मुख्य समाचार
अमेरिकाको चुनावी विज्ञापनमा १५ खर्ब खर्च
अमेरिकाको चुनावी विज्ञापनमा १५ खर्ब खर्च

— अमेरिकी चुनावका लागि डेमोक्रयाट्स र रिपब्लिकन्स दुवै दलका उम्मेदवारहरूले कुल १० अर्ब ५० करोड डलर (हालको विनिमय दरअनुसार करिब १४ खर्ब ७० अर्ब रुपैयाँ) विज्ञापनमा खर्च गरेको पाइएको छ । डेमोक्य्राक्ट्सले ५.१ अर्ब डलर र रिपब्लिकन्सले ४.१७ अर्ब डलर खर्च गरेका छन् । बाँकी १.३६ अर्ब डलर स्वतन्त्र समूहहरूले चुनावी विज्ञापनमा खर्च गरेको पाइएको छ ।



रेडियो, टेलिभिजन, स्याटलाइट, केबल र डिजिटल विज्ञापनमा यत्तिका रकम खर्च गरिएको विज्ञापन गणना गर्ने संख्या एडइम्प्याक्टको तथ्यांकले देखाएको छ ।


अमेरिकाको नेसनल पब्लिक रेडियो (एनपीआर) ले गरेको विश्लेषणअनुसार सबैभन्दा धेरै पेन्सलभेनियामा उम्मेदवारहरूले विज्ञापनमा पैसा हालेका थिए । अत्यन्तै कडा प्रतिस्पर्धामा रहेको र ‘स्विङ स्टेट’ भनिने अनिर्णीत राज्यमध्ये प्रमुख मानिएको पेन्सलभेनियामा मात्रै १.२ अर्ब डलर खर्चिएर उम्मेदवार एवं दलहरूले विज्ञापन सम्प्रेषण गरेका थिए ।

पेन्सलभेनियामा डेमोक्य्राक्टसले ६३ करोड ७० लाख डलर र रिपब्लिकन्सले ५४ करोड ३० लाख डलर विज्ञापनमा खन्याएका थिए । राष्ट्रपतिको चुनावी अभियानसँगै सिनेट र हाउसको चुनावका लागि पनि यो राज्यमा कडा प्रतिस्पर्धा छ ।

सिनेट प्रतिस्पर्धामा ३४ करोड ४० लाख डलर खर्च भएको छ । तथापी, सिनेटको चुनावका लागि सबैभन्दा बढी खर्च चाहिँ ओहायोमा गरिएको छ जहाँ करिब ५१ करोड ८० लाख डलरको विज्ञापन बजिसकेको एनपीआरको विश्लेषण छ ।

राष्ट्रपति चुनावका लागि सबै राज्यमा गरेमा ३ अर्ब डलरको विज्ञापन गरिएको तथ्यांक अमेरिकी सञ्चार माध्यमले प्रस्तुत गरेका छन् ।

‘राष्ट्रपतिय चुनावी अभियान मुख्यतया सातवट प्रदेशमा सिमित रहेको देखिन्छ,’ एनपीआरको लेखेको छ, ‘प्रत्येक ५ डलरमध्ये ४ डलर पेन्सलभेनिया, मिसिगन, विस्कन्सिन, जर्जिया, नर्थ क्यारोलाइना, एरिजोना र नेभाडामा खर्च गरिएको छ ।’ प्रतिस्पर्धी राज्यको सन्दर्भमा सन् २०२० को तुलनामा यसपटक राष्ट्रपति चुनावमा गरिएको खर्च उल्लेखनीय भएको एनपीआरको विश्लेषण छ ।

सन् २०२० को आम निर्वाचनमा फ्लोरिडामा ३७ करोड १० लाख डलर विज्ञापनमा खर्च गरिएकोमा यसपटक ४० लाख डलर मात्रै खर्च भएको छ । सन् २०२० मा सबैभन्दा धेरै रकम जर्जियामा खर्च भएको थियो ।

