मुख्य समाचार
शाहरुखलाई पनि धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता
शाहरुखलाई पनि धम्की, पुलिस स्टेसनमा उजुरी दर्ता

। पछिल्लो समय बलिउड स्टारलाई एकपछि अर्को गरि ज्यान मार्ने धम्की आउन थालेको छ । अभिनेता सलमान खानले लगातार ग्याङस्टर लरेन्स बिस्नोइ र अज्ञात समूहबाट यस्ता धम्की खेपिरहेका छन् ।

भारतीय संचारमाध्यमका अनुसार, यस्तो धम्की अर्का स्टार शाहरुख खानलाई पनि आउन थालेको छ । फैजान खान नामका एक व्यक्तिले ज्यान मार्ने धम्की दिएको विवरणहरुमा जनाइएको छ । यसविरुद्ध महाराष्ट्रको बान्द्रा पुलिस स्टेशनमा एफआईआर दर्ता गरिएको उल्लेख छ ।




रायपुरका आरोपीले अभिनेतासँग ठूलो फिरौती मागेका छन् । मुम्बई प्रहरीको टोली अनुसन्धानका लागि रायपुर गएको स्रोतले जनाएको छ । धम्की दिएको आरोपमा बाईको बान्द्रा पुलिस स्टेशनमा एक अज्ञात व्यक्ति विरुद्ध धारा ३०८(४), ३५१ (३) र (४) अन्तर्गत आपराधिक मुद्दा दायर गरिएको छ ।

शाहरुख सधैं भूमिगत समूहको तारोमा छन् । यसअघि पनि उनलाई धेरै पटक ज्यान मार्ने धम्की आयो । गत अक्टोबरमा पनि पठान र जवान फिल्मको सफलतापछि उनलाई ज्यान मार्ने धम्की आएको थियो । अभिनेताले यस सम्बन्धमा महाराष्ट्र पुलिसमा लिखित उजुरी दिएका थिए । त्यसपछि उनलाई वाई प्लसको सुरक्षा दिइएको थियो ।




गत वर्ष चर्चित निर्देशक सञ्जय गुप्ताले सामाजिक सञ्जालमा ट्वीट गर्दै शाहरुखको तारिफ गरेका थिए । उनले भनेका थिए, ‘९० को दशकमा शाहरुख एक मात्र अभिनेता थिए जो अन्डरवर्ल्ड अघि झुकेनन् । उनले भने कि यदि तिमी शूट गर्न चाहन्छौ भने गोली मार, तर म तिम्रो लागि काम गर्दिन । म पठान हुँ । शाहरुख अहिले पनि उस्तै छन् ।’

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। ग्लोबल युट्युब स्टार मिस्टर बिस्ट (जिमी डोनाल्डसन)ले तीन बलिउड खान सुपरस्टारहरू शाहरुख, सलमान र आमिरलाई भेटेका छन् । उनले इन्स्टाग्राम स्टोरीमा यो फोटो पोस्ट गरेसँगै इन्टरनेटमा आँधी ल्याएको छ । बलिउडले पनि यो फोटोमाथि प्रतिक्रिया दिएको छ । मिस्टरबिस्टले इन्स्टाग्राम स्टोरीमा सेयर गरेको भाइरल तस्वीर अक्टोबर १६ मा साउदी अरेबियाको रियादमा भएको जोय फोरम २०२५ मा ...
। टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ । चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो । बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ ...
। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन २९ असोज (अक्टोबर १५) मा काठमाडौंमा आयोजना हुने भएको छ । धुम्बाराहीस्थित होटल स्मार्टमा आयोजना हुने महाधिवेशन समारोहमा सहभागी हुन विभिन्न मुलुकमा रहेका पदाधिकारी काठमाठौंमा पुगेका छन् । नेपालमा देखिएको असहज परिस्थिति र अन्य कारणले गर्दा अधिवेशनसँगै आयोजना गर्ने भनिएको सांस्कृतिक तथा सम्मान कार्यक्रम यसअघि नै स्थगित ...
। ऋषभ सेट्ठी स्टारर कन्नाडा फिल्म ‘कान्तारा च्याप्टर १’ले भारतीय बक्सअफिसमा उछाल ल्याएको छ । यो फिल्मले भारतीय बक्सअफिसमा केही कीर्तिमान रचेको जनाइएको छ । फिल्मले प्रदर्शनको पहिलो साता विश्वब्यापी ४०० करोड भारु कमाइ गरेको एनडीटीभीले जनाएको छ । फिल्मले पहिलो साता भारतमा मात्र ३७९ करोड भारु (४२ मिलियन अमेरिकी डलर र विदेशबाट ८ मिलियन डलर ...
: ६० करोड ठगीको आरोप लागेकी बलिउड अभिनेत्री शिल्पा शेट्टीसँग घन्टौं बयान लिइएको छ। मुम्बई प्रहरीको आर्थिक अपराध शाखाले शिल्पासँग करिब पाँच घण्टा बयान लिएको भारतीय मिडियाले समाचार प्रकाशित गरेका छन्। बयान उनकै घरमा लिएको प्रहरीले जनाएको छ। शिल्पाका पति तथा व्यवसायी राज कुन्द्रलाई पनि सोही मुद्दामा आरोपित बनाइएको छ। उनको पनि दुईपटक बयान ...