मुख्य समाचार
इंग्लिस ब्याटर इस्किनाजी काठमाडौं गुर्खाजमा
इंग्लिस ब्याटर इस्किनाजी काठमाडौं गुर्खाजमा

— इंग्लिस क्रिकेटर स्टेफन इस्किनाजी नेपाल प्रिमियर लिग (एनपीएल) का लागि काठमाडौं गुर्खाजमा आबद्ध भएका छन् । काठमाडौं स्पोर्ट्स डेभलपमेन्ट भेन्चरको स्वामित्वमा रहेको काठमान्डु गुर्खाजले इंग्लिस क्रिकेटमा जमेका यी विकेटकिपर–ब्याटरलाई लिएको हो ।



दक्षिण अफ्रिकामा जन्मेर अस्ट्रेलियामा हुर्किएका ३० वर्षे इस्किनाजीले मिडलसेक्सबाट इंग्लिस क्रिकेट काउन्टी खेल्दै आएका छन् । उनले ८८ प्रथम श्रेणीको क्रिकेटमा ९ शतकका साथ ४३ सय भन्दा बढी रन बनाएका छन् ।


ग्लोबल फ्रेन्चाइज लिगमा इस्किनाजीले आफूलाई आक्रामक खेलाडीको रुपमा प्रमाणित गरिसकेका छन् । द हन्ड्रेडमा उनको स्ट्राइक रेट १ सय ५१ माथि र भाइटालिटी ब्लास्टमा उनको स्ट्राइक रेट १ सय ४० माथिको रहेको छ । द हन्ड्रेडमा वेल्स फायरबाट खेल्दै इस्किनाजीले १० खेलमा २ सय ६६ र भाइटालिटी ब्लास्टमा ८७ खेलमा १ शतक र १८ शतकका साथ २५ सय भन्दमा बढि रन बनाएका छन् ।

‘स्टेफन इस्किनाजी आक्रामक खेलाडी हुन्, उनको आगमनको हामी प्रतिक्षामा छौं । नेपाल प्रिमियर लिगमा उनको अनुभव र आक्रामक स्वभावको ब्याटिङ काठमाडौं गुर्खाजलाई निकै उपयोगी हुने विश्वास हामीले लिएका छौं । नेपालमा चिसो मौसम इंग्ल्यान्डका खेलाडीका लागि निकै सुहाउँदो हुने भएकाले हामी इस्किनाजी सफल हुने अपेक्षा हामीले गरेका छौं,’ काठमान्डु गुर्खाजका प्रमुख कार्यकारी अधिकृत सन्देश कटवालले टोलीको विज्ञप्तिमा भनेका छन् ।

इस्किनाजीले पर्थ स्कोरचर्सबाट बिग बासमा खेलेका छन् । उनले बिग बासको १३ खेलमा २ सय ५८ रन बनाएका छन् । उनीसँग यस बाहेक बंगलादेश प्रिमियर लिग र अवुधावी टी–१० लिगको पनि अनुभव छ । ‘काठमाडौं गुर्खाजबाट टियु क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग खेल्न निकै आतुर छु, काठमाडौं जस्तो राम्रो सहरको टोलीबाट खेल्न पाउदा म आफुलाई गौरान्वित महसुस गर्दछु र एनपीएल खेल्न निकै उत्सुक छु । चाँडै तपाईंहरुसँग भेट्ने नै छु,’ इस्किनाजीले भने ।

काठमाडौं गुर्खाजले अनुबन्धन गरेको उनी तेस्रो विदेशी खेलाडी हुन् । नेदरल्यान्ड्सका ओपनर माइकल लेभिट र नामिबियाका कप्तान मर्वी जेर्राड इरसमसलाई गुर्खाजले यसअघि नै अनुबन्धन गरिसकेको छ ।

काठमान्डु गुर्खाजको ‘मार्की’ खेलाडीमा करण केसी रहेका छन् । अक्सनबाट गुर्खाजले शाहव आलम, भिम सार्की, रशिद खान, शंकर राना, कृष्ण कार्की, दीपेश कँडेल, सुमित महर्जन, राजु रिजाल, विवेक केसी र प्रतिक श्रेष्ठलाई लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित