मुख्य समाचार
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरे
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरे

। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मंगलबार रक्षामन्त्री योभ गालान्टलाई बर्खास्त गरेका छन् । रक्षामन्त्री गालान्टसँग विश्वासको वातावरण कमजोर बनेको र युद्धको समयमा यस्तो हुनु राम्रो नहुने भन्दै नेतान्याहुले उनलाई पदमुक्त गरेका हुन् ।

टाइम्स अफ इजरायलका अनुसार नेतान्याहुले विदेशमन्त्री इजरायल काट्जलाई रक्षामन्त्रीको जिम्मेवारी दिने तयारी गरेका छन् । विदेशमन्त्रीमा गिदोन सारले जिम्मेवारी पाउनेछन् ।

मंगलबार राति ८ बजे नेतान्याहुको कार्यालयबाट गालान्टलाई पत्र हस्तान्तरण गरिएको थियो । पत्रमा नेतान्याहुले पत्र पाएको ४८ घण्टापछि रक्षामन्त्रीको कार्यकाल समाप्त हुने लेखेका थिए ।

रक्षामन्त्री बर्खास्त गरेपछि एक भिडियो सन्देशमा तान्याहुले भने, ‘युद्धको सुरुमा हामीबीच विश्वास थियो, हामीले सँगै धेरै काम गर्‍यौं, तर पछिल्ला केही महिनामा हामीबीचको यो विश्वास खस्कँदै गइरहेको छ।’


भिडियो सम्बोधनमा उनले अगाडि थपेका छन्, ‘युद्धका धेरै पक्षमा हामी एकअर्कासँग सहमत थिएनौं। पटकपटक मन्त्रिपरिषदको निर्णयमा सहमति नभएको अभिव्यक्ति दिएका थिए ।’

उनले ग्यालेन्टको अभिव्यक्तिले दुश्मनहरूलाई फाइदा पुगेको पनि आरोप लगाए । ‘मैले हामीबीचको दूरी कम गर्न धेरै पटक प्रयास गरें, तर हुन सकेन’ नेतान्याहुले भनेका छन्, ‘बिस्तारै यो जनतामा पनि देखिन थालेको छ। हाम्रा शत्रुहरूले यसको फाइदा उठाउन थाल्नु सबैभन्दा खराब कुरा भयो।’

नेतान्याहुले गालान्टलाई बर्खास्त गरेको पछिल्लो दुई वर्षमा यो दोस्रोपटक हो । यसअघि पनि यस्तै आरोप लगाएर बर्खास्त गरे पनि गालान्ट एक महिनाभित्रै पुनः सोही पदमा फर्किएका थिए ।

गालान्टले भने देशको रक्षा गर्नु आफ्नो कर्तव्य भएको प्रतिक्रिया दिएका छन् । ‘इजरायलको सुरक्षा सधैं मेरो जीवनको लक्ष्य हो र भविष्यमा पनि रक्षा गर्न तयार हुनेछु’ राजीनामापछिको पत्रकार सम्मेलनमा भावुक हुँदै उनले भने, ‘मलाई बर्खास्त गर्नुको कारण असोज ७ को हमलामा अपहरणमा परेका जनताको रिहाइ र युद्धको छानबिन आयोग गठनको माग थियो ।’

उनले आगामी वर्षहरूमा इजरायलले धेरै कठिनाइहरूको सामना गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले विभिन्न उम्मेदवारको अन्तर्वार्ता लिएपछि आफ्ना सैन्य सचिव मेजर जनरल रोमन गोफम्यानलाई इजरायलको गुप्तचर निकाय मोसादको निर्देशकमा नियुक्त गर्ने निर्णय गरेका छन्। मेजर जनरल गोफम्यानले वर्तमान मोसाद प्रमुख डेभिड बार्नियाको स्थानमा उनलाई नियुक्त गरेका हुन्। उनको पाँच वर्षे कार्यकाल जुन २०२६ मा सिकने छ। प्रधानमन्त्री नेतान्याहूले वरिष्ठ अधिकारीहरूको नियुक्ति सम्बन्धी सल्लाहकार समितिलाई मेजर ...
: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदैछन् । उनी प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा भारत आउन लागेका हुन्। दुई नेताहरूबीच विश्वव्यापी मुद्दाहरूमा छलफल हुने जनाइएको छ। राष्ट्रपति पुटिन २३ औं भारत-रूस वार्षिक शिखर सम्मेलनमा भाग हुने कार्यक्रम छ। भ्रमणका क्रममा राष्ट्रपति पुटिनले प्रधानमन्त्री नरेन्द्र मोदी र राष्ट्रपति द्रौपदी मुर्मुसँग पनि भेटघाट गर्ने कार्यसूची तय भएको छ। ...
भारतको मणिपुरमा हतियार र विस्फोटक पदार्थसहित ११ जना पक्राउ
: रुसी राष्ट्रपतिका प्रेस सचिव दिमित्री पेस्कोभले अमेरिकी राजदूत स्टीव विटकफसँगको वार्ताका क्रममा राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी शान्ति योजनालाई अस्वीकार गरेको भन्नु सही नहुने बताएका छन्। मंगलबार अमेरिकी विशेष दूत स्टिभ विटकफ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ज्वाइँ जारेड कुशनरले रुस-युक्रेन युद्ध अन्त्य गर्नेबारे छलफल गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। 'हिजो पहिलो पटक विचार ...
: गत साता इन्डोनेसियामा आएको बाढीका कारण मृत्यु हुनेको संख्या ५ सय २ भन्दा बढी पुगेको छ । उद्धारकर्मीहरू अझै पनि प्रभावित क्षेत्रहरूमा पुग्न संघर्ष गरिरहेका छन् । मलाक्का स्ट्रेटमा बनेको दुर्लभ चक्रवातका कारण आएको बाढीले तीन प्रान्त प्रभावित भएको छ । सरकारको विपद् एजेन्सीका अनुसार बाढीले करिब १४ लाख मानिसलाई असर गरेको छ । बाढीमा अझै ५ सय जना ...