मुख्य समाचार
लिभरपुलले च्याम्पियन्स लिगमा बायर लेभरकुजनलाई सजिलै ४–० ले पराजित
लिभरपुलले च्याम्पियन्स लिगमा बायर लेभरकुजनलाई सजिलै ४–० ले पराजित

— लिभरपुलले युरोपेली च्याम्पियन्स लिगमा आफ्नो उत्कृष्ट सुरुवातलाई कायम राख्दै मंगलबार राति युरोपेली च्याम्पियन्स लिगमा बायर लेभरकुजनलाई सजिलै ४–० ले पराजित गरेको छ । डिफेन्डिङ च्याम्पियन रियल म्याड्रिड र इंग्लिस च्याम्पियन म्यानचेस्टर सिटी भने अविश्वसनीय रूपमा पराजित रहे ।



एनफिल्डमा भएको खेलमा लिभरपुलका लागि लुइस डियाजले ह्याट्रिक गरे । उनले ६१, ८३ र दोस्रो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा गोल गरे । कोडी काक्पाले अर्को एक गोल गरे । यो जितपछि लिभरपुल चार खेलबाट १२ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ । यो खेल लिभरपुलका लागि पूर्व खेलाडी ज्याभी एलोन्सोको एनफिल्ड पुर्नआगमन पनि रह्यो ।


तर यो सुखद हुन सकेन र प्रशिक्षकका रूपमा नमीठो हार बेहोरे । मंगलबारको अर्को सबैभन्दा ठूलो विशेषता स्पोर्टिङ लिस्वन रह्यो । उसले सिटीलाई ४–१ ले पराजित गर्‍यो । सिटीको यो लगातार तेस्रो हार हो । लिस्वन १० अंकमा दोस्रो स्थानमा छ । मोनाकोको पनि समान १० अंक छ र उसले भने बोलोग्नालाई १–० ले हराएको हो ।

रियल भने एसी मिलानको हातबाट ३–१ ले पराजित रह्यो । रियलको यो लगातार दोस्रो हार हो । अन्य खेलमा बोरुसिया डर्टमुन्डले स्टर्म ग्राजलाई १–०, सेल्टिकले आरबी लाइपजिगलाई ३–१, पीएसजी आयनहोभनले जिरोनालाई ४–० र डायनामो जागरेभले स्लोभान ब्राटिस्लाभलाई ४–१ ले हरायो । लिल र युभेन्ट्सले भने १–१ को बराबरी खेले ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: यो सिजनमा हिमाल आरोहीबाट १९ करोडभन्दा धेरै राजस्व संकलन भएको छ। विभिन्न ४२ वटा हिमाल आरोहणको अनुमतिबाट १९ करोड १३ लाख ८९ हजार ४४२ रुपैयाँ राजस्व आम्दानी भएको पर्यटन विभागले जनाएको छ। आरोहण अनुमति मागेका ८०२ जनाबाट सो परिमाणमा राजस्व संकलन भएको विभागका निर्देशक हिमाल गौतमले जानकारी दिए। सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण ...
: आइसीसी टी२० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हराएको छ। ओमानको अल अमिरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको जापानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रन बनाएको थियो। जापानले दिएको १३२ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ५ विकेट गुमाउँदै ...
: हुलाक सेवा विभागले नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको छ। नेपाली क्रिकेट खेलाडीहरूको तस्बिर अंकित हुलाक टिकटमा सन्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार हुलाक सेवा विभागमा आयोजित एक कार्यक्रममा टाँचा लगाए। विश्व हुलाक दिवस २०२५ का अवसरमा आईसीसी पुरुष विश्वकप र आईसीसी महिला ...
। थाइल्याण्डमा हुने एएफसी यू-१७ महिला एसियन कप छनोट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार एन्फा कम्प्लेक्समा एक कार्यक्रम गरी नेपाली टोलीको बिदाइ गरेको हो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङसहित पदाधिकारीहरूले टोलीको बिदाइ गरे । प्रतियोगिता अक्टोबर १३ देखि १७ सम्म हुँदैछ । नेपालले छनोट प्रतियोगितामा आयोजक थाइल्याण्ड र ...
। ओमानमा जारी आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत समूह बी को खेलमा आज नेपाल र जापान खेल्दै छन् । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी टर्फ १ मा हुने खेल नेपाली समयअनुसार अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । नेपाल र जापान दुवैले आ-आफ्नो पहिलो खेल जितेका छन् । दुवै टोलीले कुवेतलाई हराएर सुपर ...