मुख्य समाचार
ह्यारिस र ट्रम्पबीच कडा टक्कर, दुवैको जित्ने सम्भावना बराबर
ह्यारिस र ट्रम्पबीच कडा टक्कर, दुवैको जित्ने सम्भावना बराबर

: अमेरिकामा मंगलबार राष्ट्रपति चयनका लागि मतदान हुँदैछ। ४७औं राष्ट्रपति बन्न कमला ह्यारिस र डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन्। उपराष्ट्रपतिसमेत रहेकी डेमोक्रेटिक दलकी ह्यारिस र पूर्वराष्ट्रपतिसमेत रहेका ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ।



विभिन्न 'चुनावी पोल'हरूले उनीहरूबीच कडा प्रतिस्पर्धा हुने देखाएको छ। पोलहरूमा ह्यारिस र ट्रम्पबीच झिनो मतान्तर हुने देखिएको छ। दुईबीचको कडा प्रतिस्पर्धा हुनुमा ७ राज्य कारण रहेको एजेन्सीहरूले उल्लेख गरेको छ। नर्थ क्यारोलाइना, मिसिगन, पेन्सिलभेनिया, एरिजोना, विस्कन्सिन, जर्जिया र नेभादा राज्यको मतले यी दुईको मतान्तरमा फरक ल्याउने अनुमान गरिएको छ। यिनै राज्यको 'निर्णायक' मतले अमेरिकाको नयाँ राष्ट्रपति चयन गर्ने विश्लेषकहरूले बताएका छन्।

ह्यारिस र ट्रम्पबीच किन कडा प्रतिस्पर्धा देखिएको हो? बीबीसीले प्रस्तुत गरेका केही कारणबारे जानौं।



- ट्रम्प जित्ने आधारहरू
चुनावी मैदानमा रहेका ट्रम्पलाई सत्तामा नहुनुको फाइदा यसपटक छ। पछिल्लो निर्वाचनमा पराजित भएका ट्रम्पले अहिले सरकारसँग विभिन्न मुद्दामा प्रश्न गरिरहेका छन्। अमेरिकी मतदाताहरूको लागि अर्थव्यवस्था पहिलो मुद्दा हो। अमेरिकी नागरिकहरू उच्च महँगीसँग जुझ्नुपरेको छ। एक तथ्यांकअनुसार एक चौथाइ अमेरिकीमात्रै त्यहाँको नीतिमा सन्तुष्ट छन् जबकि दुई तिहाइ नागरिहरू कमजोर अर्थतन्त्रप्रति रुस्ट छन्। असन्तुष्ट पक्ष ट्रम्पको पक्षमा आउनसक्ने आकलन गरिएको छ।

त्यस्तै यसबीचमा ट्रम्प विभिन्न मुद्दाका कारण विवादित बने। त्यसका बावजुद उनको समर्थनमा ४० प्रतिशत बढी अमेरिकी नागरिक रहेका छन्। डेमोक्र्याटिक समर्थकहरूले ट्रम्पलाई अयोग्य घोषित गरिरहँदा उनको पक्षमा उभिएको जनसमर्थनले उनी जित्नसक्ने आकलन गर्न सकिन्छ। ट्रम्पले पनि आफूलाई राजनीतिक बोक्सीको सिकार बनाइएको प्रस्टीकरण दिँदै आएका छन्।

त्यस्तै ट्रम्पको अवैध आप्रवासन नीतिप्रति पनि केही अमेरिकी नागरिकको समर्थन रहेको देखिन्छ। बाइडेनको शासनकालमा सीमा क्षेत्रमा मुठभेड निम्तिएको तथ्यांकले देखाएको छ। जबकि सोही तथ्यांकले आप्रवासन मामिलामा ट्रम्पको नीतिमा धेरै विश्वास गर्न सकिने देखाउँछ।

त्यस्तै डिग्री नभएका अमेरिकी नागरिकप्रति ट्रम्पको हेर्ने दृष्टिकोण र अन्तर्राष्ट्रिय सम्बन्धका कारण पनि उनको पक्षमा समर्थक ओर्लिएका हुन्। त्यसो ह्यारिस उपराष्ट्रपति हुँदा आफ्नै दलका राष्ट्रपति बाइडेनसँग संघर्ष गर्नुपरेको मिडियाहरूमा समाचार बन्ने गरेको थियो।

