मुख्य समाचार
बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित
बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित

। रोवर्ट लेवान्डोस्कीले आफ्नो लय कायम राख्दै दुई गोल गरेपछि बार्सिलोनाले युरोपियन च्याम्पियन्स लिगमा रेड स्टार बेलग्रेडलाई ५-२ ले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा बार्सिलोनाको यो लगातार तेस्रो हो । यस्तै बेलग्रेडविरुद्धको दुई गोलपछि च्याम्पियन्स लिगमा लेवान्डोस्कीको गोल संख्या ९९ पुगेको छ । अब उनलाई च्याम्पियन्स लिगमा एक सय गोल पूरा गर्न एक गोल आवश्यक छ । क्रिस्टियानो रोनाल्डो र लिओनल मेसीले मात्र च्याम्पियन्स लिगमा एक सय गोल पूरा गरेका छन् । ।

३६ वर्षीय लेवान्डवस्कीले यस सिजन सबै खाले प्रतियोगितामा गरेर १६ खेलमा १९ गोल गरेका छन् ।

बेलग्रेडको मैदानमा भएको खेलमा लेवान्डोस्कीले ४३औं र ५३औं मिनेटमा गोल गरेका थिए । त्यसअघि इनिगो मार्टिनेजले १३औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।


२७औं मिनेटमा मातोम्पा एमभुम्पाले बेलग्रेडका लागि बराबरी गोल फर्काएपछि लेवान्डोस्कीको लगागातार दुई गोलपछि बार्सिलोनाले ३-१ को अग्रता बनाएको थियो । त्यसपछि कप्तान राफिन्हाले ५५औं र फर्मिन लोपेजले ७६औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

लगातार तेस्रो जितपछि बार्सिलोना ४ खेलबाट ९ अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

पहिलो खेलमै मोनाकोसँग पराजित भएको बार्सिलोनाले त्यसयता योङ ब्वाइज र बायर्न म्युनिखलाई पनि हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। चेल्सी इंग्लिस एफए कप फुटबलको फाइनलमा पुगेको छ । आइतबार बेलुका सम्पन्न सेमिफाइनलमा लिड्स युनाइटेडलाई हराउँदै चेल्सी फाइनल पुगेको हो । वेम्ब्ली स्टेडियममा भएको खेलमा चेल्सीले लिड्सलाई १–० ले पराजित गर्‍यो । खेलको २३औं मिनेटमा एनजो फर्नान्डेजले गरेको गोल नै चेल्सीको जितमा निर्णायक बन्यो । अब चेल्सीले उपाधिका लागि म्यान्चेस्टर सिटीसँग प्रतिस्पर्धा गर्नेछ । सिटीले शनिबार राति ...
: नेपालले युएईलाई ८ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा ओपनर कुशल भुर्तेलले आक्रामक ब्याटिङ गरेपछि नेपालले विजय सुनिश्चित गरेको हो। युएईले दिएको १२९ रनको विजयी लक्ष्य नेपालले १५.५ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका लागि भुर्तेल ८४ रनमा अविजित रहे। ५७ बल खेलेका उनले १२ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कुशल ...
: अनिल कुमार शाहको कप्तानीमा ओमनसँग खेल्ने नेपालको ‘ए’ टिम घोषणा भएको छ। खेल अप्रिल २२ र २४ मा हुने छ। टिममा त्रितराज दास, देव खनाल, इसान पाण्डे, सन्दीप जोरा, कुशल मल्ल, सन्तोष यादव, रसिद खान, हेमन्त धामी, रिजन ढकाल, आकास चन्द, युवराज खत्री र शेर मल्ल रहेका छन्।
: नेपाल युएईसँग ६ विकेटले पराजित भएको छ। टियु क्रिकेट मैदानमा भएको टी-२० प्रतियोगितामा नेपाल ६ विकेटले पराजित भएको हो। टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा १२२ रन बनाएपछि खेल वर्षाले प्रभावित पारेको थियो। त्यसपछि १० ओभरमा युएईले ७८ रनको लक्ष्य पाएको थियो। युएईले ८.५ मा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो। युएईका लागि कप्तान मोहम्म ...
: संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने फिफा विश्वकप फुटबलका खेल भारतमा हेर्न नपाइने भएको छ। आगामी जुन ११ देखि जुलाई १९ सम्म आयोजना हुने विश्वकपको ब्रोडकास्टिङ खरिद गर्न कुनै पनि भारतीय कम्पनीले चासो नदेखाएपछि भारतीयले विश्वकपका खेल हेर्न नपाउने सम्भावना बढेको हो। विश्वकप फुटबलको ब्रोडकास्टिङ राइटको मूल्य महँगो भएको गुनासो बढेपछि ...