मुख्य समाचार
आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित
आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित

। युरोपियन च्याम्पियन्स लिगमा इंग्लिस क्लब आर्सनल इटालियन क्लब इन्टर मिलानसँग १-० ले पराजित भएको छ ।

हाकान चालहानोग्लुको विवादास्पद पेनाल्टी गोलमा इन्टरले आर्सनललाई च्याम्पियन्स लिगमा यस सिजन पहिलो हार चखायो ।

पहिलो हाफको इन्जुरी टाइममा इन्टरका मेहदी तारेमीले हानेको बल आर्सनलमा मिकेल मेरिनोको पाखुरामा लागेपछि रेफ्रीले इन्टरलाई पेनाल्टी दिएका थिए ।

आर्सनलका खेलाडीले यसमा प्रतिवाद गरेपछि भिएआरको सहयोगमा रेफ्री पेनाल्टी दिने निर्णयलाई कायम राखे । जसमा हाकनले सहजै गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा आर्सनलसामु बराबरी गोल गर्ने अवसर थियो । आर्सनलले दबाब बनाएपनि गोल गर्न सकेन । आर्सनलका गाब्रीएलको प्रहार यन्टर डम्फ्राइसले क्लियर गरेका थिए । यस्तै काऐ हाभार्टको सट इन्टरका गोलकिपर यान सोमेरले बाएका थिए ।

च्याम्पियन्स लिगमा पहिलो हारपछि ४ खेलबाट ७ अंक रहेको आर्सनल १२औं स्थानमा छ ।

तेस्रो जित निकालेको इन्टर ४ खेलबाट १० अंकसहित पाँचौ स्थानमा उक्लेको छ । स्पोर्टिङ, मोनाको र ब्रेस्ट समान अंक भएपनि इन्टर गोल अन्तरमा पछि छ ।

यस्तै अर्को खेलमा एट्लेटिको मड्रिडले पेरिस सेन्ट जर्मेन पीएसजीमाथि २-१ को पुनरागमन जित हात पारेको छ ।

घरेलु मैदानमा वारेन जैरे एमेरीले १४औं मिनेटमा गोल गर्दै पीएसजीलाई पहिले अग्रता दिलाएका थिए । तर, अग्रता धेर समय टिकेन । १८औं मिनेटमा नाहुएल मोलिनाले एट्लेटिकोका लागि बराबरी गोल फर्काए । एन्जल कोरेले खेलको इन्जुरी टाइमको तेस्रो मिनेटमा गोल गर्दै एट्लेटिकोलाई जित दिलाए ।

जितपछि एट्लेटिको ४ खेलबाट ६ अंक जोडेर २३औं स्थानमा छ । समान खेलबाट ४ अंकसहित पीएसजी २५औं स्थानमा छ ।

अर्को फ्रेन्च क्लब ब्रेस्टले भने यस सिजन उत्कृष्ट प्रदर्शन कायम राख्दै तेस्रो जित हात पारेको छ । ब्रेस्टले स्पार्टा प्रागलाई २-१ ले हरायो ।

यसअघि ब्रेस्टले स्ट्रम ग्रास र रेडबुल साल्जवर्गलाई पराजित गरेको थियो भने बायर लेभरकुजनसँग बराबरी खेलेको थियो । ४ खेलबाट ९ अंक जोडेर ब्रेस्ट चौथो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ । आफ्नो चौथो खेलमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हराएको हो । नेपालले दिएको १८१ रनको लक्ष्य पछ्याएको होबार्ट १६.१ ओभरमा ११४ रनमा अलआउट भयो । नेपालको जितमा नन्दन यादवले ३ ओभर बलिङ गर्दै १७ रन दिएर ५ विकेट लिए । त्यस्तै ...
। नेपाली गोलकिपर प्रशिक्षक मनिष तिम्सिना अफगानिस्तान राष्ट्रिय फुटबल टिमको गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । उनले सामाजिक सञ्चालमार्फत यसको जानकारी दिँदै खुशी व्यक्त गरेका छन् । विदेशी टिममा गोलकिपिङ प्रशिक्षक बन्ने उनी पहिलो नेपाली गोलकिपर प्रशिक्षक हुन् । अफगानिस्तान फुटबल टोलीको मुख्य प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्व प्रशिक्षक भिसेन्जो एनेस छन् । अफगानिस्तानले काफा नेसनल कपका लागि ...
। अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो चौथो खेलमा नेपालले मंगलबार होबार्ट हरिकेन्ससँग खेल्दै छ । डार्विनको पार्मर्स्टनस्थित काजालिस एरेनामा हुने खेल विहान नेपाली समयअनुसार सवा ११ बजे सुरु हुनेछ । नेपाली टोलीको कप्तानमा रोहित पौडेल छन् भने हरिकेन्सको कप्तानमा बिग ब्यासका अनुभवी खेलाडी म्याकालिस्टर राइट छन् । नेपाल हालसम्म खेलेका तीनवटै खेलमा पराजित ...
: टप एण्ड टी-२० सिरिजमा नेपाल मेलवर्न स्टार्ससँग ३१ रनले पराजित भएको छ । नदर्न टेरिटोरीमा भएको खेलमा नेपालको यो तेस्रो हार हो। मेलवर्न स्टार्सले दिएको १७६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४४ रन बनाएको हो। नेपालका लागि ओपनर ब्याटर आसिफ शेखले सर्वाधिक ५३ रन बनाए। उनले ४९ बलमा ...
— नयाँ फरवार्डहरू लिन ठूलो खर्च गरे पनि म्यानचेस्टर युनाइटेड आइतबार इंग्लिस प्रिमियर लिगको आफ्नो पहिलो खेलमा आर्सनलसँग १–० ले पराजित भयो । यसले आर्सनलको उपाधि दाबेदारीलाई पनि प्रस्तुत गरेको छ । ओल्ड ट्राफोर्डमा रिकार्डो कालाफिओरीले खेलको एक मात्र गोल गरे । युनाइटेडका निमित्त गोलरक्षक एल्टे बायिन्दिरले गरेको गल्तीमा इटालियन रक्षकको फाइदा उठाउँदै गोल गरेका थिए । पछिल्ला तीन ...