मुख्य समाचार
वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे
वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे

— अमेरिकामा मंगलबार भएको राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पसँग पराजित उपराष्ट्रपति कमला ह्यारिसले हार स्वीकार गरेकी छन् । वासिङ्टनमा समर्थकलाई सम्बोधन गर्दै उनले शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



‘म यो निर्वाचन परिणामलाई स्वीकार गर्छु, तर निर्वाचनका क्रममा अभियानलाई प्रभावित पार्न गरिएको भड्किलो दुस्प्रचारलाई कहिल्यै स्वीकार गर्ने छैन,’ सम्बोधनका क्रममा उनले भनिन्, ‘मलाई थाहा छ, धेरै अमेरिकीहरूले हामी अँध्यारो समयमा प्रवेश गर्न लागेको महसुस गरेका छन् ।’


रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्प मंगलबार भएको चुनावबाट अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनले कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ९५ मत प्राप्त गरिसकेका छन् । डेमोक्रेटिक पार्टीकी उम्मेदवार ह्यारिसले २२६ इलेक्टोरल मत प्राप्त गरेकी छन् । अझै दुई राज्यको नतिजा सार्वजनिक हुन बाँकी छ ।

दुई उम्मेदवारबीच सातवटा ‘स्विङ स्टेट्स’मा निकै प्रतिस्पर्धा हुने ठानिएको थियो । पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा राज्यले समग्र चुनावी नतिजा निर्धारण गर्ने सर्वेक्षणहरूले देखाएका थिए । तर नतिजा भने ट्रम्पको पक्षमा आएको छ ।

ट्रम्पले परम्परागत ‘रेड स्टेट’ मा आफ्नो पकड अझ बलियो मात्र बनाएका छैनन्, डेमोक्रेटिक पार्टीको गढ मानिएका ‘ब्लु स्टेट’ मा पनि मत बढाएका छन् । डिसेम्बर १७ मा इलेक्टोरल कलेज बैठकले ट्रम्पलाई औपचारिक रूपमा राष्ट्रपतिमा निर्वाचित गरेपछि उनले आगामी जनवरी २० बाट उनले उनले राष्ट्रपतिको पदभार ग्रहण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...