मुख्य समाचार
इंग्ल्यान्डका म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने
इंग्ल्यान्डका म्याट क्रिचली पोखरा एभेन्जर्सबाट खेल्ने

: इंग्ल्यान्डका अलराउन्डर क्रिकेटर म्याट क्रिचलीले नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आफ्नो चौथो विदेशी खेलाडीका रूपमा क्रिचलीलाई टिममा अनुबन्ध गरेको हो।



यसअघि पोखराले वेष्ट इन्डिजका एन्डरसन फिलिप, अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका क्रिकेटर बास डि लिडेलाई टोलीमा अनुबन्ध गरिसकेको छ। नेपाल राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की रहेको पोखरा एभेन्जर्समा अनुबन्ध भएका २८ वर्षीय अलराउन्डर क्रिचली डर्बिशायर काउन्टी क्रिकेट क्लबाट एसेक्स काउन्टी क्रिकेट क्लबका लागि खेल्छन्।

सन् २०१५ ३ मे को कन्टी क्रिकेट च्याम्पियनसिपमा ग्लेमरगनविरुद्ध आफ्नो पहिलो फस्ट क्लास डेब्यु गरेका क्रिचली दोश्रो खेलमै डर्बीशायरका लागि शतक बनाउने सबैभन्दा कान्छो उमेरको खेलाडी बनेका थिए। क्रिचलीले सन् २०१६ को २१ मेमा डर्बिशायरका लागि लंकाशायर लाइटनिंगविरुद्ध खेल्दै पहिलो टि ट्वान्टी खेलमा डेब्यु गरेका थिए।



त्रिचलीको स्पिनर क्षमतालाई अष्ट्रेलियाका लिजेन्ट क्रिकेटर स्टुअर्ट म्याकगिलले इंग्ल्यान्डको लागि उपयुक्त खेलाडी भन्दै तारिफसमेत गरेका थिए। त्यसपछि सन् २०१८ मा उनलाई इंग्ल्यान्ड लायन्समा खेल्न बोलाइएको थियो। डर्बिशायरबाट यस्तो सम्मान पाउने उनी पहिलो खेलाडीका रूपमा चिनिए। र, त्यही वर्ष उनले टी ट्वान्टीको अन्त्यमा चेस्टरफिल्डमा यर्कशायरविरुद्धको प्रतिस्पर्धात्मक खेलमा अन्तिम ओभरमा १९ रन प्रहार गरेर टिमका लागि विजय सुनिश्चित गरेका थिए।

एनपिएलकै सबै भन्दा मंहगो टिम पोखराले सागर ढकाल, आकाश चन्द, किरण कुमार ठगुन्ना, नारायण जोशी, बिपिन खत्री, दिलिप नाथ, तृत राज दास, सुनम गौतम, दिनेश खरेल र अमृत गुरुङलाई पनि अक्सनबाट आफ्नो टिममा छनोट गरेको छ। यो टिममा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स मेन्टर र सल्लाहकारका रूपमा अनुबन्ध भइसकेका छन्। त्यस्तै आइपिएलमा चेन्नई सुपरकिङ्सका लागि ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमारलाई पोखराले मुख्य प्रशिक्षकका रुपमा अनुबन्ध गरिसकेको छ। एनपिएपल आगामी मंसिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...