मुख्य समाचार
अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै
अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै

। अन्तर्राष्ट्रिय बजारमा नेपाली चिया तथा कफीको माग बढ्दै गएको छ ।

चिया तथा कफी विकास बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा ७७ मेट कफी विदेशमा निर्यात गरिएको थियो भने आर्थिक वर्ष २०७८/०७९मा ७२ मेट उत्पादन गरी ९ करोड ६० लाख रुपैयाँको निर्यात गरिएको थियो ।


बोर्डले आव २०८०/०८१ को विस्तृत तथ्यांक संकलन कार्य भइरहेको जनाएको छ । आर्थिक वर्ष २०७८/०७९मा देशभर ४५० मेट कफीको आयात गरी ३२ करोड रुपैयाँ खर्च गरिएकामा आर्थिक वर्ष २०७९/०८० मा रु १० करोडको मात्र आयात गरिएको थियो ।

यो करिब रु २२ करोडले आयात न्यूनीकरण भएको बोर्डका निर्देशक दिपक खनालले जानकारी दिए । उनले कफीका लागि उपयुक्त हावापानी र क्षेत्र विस्तारले उत्पादनमा पनि वृद्धि भएको बताए ।


हाल देशभर तीन हजार छ सय ५९ हेक्टर क्षेत्रफल जमिनमा कफी विस्तार गरी करिब तीन सय ९५ मेट्रिकटन ‘ग्रिनविन’ उत्पादन गरिएको छ । यस क्षेत्रमा कार्यरत कृषकको संख्या हाल ३३ हजार छ भने नेपाली कफीको अन्तर्राष्ट्रिय बजारमा माग करिब १४ हजार मेट्रिकटन रहेको बोर्डले जनाइएको छ ।

नेपालमा गुल्मी, पाल्पा, अर्घाखाँची, ललितपुर, तनहुँ, काभ्रे, सिन्धुपाल्चोक, लमजुङ, कास्की, गोर्खा, स्याङ्जा, पर्वत, बागलुङलगायत ४३ जिल्लामा यसको व्यावसायिक खेती हुँदै आएको जनाइएको छ ।

यस्तै आव २०७८/०७९मा देशभर चियाको निर्यात ३ अर्ब ८० करोड रहेकामा आर्थिक वर्ष २०७९/०८० मा करिब रु १४ करोडले वृद्धि भएको छ । चिया उद्योगको संख्या एक सय ६१ पुगेको छ । यस क्षेत्रमा करिब ६० हजार श्रमिक कार्यरत रहेको बोर्डका अधिकृत चन्द्र पुरीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चालु आर्थिक वर्ष २०८२/८३ पहिलो ६ महिनामा नेपाल सरकारको कुल खर्च ६ खर्ब ९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तसम्मको सरकारी खर्च राजस्व संकलनको तुलनामा बढी देखिएको हो । समीक्षा अवधिमा भएको कुल खर्चमध्ये चालु खर्चको हिस्सा सबैभन्दा ठूलो छ । सरकारले ६ महिनामा ४ खर्ब ...
: नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको छ महिना (पुस मसान्तसम्म) को तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गरेको छ। सार्वजनिक प्रतिवेदनअनुसार समग्र आर्थिक सूचकहरू सन्तोषजनक देखिएका छन्। प्रतिवेदनअनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति २.४२ प्रतिशतमा सीमित रहेको छ। यस अवधिमा कूल विदेशी विनिमय सञ्चिति ३२ खर्ब ४२ ...
। चालु आर्थिक वर्ष पुसमा मात्रै करिब २ खर्ब रेमिट्यान्स भित्रिएको छ । अमेरिकी डलर बलियो हुँदा नेपाल भित्रिने रेमिट्यान्स बढेको हो । अमेरिकी डलर तुलनामा नेपाली रुपैयाँ कमजोर हुँदै आएको छ । एक अमेरिकी डलर बराबर १ सय ४६ रुपैयाँ पुगेको छ । त्यसले गर्दा पनि रेमिट्यान्स आप्रवाह धेरै भएको हो । साथै, रेमिट्यान्स थोरै ...
। रुपन्देहीको सदरमुकाम भैरहवामा पछिल्लो समय क्यासिनो पर्यटनका कारण चहलपहल बढेको छ । क्यासिनोमा रमाउन आउने पर्यटकका कारण छिमेकी देशकै पुरानोमध्यको व्यापारिक केन्द्रका रुपमा परिचित भैरहवा बजारमा चहलपहल बढेको हो । भारतको सुनौली नजिकै रहेको भैरहवा क्षेत्रमा खुलेका क्यासिनोहरु पर्यटन तान्ने मुख्य मनोरञ्जनका साधनहरु बनेका स्थानीयको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमणपछि अधिकांश पेसा, व्यावसायको आर्थिक ...
— भारत सरकारले नेपाललाई आर्थिक वर्ष २०२६/०२७ का लागि ८ सय करोड भारतीय रुपैयाँ अनुदान दिने भएको छ । आइतबार भारतीय अर्थमन्त्री निर्मला सीतारमणले संसद्‍मा प्रस्तुत गरेको वार्षिक बजेटमा नेपाललाई गत वर्ष बराबर नै भारु ८ अर्ब (१२ अर्ब ८० करोड नेपाली रुपैयाँ) अनुदान दिने उल्लेख गरिएको हो । चालु आर्थिक वर्षमा भारतले नेपाललाई भारु ...