मुख्य समाचार
डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताए
डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताए

— अमेरिकाको ४७ औं राष्ट्रपति हुने निश्चित भएसँगै रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अमेरिकी जनताको सानदार जित भएको बताएका छन् । फ्लोरिडा राज्यको पाल्म बिचमा समर्थकहरूलाई सम्बोधन गर्दै उनले ‘आफ्नो आगामी कार्यकाल अमेरिकाका लागि ‘स्वर्ण युग’ हुने दाबी गरे ।

‘यो अमेरिकी जनताको एक शानदार विजय हो, जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन अनुमति दिनेछ,’ उनले भनेका छन् ।


आफू राष्ट्रपति पदमा विजयी मात्र नभएको अमेरिकाको लोकप्रिय मत पनि जितेको बताए । आफूले आधिकारिक रूपमा आवश्यक इलेक्टोरल कलेज भोटहरू प्राप्त नगरेको भएपनि त्यो प्राविधिक विषय भएको उनको भनाइ छ ।

विभिन्न राज्यमा आफ्नो पक्षमा मतपरिणाम आउने क्रम जारी रहेको र आफूले कम्तीमा ३१५ इलेक्टोरल मत ल्याउने ट्रम्पको भनाइ छ । A 'fair victory' for the American people: Trump

‘हामीले सिनेटमा पनि नियन्त्रण कायम गरेका छौं । यो निकै महत्वपूर्ण र महान् छ,’ उनले भनेका छन् ।

सम्बोधनका क्रममा उनले आफ्नी पत्नी मेलानिया ट्रम्पलाई पनि स्टेजमा बोलाएर ‘पहिलो महिला’ भन्दै धन्यवाद दिएका छन् । स्टेजमा उनले मेलानियलाई अंकमाल गरेका थिए ।

ट्रम्पले सम्बोधन गरिरहेका बेला समर्थकहरूले भने ‘अमेरिका, अमेरिका’ भन्दै हुटिङ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले श्रीलंकालाई झन्डै २० करोड ६० लाख अमेरिकी डलर आपत्कालीन सहयोग उपलब्ध गराउने भएको छ । शुक्रबार बसेको आईएमएफको कार्यकारी बोर्ड बैठकले विनाशकारी चक्रवात 'दितवा' बाट उत्पन्न समस्या तथा कठिनाइ समाधान गर्न यो सहयोग गर्ने निर्णय गरेको हो । नोभेम्बर १७ मा आएको दितवा चक्रवातले श्रीलंकामा ठूलो जनधनको क्षति गराएको छ । ...
— श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले खानेपानी मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्ने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा खानेपानी मन्त्रालयको कार्यभार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् । खानेपानी मन्त्रालयको जिम्मेवारी यसअघि प्रधानमन्त्रीले नै सम्हाल्दै आएकी थिइन् । मंसिर २६ गते भण्डारीले ...
— संघीय अनुसन्धान एजेन्सी (एफआईए)को विशेष अदालतले शनिबार पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ । अदालतको आदेशको प्रतिलिपिबाट उद्धृत गर्दै डनले रिपोर्ट गरेअनुसार दुवैलाई एक करोड ६४ लाख रुपैयाँ जरिवाना गरिएको छ, कानुन अनुसार, जरिवाना तिर्न असफल भएमा थप जेल सजाय ...
: ताइवानको राजधानी ताइपेईमा भएको चक्कु आक्रमणबाट तीन जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्। एक व्यक्तिले चक्कु र धुवाँयुक्त ग्रेनेडले आक्रमण गर्दा कम्तीमा तीन जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। घटनामा २७ वर्षीय चाङ वेनले ‘स्मोक बम’ प्रज्वलन गर्दै भीडभाड भएको क्षेत्रमा मानिसमाथि आक्रमण गरेका थिए। ताइवानका प्रधानमन्त्री चो ...
: अमेरिकामा आप्रवासनको प्रमुख आधार डाइभरसिटी भिसा (लोटरी) कार्यक्रम अन्ततः स्थगित गरिएको छ। अमेरिकामा स्थायी बसोबासका लागि डाइभरसिटी भिसामार्फत प्रत्येक वर्ष ठूलो संख्यामा आप्रवासन हुने गरेको थियो। नेपालबाट पनि डाइभरसिटी भिसा लोटरीमार्फत अमेरिका आएकाको संख्या अत्यधिक रहेको छ। यो लोटरी कार्यक्रममार्फत सपरिवार ग्रिनकार्डसहित अमेरिका आउन सकिन्थ्यो। डाइभरसिटी भिसा कार्यक्रमको विपक्षमा रहँदै आएका अमेरिकी राष्ट्रपति डोनाल्ड जे ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम