिब ६४ मिलियन छन्। त्यो जनसंख्याले अध्यागमनको लोभमा ह्यारिसलाई भोट गर्न सक्ने अनुमानहरू गरिएका छन्। यस्तै, अमेरिका आप्रवासीहरूको मुलुक भएकाले पनि धेरैजसो मतदाता उनीप्रति झुकाव राखेको पनि देखिन्छ। यसो त हालका राष्ट्रपति जो बाइडेन उम्मेदवार हुँदा त्यो समूहले ट्रम्पलाई मतदान गरेको थियो भनिन्छ।

वर्तमान सरकारको महँगीले आजित भएका जनता पूर्वराष्ट्रपति ट्रम्पका पक्षमा उभिएको देखिन्छ। वर्तमान बाइडेन सरकार अर्थात् डेमोक्र्याटिक पार्टीको सरकारले महँगी नियन्त्रण गर्न नसकेको आरोप लाग्दै आएको छ। ट्रम्पले अमेरिकालाई अझै बलियो बनाउने, अर्थतन्त्र सबल बनाउने, सिमानामा तारबार लगाउनेलगायतका मुद्दा सार्वजनिक गरेका कारण मतदाता उनीप्रति आकर्षित हुन सक्ने देखाउँछ। योभन्दा महŒवपूर्ण पक्ष यस पटकको चुनावमा श्वेतहरू हुन सक्छन्। त्यो भनेको अमेरिकाको कुल मतदाताको ६० प्रतिशत श्वेतहरू छन्। यदि उनीहरूले पूर्वराष्ट्रपति ट्रम्पका मुद्दाहरूको समर्थन गरेमा ट्रम्पले दोस्रो कार्यकालका लागि अमेरिकाको राष्ट्रपति बन्ने मौका पाउनेछन्।

दुवै उम्मेदवार सामाजिक सञ्जालमा समेत उत्तिकै क्रियाशील छन्। दुवैले अन्तिम समयमा मतदातालाई आफूलाई मतदान गर्न आग्रह गरिरहेका छन्। महान् देशका रूपमा चित्रित भए पनि अमेरिकामा श्वेत, अश्वेत, महिला, पुरुष, आदिवासी, आप्रवासी भन्ने भिन्नताको मत फराकिलो बन्दै गएको र यो सामाजिक संस्कारमा थप खलबल नपुगोस् भन्नका खातिर ह्यारिसले चुनाव जित्न सक्ने प्रक्षेपण एकातिर छ भने अर्कोतिर अमेरिकाको सिमाना बलियो बनाउनुपर्ने र देश पहिलो अर्थात् अमेरिकालाई थप सशक्त बनाउन स्थापित हुनुपर्ने मुद्दा मुख्य हुन्।

वरिष्ठ पत्रकार शैलेश आचार्य भन्छन्, संसारभर झुटको खेती भइरहेका बेला ट्रम्पले चुनाव जित्न पनि सक्छन्, तर म सारांशमा भन्छु, ट्रम्पको हारभन्दा पनि ह्यारिसको जित नजिक देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...