त्यो बेला जर्जियामा राष्ट्रपतिको चुनावका लागि तिब्र प्रतिस्पर्धा थियो र सिनेटको रन-अफ निर्वाचनसमेत भएको थियो। तर २०२० मा जर्जियामा भएका सबै चुनावहरूमा जम्मा ७८ करोड ७० लाख डलर खर्च भएको थियो, जुन यस वर्ष पेनसिल्भेनियामा देखिएको खर्चभन्दा लगभग आधा अर्ब डलरले कम हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानमा तहरीक-ए-लब्बैकको विरोध प्रदर्शनका कारण राजधानी इस्लामाबाद जाने सडकहरू बन्द गरिएका छन्। सरकारले मोबाइल इन्टरनेट सेवा पनि बन्द गरेको छ। धार्मिक तथा राजनीतिक दल तहरीक-ए-लब्बैक (टीएलपी) ले आज इस्लामाबादमा विरोध प्रदर्शनको आह्वान गरेको हो। बीबीसी उर्दूका अनुसार टीएलपीको घोषणापछि गृहमन्त्री मोहसिन नक्वीले इस्लामाबाद र रावलपिंडीमा मोबाइल इन्टरनेट सेवा बन्द गर्ने निर्णय गरेका हुन्। ...
: नोबेल शान्ति पुरस्कारको घोषणापछि ह्वाइट हाउसले नोबेल समितिको आलोचना गरेको छ। ह्वाइट हाउसका सञ्चार निर्देशक स्टीवन चेउङले समितिले शान्तिभन्दा राजनीतिलाई प्राथमिकता दिएको बताएका हुन्। सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै चेउङले लेखे, ʻराष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति सम्झौतामा मध्यस्थता गर्ने, युद्ध अन्त्य गर्ने र जीवन बचाउने काम जारी राख्नुहुनेछ। नोबेल समितिले शान्ति होइन, राजनीति रोजेको प्रमाणित गरेको छ।ʼ उनले ...
: इजरायलले ‘गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजनालाई स्वीकृत गरेको छ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले एक वक्तव्यमार्फत् गाजा युद्धविराम र बन्धक रिहाइ’ सम्बन्धी योजना स्वीकृत गरेको जनाएको हो। नेतन्याहूले यसलाई महत्त्वपूर्ण घटनाक्रम भनेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका साथै अमेरिकी दूत स्टीभ विटकफ र ट्रम्पका ज्वाइँ ज्यारेड कुश्नरलाई धन्यवाद दिएका छन्। विटकफ र ...
: इजरायल र हमासबीच दुई वर्ष लामो युद्ध अन्त्य गर्दै बाँकी बन्धकहरूलाई मुक्त गर्ने ऐतिहासिक सम्झौता बिहीबारदेखि लागू हुँदैछ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा तयार गरिएको यो चरणबद्ध सम्झौताले गाजामा स्थायी शान्तिको दिशा खोल्ने अपेक्षा गरिएको छ। सम्झौताको पहिलो चरणको कार्यतालिका यस्तो छ: बिहीबार - मध्यान्ह १२ बजे: गाजामा युद्धविराम औपचारिक रूपमा सुरु हुने। - साँझ ५ बजे: इजरायली ...
: २०२५ को लागि नोबेल शान्ति पुरस्कार भेनेजुएलाकी राजनीतिज्ञ मारिया कोरिना मचाडोलाई प्रदान गरिएको छ। नोबेल समितिले भेनेजुएलाका जनताका लागि लोकतान्त्रिक अधिकारको प्रवर्द्धन गर्न, तानाशाहीको सामना गर्दै न्यायपूर्ण र शान्तिपूर्ण तरिकाले लोकतन्त्रका लागि लडेकोमा मारियालाई नोबेल शान्ति पुरस्कार प्रदान गरिएको जनाएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि नोबेल शान्ति पुरस्कारमा दाबी गर्दै आएका थिए। ट्रम्पले आफूले ...