मुख्य समाचार
अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत
अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत

— अमेरिकाको माथिल्लो सदन सिनेटमा रिपब्लिकन पार्टीले बहुमत ल्याउने निश्चित भएको छ । १ सय सिटको सिनेटमा रिपब्लिकन पार्टीले कम्तीमा ५१ सिट जित्ने निश्चित भएको सीएनएनले प्रक्षेपण गरेको छ ।



ओहायो र वेस्ट भर्जिनिया राज्यमा रिपब्लिकन पार्टीका उम्मेदवारहरूले डेमोक्रेटिक पार्टीका वर्तमान सिनेटरलाई पराजित गरेको हो । योसँगै डेमोक्रेटिक पार्टीले २०२१ यता सिनेटमा बहुमत गुमाएको छ ।


राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित हुने लगभग निश्चित भइसकेको छ । उनी विजयी भएसँगै उपराष्ट्रपतिमा प्रतिस्पर्धा गरेका जेडी भान्स स्वतः निर्वाचित हुनेछन् ।

अमेरिकामा सिनेटको अध्यक्ष उपराष्ट्रपति हुन्छन् । उनले सिनेटका सत्रहरूको अध्यक्षता गर्नुका साथै निर्णायक मत दिन्छन् । सिनेटले विधयेक पारित गर्नुका अलावा राष्ट्रपतिद्वारा नियुक्त मन्त्रिपरिषद् सदस्यहरू, सर्वोच्च अदालत र अन्य संघीय न्यायाधीशहरू र राजदूतहरूको नियुक्ति पारित गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सन् २०२४ सकिए लगत्तै अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरुले नयाँ वर्ष सन् २०२५ को उत्सव मनाउन सुरु गरेका छन् । एक्सपिडिसन ७२ का अन्तरीक्षयात्रीहरुले पृथ्वीको परिक्रमा गर्दै एक दिनमै १६ पटक नयाँ वर्ष मनाउनेछन् । स्पेस स्टेशनमा रहेका अन्तरीक्षयात्रीहरु पृथ्वीभन्दा करीब ४ सय किलोमिटरको उचाइँमा नयाँ वर्ष सन् २०२५ मा प्रवेश गर्दैगर्दा १६ पटक सूर्योदय ...
। दक्षिण कोरियाली सरकारले बुधबार दुर्घटना भएको जेजु एयर विमानको फ्लाइट डाटा रेकर्डर थप विश्लेषणका लागि संयुक्त राज्य अमेरिकामा पठाउने घोषणा गरेको योन्हाप समाचार एजेन्सीले जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयले फ्लाइट रेकर्डर स्थानान्तरण गर्ने समयसीमा अमेरिकी राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटिएसबी) सँगको समन्वयमा निर्धारण गरिने बताएको छ । मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयर बी ...
— लामो समयदेखि राजनीतिक स्थायित्वका लागि परिचित देश हो जर्मनी । सन् २००५ अघि जर्मनीको सत्ता प्राय: सोसियल डेमोक्रेटिक पार्टी (एसपीडी) र क्रिस्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले नै आलोपालो चलाउने गरेका थिए । तर दुई दशकअघि सीडीयू नेता एन्जेला मर्केल चान्सलर बनेसँगै उनले जर्मनीमा १६ वर्ष एकछत्र शासन गरिन् । सन् २०२१ पछि भने जर्मनीको चान्सलरको ...
— विभिन्न उतारचढावबीच सन् २०२४ बिदा हुने तरखरमा छ । यस वर्ष नयाँ नेतृत्व चयनका लागि विश्वका ७० भन्दा देशमा चुनाव भयो । तीमध्ये कतिपय देशमा अप्रत्यासित चुनावी नतिजा आयो । त्यसका साथै विगतमा जस्तै यस वर्ष पनि शक्तिराष्ट्रहरूमा भएका राजनीतिक, आर्थिक लगायतका घटनाक्रमले संसारको ध्यान खिचे । खासगरी रुस–युक्रेन र पश्चिम एसियामा जारी युद्ध वर्षभर ...
सन् २०२५ को विश्वका विभिन्न देशमा भव्य तरिकाले स्वागत गरिएको छ। पश्चिमी युरोपेली देश बेलायत, फ्रान्स र जर्मनीमा नयाँ वर्ष मनाउने क्रम जारी छ। बेलायतका धेरै सहरमा पानी परेको भए पनि मानिसको उत्साहमा कमी आएको छैन । यसैबीच युद्धको चपेटामा परेका रुस र युक्रेनले पनि नयाँ वर्षलाई भव्य रुपमा नै स्वागत गरेका छन् । युएईको ...