मुख्य समाचार
आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित
आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित

। युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएको छ ।

हाकान चालहानोग्लुको विवादास्पद पेनाल्टी गोलमा इन्टरले आर्सनललाई च्याम्पियन्स लिगमा यस सिजन पहिलो हार चखायो ।

पहिलो हाफको इन्जुरी टाइममा इन्टरका मेहदी तारेमीले हानेको बल आर्सनलमा मिकेल मेरिनोको पाखुरामा लागेपछि रेफ्रीले इन्टरलाई पेनाल्टी दिएका थिए ।

आर्सनलका खेलाडीले यसमा प्रतिवाद गरेपछि भिएआरको सहयोगमा रेफ्री पेनाल्टी दिने निर्णयलाई कायम राखे । जसमा हाकनले सहजै गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा आर्सनलसामु बराबरी गोल गर्ने अवसर थियो । आर्सनलले दबाब बनाएपनि गोल गर्न सकेन । आर्सनलका गाब्रीएलको प्रहार यन्टर डम्फ्राइसले क्लियर गरेका थिए । यस्तै काऐ हाभार्टको सट इन्टरका गोलकिपर यान सोमेरले बाएका थिए ।

च्याम्पियन्स लिगमा पहिलो हारपछि ४ खेलबाट ७ अंक रहेको आर्सनल १२औं स्थानमा छ ।

तेस्रो जित निकालेको इन्टर ४ खेलबाट १० अंकसहित पाँचौ स्थानमा उक्लेको छ । स्पोर्टिङ, मोनाको र ब्रेस्ट समान अंक भएपनि इन्टर गोल अन्तरमा पछि छ ।

यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले पेरिस सेन्ट जर्मेन पीएसजीमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

घरेलु मैदानमा वारेन जैरे एमेरीले १४औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर, अग्रता धेर समय टिकेन । १८औं मिनेटमा नाहुएल मोलिनाले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । एन्जल कोरेले खेलको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

जितपछि एट्लेटिको ४ खेलबाट ६ अंक जोडेर २३औं स्थानमा छ । समान खेलबाट ४ अंकसहित पीएसजी २५औं स्थानमा छ ।

अर्को फ्रेन्च क्लब ब्रेस्टले भने यस सिजन उत्कृष्ट प्रदर्शन कायम राख्दै तेस्रो जित हात पारेको छ । ब्रेस्टले स्पार्टा प्रागलाई २-१ ले हरायो ।

यसअघि ब्रेस्टले स्ट्रम ग्रास र रेडबुल साल्जवर्गलाई पराजित गरेको थियो भने बायर लेभरकुजनसँग बराबरी खेलेको थियो । ४ खेलबाट ९ अंक जोडेर ब्रेस्ट चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित