। नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को प्रिमियर समारोहमा सहभागि हुन भारतीय अभिनेतात्रय प्रदीप रावत, ब्रम्हानन्दम र अली काठमाडौं आउने भएका छन् । फिल्मको प्रिमियर २९ कात्तिकमा तय छ ।
३० कात्तिकदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आउन लागेको यो फिल्ममा यी तीनैजना भारतीय कलाकारले अभिनय गरेका छन् । निर्देशक चन्द्र पन्त र निर्मात्री नीता ढुंगानाले तीनैजना कलाकार नेपाल आउने बताए ।
‘गजनी’ फेम्ड रावत २७ कात्तिकमा काठमाडौं उत्रनेछन् । ‘अहिलेसम्म तीनैजना आउने निश्चित छ । प्रिमियर भएको खण्डमा ब्रम्हानन्दम पनि आउनुहुनेछ’ निर्देशक पन्तले भने, ‘उहाँहरु नेपाल आउन उत्साहित हुनुहुन्छ ।’
निर्माता कम्पनी नीता ढुंगाना फिल्म्सले मंगलबार ट्रेलर सार्वजनिक गर्दै कथावस्तु र चरित्र चित्रणबारे प्रकाश पारिसकेको छ । जहाँ यी भारतीय कलाकारलाई समेत फिचर्ड गरिएको छ ।