- ह्यारिस जित्ने आधारहरू
'ह्यारिस यसकारण जित्छिन्, किनकि उनी ट्रम्प होइनन्, न उनी बाइडेन नै हुन्। उनी महिला अधिकारको पक्षधर हुन्,' बीबीसीले भनेको छ। ट्रम्पका थुप्रै फाइदाहरूका बावजुद ह्यारिस गहिरो ध्रुवीकरण गर्ने व्यक्तित्व हुन्। अघिल्लो निर्वाचनमा पनि उनले ऐतिहासिक सिटहरू जिताएकी थिइन्। गत जुलाईमा रोयटर्स/इप्सोसको पोलले पाँचमध्ये चार जना अमेरिकी नागरिकले देश नियन्त्रण बाहिर जाने संकेत गरेका थिए। अमेरिकाका मध्यम एवं स्वतन्त्र उम्मेदवारहरू ह्यारिसको पक्षमा उभिनसक्ने आकलन गरिएको छ।

पार्टीभित्रै पनि ह्यारिसले राष्ट्रपति बाइडेनलाई पछि पारेकी थिइन्। कतिपयले बाइडेनको असफल नीतिसँग ह्यारिसलाई जोडे पनि उनले त्यसलाई निरर्थक बनाइसकेकी छन्। उनी महिला पक्षधर भएर पनि उनको पक्षमा एउटा वर्ग नै उभिएको बताइन्छ। अमेरिकी सर्वोच्च अदालतले गर्भपतनको संवैधानिक अधिकारलाई खारेज गरेको थियो। जसको वकालतमा ह्यारिस खुलेर लागेकी थिइन्। सोही मुद्दाका कारण पनि उनको पक्षमा मतदाताहरू उर्लिने अपेक्षा गरिएको छ। यही मुद्दाका कारण पनि 'स्वीङ राज्य'हरूमा उनको पक्षमा बढी मत खस्न सक्ने आकलन गरिएको छ।

ह्यारिसको पक्षमा शिक्षित र पाका उमेरका व्यक्तिहरूको मतदान गर्ने सम्भावना बढी छ। डिग्री नभएकाहरूलाई ट्रम्पले आफ्नो पक्षमा तान्दै गर्दा पढेलेखेका जमात ह्यारिसको पक्षमा उभिनसक्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा आगलागीबाट करिब एक हजार ५०० झुपडी जल्दा हजारौं बासिन्दा घरबारविहीन भएका छन्। तर, आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार आगो लागेको १६ घण्टापछि मात्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको थियो। अग्निशमन सेवाका निर्देशक ...
: अमेरिकाको वाशिंगटन डीसीमा गोलीबारी भएको छ। एफबीआई निर्देशक काश पटेलका अनुसार गोलीबारीमा राष्ट्रिय गार्डका दुई सदस्य गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार आक्रमणकारीले स्थानीय समय अनुसार बिहान २:१५ बजे राष्ट्रिय गार्डका सदस्यहरूमाथि गोली चलाएका थिए। घटना ह्वाइट हाउस नजिकै भएको थियो। सीबीएस न्यूजका अनुसार संदिग्ध आक्रमणकारी अफगानी नागरिक रहमानउल्लाह लकनवाल हुन्। उनी २०२१ मा अमेरिका ...
: बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री शेख हसिना र पूर्वगृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएको छ। अदालतको उक्त फैसलापछि बंगलादेशले भारतसँग शेख हसिनाको सुपुर्दगीको माग गरेको छ। कुनै पनि व्यक्तिलाई अपराधको आरोप वा सजाय तोकिएको मुलुकमा कानुनी प्रक्रिया अनुसार फिर्ता पठाउने कार्यलाई सुपुर्दगी भनिन्छ। यसको जवाफमा भारतीय विदेश मन्त्रालयले छिमेकीको रूपमा भारत शान्ति, लोकतन्त्र, समावेशीकरण ...
। हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । हङकङको ...
: थाइल्याण्डमा भारी वर्षाका कारण धेरै शहर र नगरहरू बाढीको सामना गरिरहेका छन्। अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको छ । सरकारले राहत र उद्धार कार्यका लागि सेनालाई डुङ्गा र हेलिकोप्टर प्रयोग गर्न आग्रह गरेको छ। देशको दक्षिणी भागका दश प्रान्तहरू गत हप्तामा बाढीबाट प्रभावित भएका छन्। मलेसियाको सिमानामा रहेको व्यापारिक केन्द्र हात याई शहरमा एकै दिनमा ...