मुख्य समाचार
कमला ह्यारिसको अन्तिम चुनावी सम्बोधन : गाजा युद्ध अन्त्य गर्छु
कमला ह्यारिसको अन्तिम चुनावी सम्बोधन : गाजा युद्ध अन्त्य गर्छु

। डेमोक्रेटिक पार्टीबाट अमेरिकाको राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले गाजामा भइरहेको युद्ध अन्त्य गर्ने प्रतिबद्धता गरेकी छन् । उनले अरबी अमेरिकीहरुको बीचमा आफ्नो अन्तिम चुनावी सम्बोधनका क्रममा उक्त घोषणा गरेकी हुन् ।

ह्यारिसले गाजामा भइरहेको नरसंहारबाट असन्तुष्ट अरबी अमेरिकन पक्षलाई आफ्नो कित्तामा ल्याउने कोशिस गरेकी हुन् । गाजा युद्धमा ४३ हजारभन्दा बढी प्यालेस्टिनीहरुको मृत्यु भएको छ भने २ लाख बढी जनता विस्थापित भएका छन् ।


गाजा युद्ध विनाशकारी भएको बताउँदै उनले भनेकी छन्, ‘राष्ट्रपतिको रूपमा, म गाजामा युद्ध अन्त्य गर्न, बन्धकहरूलाई घर ल्याउन, गाजाको पीडाको अन्त्य गर्न, इजरायल सुरक्षित भएको सुनिश्चित गर्न, र प्यालेस्टाइनी जनताले आफ्नो मर्यादा, स्वतन्त्रता, सुरक्षाको अधिकार महसुस गर्न सक्ने सुनिश्चित गर्न मेरो शक्तिमा सबै गर्नेछु ।’

उनले गाजा युद्ध अन्त्य गर्ने योजना कसरी बनाइन् भन्नेबारे विस्तृत जानकारी दिइनन् । आलोचकहरु भने इजरायललाई सबैभन्दा ठूलो सैन्य आपूर्तिकर्ता अमेरिकाले गरिरहेको आरोप लगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...