मुख्य समाचार
जित सुनिश्चित भएपछि उनले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरे
जित सुनिश्चित भएपछि उनले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरे

: रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले आफूलाई विजयी घोषणा गरेका छन्। पछिल्लो मतपरिणामअनुसार ट्रम्पको जित सुनिश्चित भएको हो। उनले डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई हराउँदै आफ्नो जित सुनिश्चित गरेका हुन्।

जित सुनिश्चित भएपछि उनले अमेरिकाका लागि यो स्वर्ण युग हुने घोषणा गरेका छन्। उनले अमेरिकाको हितमा काम गर्ने बताएका छन्। 'यो अमेरिकी जनताको शानदार जित हो। यसले अमेरिकालाई अझ सक्षम बनाउन मद्धत गर्नेछ। यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ,' सम्बोधनमा उनले भने।

उनले अभूतपूर्व विजयी गराउने अमेरिकी नागरिकहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। आफू यही दिनका लागि हत्या प्रयासबाट बचेको उनको भनाइ छ। चुनावी र्‍यालीमा सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार भएको थियो। गोली उनको कानलाई छुँदै गएपछि उनी बाँच्न सफल भएका थिए।

ट्रम्पले ह्वाइटहाउसबाट आफूले पूरा जोड दिएर संघर्ष गर्ने बताएका छन्। राष्ट्रपति बन्नु संसारकै सबैभन्दा महत्त्वपूर्ण काम हेको बताउँदै उनले आफूले गरेका वाचा पूरा गर्ने प्रतिवद्धता गरे। भाषणका क्रममा उनले एक्स(ट्वीटर)का मालिक एलन मस्कको प्रशंसासमेत गरेका थिए। उनले मस्कलाई रिपब्पलिकन पार्टीका 'नयाँ स्टार'को घोषणा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...