मुख्य समाचार
सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा
सबै विदेशी श्रमिकलाई सञ्चय कोष सुविधा दिने मलेसियाको घोषणा

। मलेसिया सरकारले सबै विदेशी कामदारलाई कर्मचारी सञ्चय कोष (इपीएफ) मा योगदान अनिवार्य गर्ने नीति बनाएको छ । यसका लागि चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रस्ताव मलेसियाले आफ्नो वार्षिक बजेटमै गरेको छ ।

सन् २०२५ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री दातुक सेरी अनवर इब्राहिमले यस्तो घोषणा गरेका थिए । उनले सबै आप्रवासी श्रमिकलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार उचित व्यवहार गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । ‘यस प्रस्तावलाई चरणबद्ध रूपमा कार्यान्वयन गरिने छ’, उनले आर्थिक वर्ष २०२५ को बजेट प्रस्तुत गर्दै भनेका थिए ।




मलेसिया सरकारको यो कदमले २० लाख विदेशी कामदारहरूलाई फाइदा पुग्ने अपेक्षा छ । जसमा झण्डै ५ लाख नेपाली श्रमिक रहेको अनुमान छ ।

विदेशी कामदारहरूलाई ईपीएफ योगदान अनिवार्य गर्ने योजनाको अधिकारवादीहरुले स्वागत गरेका छन् । उनीहरुले यो योजना सफल बनाउन बलियो अनुगमन आवश्यक रहेको बताएका छन् ।




अधिकारवादी संस्था तेनागानिताका कार्यकारी निर्देशक ग्लोरेन दासले सरकारले विदेशी कामदारको सामाजिक सुरक्षामा सुधारका लागि काम गरिरहेको कुरा उत्साहजनक रहेको बताउँदै वैदेशिक कामदारको पारिश्रमिकबाट कटौतीलाई आवश्यकता अनुसार पेन्सन कोषमा पठाउने सुनिश्चित गर्न बलियो अनुगमन प्रणाली लागू गर्नु पनि उत्तिकै महत्वपूर्ण रहेको बताए ।

‘हामीले सन् २००० को दशकमा नै योगदान रकम ढिलो गरी ईपीएफमा पठाइएका घटनाहरू देखेका छौं, जसले कामदारहरूको हितलाई कमजोर बनाएको छ’, दासले फ्रिमलेसिया टुडेसँग भनेका छन्, ‘त्यसैले, जवाफदेहिता सुनिश्चित गर्ने पारदर्शी संयन्त्रहरू स्थापना गर्नु महत्वपूर्ण छ ।’

योगदान प्रक्रियाको क्रममा मात्र नभई कामदारहरूले सेवा निवृत्त हुँदा वा मलेसियाबाट फर्किंदा आफ्नो वचत फिर्ता पाउने समयमा समेत समस्या पर्न सक्ने उनीहरुको भनाइ छ ।

अधिकारवादी संस्था तेनागानिताका कार्यकारी निर्देशक दासले प्रस्तावित नीतिले श्रम अधिकार सुधारमा मलेसिया सरकारले प्रतिवद्धता बलियो बनाउने र स्वदेशी तथा विदेशी कामदारबीचको सामाजिक सुरक्षाको खाडल घटाउने पनि बताए ।

हाल विदेशी कामदारहरूले स्वेच्छिक रूपमा ६० वर्षमुनिका लागि ११ प्रतिशत वा बाँकीका लागि ५.५ प्रतिशत दरमा ईपीएफमामा योगदान गर्न सक्छन् । दुवै योजना अन्तर्गत रोजगारदाताहरूले मात्र पाँच रिंगेट योगदान गर्छन् ।

अर्का अधिकारकर्मी नर्थ साउथ इनिसिएटिभका कार्यकारी निर्देशक एड्रियन परेराले सरकारको प्रस्तावलाई विदेशी कामदारहरूले आफ्नो योगदान रकम प्रत्येक महिना जम्मा भइरहेको छ कि छैन भनेर हेर्न सक्ने गरी ईपीएफ खाताहरूमा अनलाइन पहुँच दिनुपर्ने बताए । ‘भुक्तानी नगर्दा प्रणालीमा अलर्ट आउनुपर्छ, त्यसका लागि पर्याप्त सफ्टवेयर र प्रविधि छन्’, उनले भने ।

परेराले विदेशी कामदारहरूलाई वित्तीय साक्षरता र सेवानिवृत्ति योजनाको महत्वलाई अझ राम्ररी बुझाउन शैक्षिक र सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताए ।

मलेसियाले न्यूनतम पारिश्रमिक १ हजार ७०० रिंगेट पुर्‍याउने र विदेशी कामदारले ईपीएफमा योगदान गर्ने प्रस्ताव गरेपछि लघु तथा मझौला उद्योगी तथा व्यवसायी (एसएमईज)ले भने विरोध गरिरहेका छन् ।

प्लान्टेसन (वृक्षारोपण) क्षेत्रका व्यवसायीहरुले पनि सरकारको यस्तो निर्णयले आर्थिक भार थपिने भन्दै विरोध गरिरहेका छन् । मलेसियाको मन्त्रिपरिषदमा पनि यसबारे छलफल चलिरहेको छ ।

मलेसियाको एसएमईज एसोसिएसनले विदेशी कामदारहरूको लागि प्रस्तावित न्यूनतम पारिश्रमिक र ईपीएफ योगदान रकम एसएमईहरुले बहन गर्न नसक्नेभन्दा भन्दै चिन्ता व्यक्त गरेको छ । विशेषगरी धेरै साना व्यवसायहरु महामारीपछि अझै पुनर्उत्थान हुन नसकेकाले यस्तो अवस्था रहेको उनीहरुको तर्क छ ।

सरकारले अतिरिक्त सहयोग नगरे यस्ता नीतिहरू लागू भए एसएमई क्षेत्रको दिगोपन खतरामा पर्ने व्यवसायीले बताएका छन् ।

मलेसियाली सञ्चारमाध्यमहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप लगाएका छन् । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच मियामीमा तीन दिन चलेको वार्ता शनिबार सम्पन्न भएको थियो । वार्तापछि ट्रम्पले शान्ति प्रस्तावमा हस्ताक्षर गर्नका लागि जेलेन्स्की तयार रहेको बताए । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि लागि निकै मेहिनत गरेको भएपनि जेलेन्स्कीले यसमा ...
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...