मुख्य समाचार
बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा वेनफिकालाई १-० ले पराजित
बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा वेनफिकालाई १-० ले पराजित

। जमाल मुसिएलाले गरेको एक मात्र गोलमा बायर्न म्युनिखले युरोपियन च्याम्पियन्स लिगमा वेनफिकालाई १-० ले पराजित गरेको छ ।

यस सिजन च्याम्पियन्स लिगमा जर्मन क्लब बायर्नको यो दोस्रो जित हो ।

बायर्नलाई उसैको घरेलु मैदानम एलिएन्ज एरेनामा पहिलो हाफमा पोर्चुगिज क्लब वेनफिकाले गोलरहित बराबरीमा रोकेको थियो । तर, ६७औं मिनेटमा ह्यारी केनको पासमा मुसिएलाले गोल गर्दै बार्यनलाई अग्रता दिलाए ।

त्यसपछि दुवै तर्फबाट थप गोल नहुँदा त्यही गोल निर्णायक बन्यो ।

सिजनको दोस्रो जितपछि ४ खेलबाट ६ अंक जोडेर बायर्न १७औं स्थानमा उक्लेको छ । दोस्रो हार व्यहोरेको वेनफिकाको समान खेलबाट ६ अंकसहित १९औं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसको भातृ संगठन नेपाल लोकतान्त्रिक खेलकुद संघले योगदान दिएका नेताहरूको नाममा विभिन्न शहरमा खेलकुद प्रतियोगिताहरू गर्ने भएको छ । बिहीबार पत्रकार सम्मेलन गर्दै पहिलो चरणमा ३७ स्वर्गीय नेताहरूको नाममा विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिइएको हो । वीपी कोइराला, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराईलगायतका ३७ जना नेताहरूको नाममा फुटबललगायतका विभिन्न प्रतियोगिताको आयोजना गरिने ...
। नेपालमा आगामी फेब्रुअरीमा चार राष्ट्र सम्मिलित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता हुने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले बुधबार प्रतियोगिताबारे जानकारी गराएको हो । नेपालको आयोजनामा फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने प्रतियोगितामा किर्गिस्तान, लेबनान र म्यानमारको महिला फुटबल टोलीका बीचमा प्रतिस्पर्धा हुनेछ । फिफाको अन्तर्राष्ट्रिय विन्डोका बेला उक्त प्रतियोगिताको आयोजना हुन लागेको ...
। नेपाली कांग्रेसले आगामी माघमा सर्वाधिक पुरस्कार राशीको सभापति कप फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ, महाधिवेशन निर्देशन समितिको आयोजनामा उक्त प्रतियोगिता हुन लागेको हो । संघले बिहीबार सानेपास्थित केन्द्रिय कार्यलयमा पत्रकार सम्मेलन गर्दै सभापति कप फुटबल प्रतियोगिता २०८१ आयोजना हुने औपचारिक जानकारी दिएको हो । प्रतियोगिता माघ १० देखि १७ गतेसम्म ...
। इन्जिनियरिङ अध्ययन संस्थान ‘पुल्चोक गर्ल्स’ ले म्याराथन प्रतियोगिताको आयोजना गर्ने भएको छ । आगामी शनिबार हुने म्याराथनमा ५ सय बढी सहभागी हुने कार्यक्रम संयोजक सुजिता शर्माले बताइन् । ‘प्रतियोगितमा भाग लिनेका लागि १ सय शुल्क तोकिएको छ । यसबाट उठेको पैसा बालगृहलाई सहयोग गर्छौं,’ उनले भनिन् । म्याराथान पुल्चोक क्याम्पसबाट सुरु भएर ७ किलोमिटर दौडिएपछि पुल्चोकमै ...
: फेवातालमा सम्पन्न दोस्रो अन्तर्राष्ट्रिय ड्रागन बोट रेसको सबै विधामा चिनियाँ टोली च्याम्पियन बनेका छन् । दोस्रो नेपाल–चीन फ्रेन्डसिप ड्रागनबोट रेसअन्तर्गत दुई सय किलोमिटर ड्रागनबोट रेसमा चीनको टोङ वान लाओ यो क्लब ४७ सेकेन्डमा निधारित दूरी पूरा गर्दै प्रथम भएको छ । यस्तैगरी युन्नान मिन्चु युनिभर्सिटीले निर्धारित दूरी ४८ सेकेन्डमा पूरा गर्दै दोस्रो भएको छ भने लाइओ ...