मुख्य समाचार
चिनियाँ राष्ट्रपति सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाइ दिए
चिनियाँ राष्ट्रपति सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाइ दिए

: चिनियाँ राष्ट्रपति सी जिङपिङले डोनाल्ड ट्रम्पलाई बधाइ दिएका छन्। बुधबार अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि सीले ट्रम्पलाई दुई देशबीच सहकार्यका उपायहरू खोज्नुपर्ने बताएका हुन्।



'चीन र अमेरिकाबीचको सहयोगले फाइदा हुने र मुठभेडले हिंसा निम्त्याउने इतिहासले देखाएको छ। स्वस्थ र दिगो चीन-अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ। यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षा पनि हो,' सीले भनेका छन्।

उनले अमेरिकासँगको सम्बादलाई मजबुत बनाउन आफू तत्पर रहेको बताए। त्यसका लागि दुई देशबीचको मतभेदलाई उचित व्यवस्थापन गर्दै अगाडि बढ्ने उनको भनाइ छ। अन्तर्राष्ट्रिय समुदायको हित र फाइदाका लागि चीन र अमेरिकाले सही बाटो खोज्नुपर्ने उनले औंल्याएका छन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदमेर जेलेन्स्की शान्तिवार्ताका लागि इच्छुक नरहेको आरोप लगाएका छन् । अमेरिका र युक्रेनी प्रतिनिधिमण्डलबीच मियामीमा तीन दिन चलेको वार्ता शनिबार सम्पन्न भएको थियो । वार्तापछि ट्रम्पले शान्ति प्रस्तावमा हस्ताक्षर गर्नका लागि जेलेन्स्की तयार रहेको बताए । अमेरिकाले रुस–युक्रेन युद्ध अन्त्यका लागि लागि निकै मेहिनत गरेको भएपनि जेलेन्स्कीले यसमा ...
: थाइल्याण्ड र कम्बोडियाबीच फेरि तनाव बढ्दै गएको छ। दुई देशबीच झडप र हवाई हमलापछि हजारौँ थाइल्याण्ड–कम्बोडियाली सीमाबाट भागेका छन्। दुई देशबीच तनाव बढ्दै गएपछि मानिसहरू आफ्नो सुरक्षाबारेमा चिन्तित भएका छन्। यस्तै व्यवसाय अवरुद्ध भएका छन् भने विद्यालय र अस्पताल बन्द छन्। थाइल्याण्डको सी सा केट प्रान्तका एक बासिन्दाले बीबीसी थाईलाई भने,ʻयो साँच्चै ...
: थाई आर्मीले कम्बोडियासँगको झडपपछि हवाई आक्रमण सुरु गरेको बताएको छ। यी आक्रमण विवादित थाइल्याण्ड-कम्बोडिया सीमामा गरिँदैछन्। थाइल्याण्डले सोमबार बिहान कम्बोडियाबाट आफ्ना सेनामाथि गोलीबारी भएको र दुई सैनिकको मृत्यु भएको तथा अन्य चार जना घाइते भएको बताएको छ। तर त्यसको केही समयपछि थाई सेनाले मृतक र घाइते सैनिकको संख्या परिवर्तन गरेको थियो। थाई सेनाका प्रवक्ताले पत्रकार ...
: रुसले शनिबार रातभर युक्रेनमा हवाई आक्रमण गरेको छ। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न जारी वार्ताबारे टिप्पणी गरेको केही घण्टापछि यो आक्रमण भएको हो। फ्लोरिडामा तीन दिनको वार्तापछि डोनाल्ड ट्रम्पको वार्ता टोलीसँग फोन वार्ता धेरै रचनात्मक भएको उनले बताएका थिए। युक्रेनी औद्योगिक शहर क्रेमेनचुकका मेयरले शहरमा ठूलो मात्रामा आक्रमण भएको बताए। उनका अनुसार कुनै हताहतको ...
: अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यको सेन्ट्रलकोस्ट क्षेत्रमा अनियन्त्रित ढंगले फैलिएको डढेलोका कारण धेरै घरहरू खरानी भएका छन् । सिड्नी सहरबाट करिब ९० किलोमिटर उत्तरमा पर्ने कुलबोङस्थित निम्मबिन रोड आसपासका क्षेत्रमा शनिबार डढेलो तीव्र रूपमा फैलिएपछि आपतकालीन चेतावनी जारी गरिएको छ । पूर्वी र मध्य न्यू साउथ वेल्समा ७५ भन्दा धेरै ठाउँमा डढेलो फैलिएको थियो । जसमध्ये १९ ...