मुख्य समाचार
इंग्ल्याण्डका स्टेफन इस्किनाजीले काठमाडौं गुर्खाजबाट एनपीएल खेल्ने
इंग्ल्याण्डका स्टेफन इस्किनाजीले काठमाडौं गुर्खाजबाट एनपीएल खेल्ने

। इंग्ल्याण्डका विकेटकिपर ब्याटर स्टेफेन इस्किनाजीले काठमाडौं गुर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।

काठमाडौं गुर्खाजले मंगलबार इस्किनाजीलाई आफ्नो तेस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरेको जनाएको छ ।


दक्षिण अफ्रिकामा जन्मिएका ३० वर्षीय इस्किनाजीले त्यसपछि अष्ट्रेलियाको उमेर समूहमा खेलेका थिए । तर हाल उनी इंग्लिस खेलाडी बनिसकेका छन् । पर्थ स्कोर्चर्सका लागि बिस बाग लिग खेलेका इस्किनाजीले भाइटालिटी टी-२० ब्लास र दी हन्ड्रेड क्रिकेट पनि खेलेका छन् ।

इस्किनाजले सबैखाले गरी ११० टी-२० खेल खेलेका छन् । जसमा उनले ३ हजार १०५ रन बनाएका छन् । उनको उच्च स्कोर १०२ रन हो । यस्तै उनले ८८ फर्स्ट क्लास र ३० लिस्ट ए क्रिकेट पनि खेलेका छन् ।

टी-२० ब्लास्ट र बिग बास लिगको अनुभव भएका इस्किनाजीको आगमनले काठमाडौं गुर्खाज टिमलाई बलियो बनाउने टिमको विश्वास छ ।

काठमाडौंले अनुबन्ध गरेको इस्किनाजी तेस्रो विदेशी खेलाडी हुन् । यसअघि काठमाडौंले नेदरल्याण्ड्सका युवा ओपनर ब्याटर माइकल लेभिट र नामिबियाका कप्तान जेरार्ड एरासमसलाई अनुबन्ध गरिसकेको छ ।

काठमाडौंले अब एक विदेशी खेलाडी अनुबन्ध गर्न बाँकी छ । करण केसी मार्की खेलाडी रहेको काठमाडौं गुर्खाजको प्रशिक्षकमा बसन्त शाही ठकुरी छन् ।

क्यानको आयोजनामा मंसिर १५ देखि पुष ६ गतेसम्म काठमाडौंमा हुने एनपीएलमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...