मुख्य समाचार
अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी
अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी

: अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी छ । ५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मंगलबार नेपाली समय अनुसार लगभग अपराह्न ४ बजेदेखि मतदान सुरु भएको थियो । प्रमुख राज्यहरूमा भोटिङ आज बिहान करिब १० बजेसम्म समाप्त हुनेछ।



हालसम्म १३ राज्यमा मतगणना सकिएको छ । ट्रम्पले ९ राज्यमा चुनाव जितेका छन् भने भारतीय मूलकी कमला ह्यारिसले ४ राज्यमा चुनाव जितेकी छन् ।

योसँगै राष्ट्रपति चुनावसँगै हुन लागेको संसदीय निर्वाचनमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।



राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ । कमला विजयी भए २३० वर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्नेछिन् ।

यदि ट्रम्पले जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्किनेछन् । कमला ह्यारिस हाल अमेरिकाको उपराष्ट्रपति हुन् भने ट्रम्प सन् २०१७ देखि २०२१ सम्मका लागि राष्ट्रपति भइसकेका छन् ।

अधिकारीहरुका अनुसार पूर्व भोटिङमा ८ करोडभन्दा बढी अमेरिकी नागरिकले हुलाक र इमेलमार्फत मतदान गरेका थिए । नोभेम्बर ५ मा कति अमेरिकीले मतदान गरेका थिए र कति प्रतिशत थिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।

बुधबार बिहान मतदान सकिएपछि मतगणना सुरु हुनेछ । सामान्यतया नतिजा मतदानको भोलिपल्ट आउँछ, त्यसैले अन्तिम परिणाम बुधबार राति वा बिहीबार बिहानसम्म आउनेर आउने अपेक्षा गरिएको छ। मतगणना थप समय लागेमा नतिजा आउन १–२ दिन लाग्न सक्छ । सन् २०२० मा भएको निर्वाचनमा मतदान सकिएको ४ दिनपछि नतिजा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका छन्। मेजर जनरल गोफम्यानले वर्तमान मोसाद प्रमुख डेभिड बार्नियाको स्थानमा उनलाई नियुक्त गरेका हुन्। उनको पाँच वर्षे कार्यकाल जुन २०२६ मा सिकने छ। प्रधानमन्त्री नेतान्याहूले वरिष्ठ अधिकारीहरूको नियुक्ति सम्बन्धी सल्लाहकार समितिलाई मेजर ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदैछन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। राष्ट्रपति पुटिन २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग हुने कार्यक्रम छ। भ्रमणका क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटघाट गर्ने कार्यसूची तय भएको छ। ...
भारतको मणिपुरमा हतियार र विस्फोटक पदार्थसहित ११ जना पक्राउ
: रुसी राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टीव विटकफसँगको वार्ताका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी शान्ति योजनालाई अस्वीकार गरेको भन्नु सही नहुने बताएका छन्। मंगलबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। 'हिजो पहिलो पटक विचार ...
: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना ...