मुख्य समाचार
ह्यारिस र ट्रम्पबीच कडा टक्कर, दुवैको जित्ने सम्भावना बराबर
ह्यारिस र ट्रम्पबीच कडा टक्कर, दुवैको जित्ने सम्भावना बराबर

: अमेरिकामा मंगलबार राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ।



विभिन्न 'चुनावी पोल'हरूले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ। पोलहरूमा ह्यारिस र ट्रम्पबीच झिनो मतान्तर हुने देखिएको छ। दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ। नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको छ। यिनै राज्यको 'निर्णायक' मतले अमेरिकाको नयाँ राष्ट्रपति चयन गर्ने विश्लेषकहरूले बताएका छन्।

ह्यारिस र ट्रम्पबीच किन कडा प्रतिस्पर्धा देखिएको हो? बीबीसीले प्रस्तुत गरेका केही कारणबारे जानौं।



- ट्रम्प जित्ने आधारहरू
चुनावी मैदानमा रहेका ट्रम्पलाई सत्तामा नहुनुको फाइदा यसपटक छ। पछिल्लो निर्वाचनमा पराजित भएका ट्रम्पले अहिले सरकारसँग विभिन्न मुद्दामा प्रश्न गरिरहेका छन्। अमेरिकी मतदाताहरूको लागि अर्थव्यवस्था पहिलो मुद्दा हो। अमेरिकी नागरिकहरू उच्च महँगीसँग जुझ्नुपरेको छ। एक तथ्यांकअनुसार एक चौथाइ अमेरिकीमात्रै त्यहाँको नीतिमा सन्तुष्ट छन् जबकि दुई तिहाइ नागरिहरू कमजोर अर्थतन्त्रप्रति रुस्ट छन्। असन्तुष्ट पक्ष ट्रम्पको पक्षमा आउनसक्ने आकलन गरिएको छ।

त्यस्तै यसबीचमा ट्रम्प विभिन्न मुद्दाका कारण विवादित बने। त्यसका बावजुद उनको समर्थनमा ४० प्रतिशत बढी अमेरिकी नागरिक रहेका छन्। डेमोक्र्याटिक समर्थकहरूले ट्रम्पलाई अयोग्य घोषित गरिरहँदा उनको पक्षमा उभिएको जनसमर्थनले उनी जित्नसक्ने आकलन गर्न सकिन्छ। ट्रम्पले पनि आफूलाई राजनीतिक बोक्सीको सिकार बनाइएको प्रस्टीकरण दिँदै आएका छन्।

त्यस्तै ट्रम्पको अवैध आप्रवासन नीतिप्रति पनि केही अमेरिकी नागरिकको समर्थन रहेको देखिन्छ। बाइडेनको शासनकालमा सीमा क्षेत्रमा मुठभेड निम्तिएको तथ्यांकले देखाएको छ। जबकि सोही तथ्यांकले आप्रवासन मामिलामा ट्रम्पको नीतिमा धेरै विश्वास गर्न सकिने देखाउँछ।

त्यस्तै डिग्री नभएका अमेरिकी नागरिकप्रति ट्रम्पको हेर्ने दृष्टिकोण र अन्तर्राष्ट्रिय सम्बन्धका कारण पनि उनको पक्षमा समर्थक ओर्लिएका हुन्। त्यसो ह्यारिस उपराष्ट्रपति हुँदा आफ्नै दलका राष्ट्रपति बाइडेनसँग संघर्ष गर्नुपरेको मिडियाहरूमा समाचार बन्ने गरेको थियो।

- ह्यारिस जित्ने आधारहरू
'ह्यारिस यसकारण जित्छिन्, किनकि उनी ट्रम्प होइनन्, न उनी बाइडेन नै हुन्। उनी महिला अधिकारको पक्षधर हुन्,' बीबीसीले भनेको छ। ट्रम्पका थुप्रै फाइदाहरूका बावजुद ह्यारिस गहिरो ध्रुवीकरण गर्ने व्यक्तित्व हुन्। अघिल्लो निर्वाचनमा पनि उनले ऐतिहासिक सिटहरू जिताएकी थिइन्। गत जुलाईमा रोयटर्स/इप्सोसको पोलले पाँचमध्ये चार जना अमेरिकी नागरिकले देश नियन्त्रण बाहिर जाने संकेत गरेका थिए। अमेरिकाका मध्यम एवं स्वतन्त्र उम्मेदवारहरू ह्यारिसको पक्षमा उभिनसक्ने आकलन गरिएको छ।

पार्टीभित्रै पनि ह्यारिसले राष्ट्रपति बाइडेनलाई पछि पारेकी थिइन्। कतिपयले बाइडेनको असफल नीतिसँग ह्यारिसलाई जोडे पनि उनले त्यसलाई निरर्थक बनाइसकेकी छन्। उनी महिला पक्षधर भएर पनि उनको पक्षमा एउटा वर्ग नै उभिएको बताइन्छ। अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गरेको थियो। जसको वकालतमा ह्यारिस खुलेर लागेकी थिइन्। सोही मुद्दाका कारण पनि उनको पक्षमा मतदाताहरू उर्लिने अपेक्षा गरिएको छ। यही मुद्दाका कारण पनि 'स्वीङ राज्य'हरूमा उनको पक्षमा बढी मत खस्न सक्ने आकलन गरिएको छ।

ह्यारिसको पक्षमा शिक्षित र पाका उमेरका व्यक्तिहरूको मतदान गर्ने सम्भावना बढी छ। डिग्री नभएकाहरूलाई ट्रम्पले आफ्नो पक्षमा तान्दै गर्दा पढेलेखेका जमात ह्यारिसको पक्षमा उभिनसक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...