: अमेरिकाको फ्लोरिडा राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प विजयी हुने अपेक्षा गरिएको छ । हालसम्म करिब ७३ प्रतिशत मत गणना भइसकेको छ ।
यहाँ २४ वर्षअघि रिपब्लिकन पार्टीका जर्ज डब्लु बुसले केही हजार मतले जितेका थिए । उनले प्रजातान्त्रिकका उम्मेदवार एल्गोरलाई पराजित गरेका थिए।
फ्लोरिडाको यो चुनावी परिणाम खासै आश्चर्य पार्ने छैन तर डेमोक्रयाटिक पार्टीका लागि चिन्ताको विषय सेन्ट्रल फ्लोरिडाको ओर्लान्डो सहर नजिकै रहेको ओसियोला काउन्टीको नतिजा बनेको छ। यहाँ ट्रम्पले अग्रता लिएका छन् । यहाँ भएको ८५ प्रतिशत मतगणनाबाट यो थाहा हुन्छ ।
यो ठाउँमा जो बाइडेनले २०२० को राष्ट्रपतीय चुनावमा १४ पोइन्टले जितेका थिए। बीबीसी