मुख्य समाचार
अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी
अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी

: अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी छ । ५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मंगलबार नेपाली समय अनुसार लगभग अपराह्न ४ बजेदेखि मतदान सुरु भएको थियो । प्रमुख राज्यहरूमा भोटिङ आज बिहान करिब १० बजेसम्म समाप्त हुनेछ।



हालसम्म १३ राज्यमा मतगणना सकिएको छ । ट्रम्पले ९ राज्यमा चुनाव जितेका छन् भने भारतीय मूलकी कमला ह्यारिसले ४ राज्यमा चुनाव जितेकी छन् ।

योसँगै राष्ट्रपति चुनावसँगै हुन लागेको संसदीय निर्वाचनमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता लिएको छ ।



राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच कडा प्रतिस्पर्धा छ । कमला विजयी भए २३० वर्षको इतिहासमा पहिलो पटक महिला राष्ट्रपति बन्नेछिन् ।

यदि ट्रम्पले जिते भने उनी ४ वर्षपछि ह्वाइट हाउस फर्किनेछन् । कमला ह्यारिस हाल अमेरिकाको उपराष्ट्रपति हुन् भने ट्रम्प सन् २०१७ देखि २०२१ सम्मका लागि राष्ट्रपति भइसकेका छन् ।

अधिकारीहरुका अनुसार पूर्व भोटिङमा ८ करोडभन्दा बढी अमेरिकी नागरिकले हुलाक र इमेलमार्फत मतदान गरेका थिए । नोभेम्बर ५ मा कति अमेरिकीले मतदान गरेका थिए र कति प्रतिशत थिए भन्ने आधिकारिक तथ्यांक सार्वजनिक गरिएको छैन।

बुधबार बिहान मतदान सकिएपछि मतगणना सुरु हुनेछ । सामान्यतया नतिजा मतदानको भोलिपल्ट आउँछ, त्यसैले अन्तिम परिणाम बुधबार राति वा बिहीबार बिहानसम्म आउनेर आउने अपेक्षा गरिएको छ। मतगणना थप समय लागेमा नतिजा आउन १–२ दिन लाग्न सक्छ । सन् २०२० मा भएको निर्वाचनमा मतदान सकिएको ४ दिनपछि नतिजा सार्वजनिक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...