मुख्य समाचार
अमेरिकको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड
अमेरिकको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड

। अमेरिकको ४७औं राष्ट्रपतिमा डोनल्ड ट्रम्प निर्वाचित भएसँगै बिटक्वाइनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

बुधबार कारोबार क्रममा बिटक्वाइनको भाउ ७४ हजार ७ सय ८६ अमेरिकी डलरसम्म पुग्यो । साँझ साढे ५ बजे यो ७४ हजार २ सय १० डलर हाराहारीमा कारोबार भएको छ । बुधबार एकै दिन बिटक्वाइनको मूल्य ७ प्रतिशत बढेको हो ।




अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित हुने निश्चित भएपछि बिटक्वाइनको मूल्यमा उच्च वृद्धि देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि ट्रम्पले अमेरिकालाई ‘बिटक्वाइन र क्रिप्टोकरेन्सीको राजधानी बनाउने’ र टेक (प्रविधि) अर्बपति इलन मस्कलाई सरकारी फोहोरको व्यापक अडिटको जिम्मा दिने वाचा गरेका छन् ।




यही कारण बिटक्वाइनको मूल्यले रेकर्ड बनाएको विश्लेषण गरिएको छ । टेक अर्बपति मस्कले ट्रम्पको साथ लिएर क्रिप्टोलाई बढावा दिने अनुमान छ ।

यसअघि ट्रम्प र रिपब्लिकन पार्टीले क्रिप्टोकरेन्सीलाई पूर्णरूपमा समर्थन गरेका थिए । यसले उच्च लगानी तथा आर्थिक सहयोग समेत जुटेको थियो ।

बिटक्वाइन मात्रै नभई अन्य क्रिप्टोकरेन्सीको पनि मूल्य बढेको छ । दोस्रो ठूलो क्रिप्टो इथरियमको मूल्य करिब ७ प्रतिशतले बढ्यो भने तेस्रो ठूलो क्रिप्टो सोलाना करिब १५ प्रतिशत बढ्यो ।

अर्थशास्त्री तथा एशो क्यापिटलका संस्थापक पिटर एशोले भने, ‘बजारहरू पछि के हुन्छ बिश्लेषकहरूले पत्ता लगाउने कोसिस गरिरहेका छन् तर केही समयका लागि, बजारले उच्च मूल्य वृद्धि निर्धारण गरिरहेको छ ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। इजरायलले फेब्रुअरीदेखि प्राथमिक विद्यालयहरूमा बच्चाहरूलाई मोबाइल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ। शिक्षा मन्त्रालयको वेबसाइटमा शुक्रबार जारी सूचनामा प्रतिबन्ध लगाउने निर्णय सार्वजनिक गरिएको हो । प्रतिबन्धले इजरायली शैक्षिक प्रतिष्ठानहरूमा बच्चाहरूलाई उनीहरूको फोनको पहुँचबाट रोक्ने विश्वास गरिएको छ। शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सन् २०२६ फेब्रुअरी २ देखि प्राथमिक विद्यालयमा नयाँ नीति लागू हुनेछ, ...
। वाल्ट डिज्नीले ओपनएआईमा १ अर्ब डलर लगानी गर्ने भएको छ । साथै, उक्त स्टार्टअपको सोरा एआई भिडियो जेनेरेटरलाई स्टार वार्स, पिक्सार र मार्वल फ्रान्चाइजीका पात्रहरू प्रयोग गर्न अनुमति दिने भएको छ । यो सम्झौताले हलिउडको कन्टेन्ट क्रिएसन गर्ने तरिकालाई नयाँ आकार दिन सक्ने अनुमान गरिएको छ । बिहीबार घोषणा गरिएको यो ३ वर्षे साझेदारी हलिउडको जेनेरेटिभ ...
। अभिनेता राजेश हमालले कुनै पनि पेशामा आफ्नो उच्चतम परिचय बनाउनु आवश्यक रहेको बताएका छन् । इमान्दारिताको साथ काम गर्दा मात्र त्यो कुरा सम्भव हुने उनले औंल्याए । किताब यात्रा फाउण्डेशनद्वारा नेपाल पुलिस क्लबमा आयोजित किताब जात्राको दोस्रो दिन शुक्रबार ‘जिन्दगी र विज्ञापन’ सत्रमा उनले व्यक्तिगत परिचयलाई प्राथमिकता दिने नभइ कर्मलाई प्राथमिकता दिने व्यक्ति आवश्यक रहेको ...
: कम्बोडियासँग सीमा क्षेत्रमा एक सातादेखि जारी झडपपछि थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चर्नविराकुलले संसद विघटन गरेका छन्। संसद विघटनसँगै देशमा ४५ देखि ६० दिनभित्र आम निर्वाचन हुने भएको छ। शुक्रबार जारी गरिएको विज्ञप्तिमा प्रधानमन्त्री चर्नविराकुले आफू नेतृत्वको अल्पसंख्यक सरकारले तीन महिनाअघि सत्ता सम्हालेदेखि नै गम्भीर चुनौतीहरू सामना गर्नुपरेको उल्लेख गरेका छन्। विशेषगरी सीमा क्षेत्रमा भएका घातक ...
। अष्ट्रियामा विद्यालयमा छात्राहरुले हिजाब लगाउन नपाउने कडा कानून पारित भएको छ । सरकारी तथा निजी दुवै प्रकारका विद्यालयमा हिजाब प्रतिबन्ध गर्ने गरी कडा कानून पारित गरिएको हो । अष्ट्रियामा अहिले दक्षिणपन्थी पार्टीको नेतृत्वमा गठबन्धन सरकार छ । तीन मध्यमार्गी दलहरू समेत सहभागी छन् । सरकारले यो कानुनलाई ‘लैङ्गिक समानताप्रति स्पष्ट प्रतिबद्धता‘ भएको दाबी गरेको छ । ...