मुख्य समाचार
कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए
कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए

। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सनलायक रहेको बताएका छन् ।

क्यानडा र अमेरिकामा लिग टु सिरिज खेलेर बिहीबार बिहान स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए ।

‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ । विशेषगरी क्यानडामा राम्रो भएन’, पौडेलले भने, ‘अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्‍यौं । टुरलाई समग्रमा भन्दा हामीले मिसआउट गर्‍यौँ ।’

नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो । जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो ।


दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो । ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो ।

नेपाली टिमको कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले क्यानडामा नेपाली टिमले राम्रो नतिजा दिन नसकेको बताए । ‘खेलाडीले राम्रो खेलेका हुन् तर नतिजा आएन । नतिजा आउनका लागि बेटर भन्दा बेटर क्रिकेट खेल्नुपर्छ’, उनले भने ।



कप्तान पौडेलले पनि क्यानडामा ब्याटरको प्रदर्शन राम्रो हुन नसकेको बताए । ‘क्यानडाको विकेट नै एकदम चुनौतीपूर्ण थियो । अमेरिका गएपछि सबैले स्कोर गरिरहेका थिए । टी-२० र ओडीआई दुवैमा राम्रो स्कोर भएको थियो । तर क्यानडामा ब्याटिङ युनिटले राम्रो गर्न सकेनौँ त्यसमा चुक्यौँ’, उनले भने ।

नेपालले लिग टुको यो सिरिजअघि धेरै टी-२० खेल खेल्दा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा राम्रो प्रदर्शन गर्न नसकेको हो भन्ने प्रश्नमा कप्तान पौडेलले त्यसो भनेर छुट नपाइने बताए ।

‘यो वर्ष हामीले टी-२० फर्म्याटमा धेरै खेल्यौँ, त्यो भनेर एक्सक्युज लिनुभएन । त्यसको जिम्मा लिनुपर्छ’, रोहितले भने, ‘दुवै फरक फर्म्याट हो । ब्याटिङ युनिटको रुपमा त्यो कुरामा चुक्यौँ ।’

पौडेलले लिग टु को क्यानडा र अमेरिका सिरिजमा राम्रो गर्न नसक्दा आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए । ‘निश्चित रुपमा हामीलाई चुनौती थपिएको छ, सोचेजस्तो सुरुवात हुन सकेन । यो भन्दाअघिको लिग टु साइकलमा पनि हामीले अन्तिम सिरिजहरुमा राम्रो गरेका थियौँ’, उनले भने ।

कप्तान पौडेलले अब आउने खेलमा केन्द्रित हुने बताए । अब नेपाली ब्याटरले ५० ओभरको खेलमा बानी पार्नुपर्ने पनि उनले बताए । ‘ब्याटरले ५० ओभरमा एडप्ट गर्न सकेको छैन । ५० ओभरको खेल अझ बढी खेल्नुपर्‍यो । दुई दिवसीय खेल खेल्यो भने ५० ओभरमा राम्रो हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले हङकङसँग मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १२ गते मैत्रीपूर्ण खेल खेल्न लागेको हो । फिफाले मंगलबार सार्वजनिक गरेको फिफा विन्डो अन्तर्गत नेपाली महिला टोलीले १ सिरिज पाउँदा पुरुष टोलीले विन्डोमा खेल पाएको थिएन । त्यसैको भरपाइ स्वरुप नेपालले हङकङसँग मैत्रीपूर्ण खेल खेल्न ...
: एन्फा राष्ट्रिय लिग–२०८२ अन्तर्गत बुधबारको पहिलो खेलमा लालीगुराँस एशोसियसनले काँक्रेविहार युथ क्लबलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा लालीगुराँसले काँक्रेविहारलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । यो जितसँगै लालीगुराँस एशोसियसन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लालीगुराँसका लागि मुकुन्दकुमार निउरेले खेलको ३५ औं मिनेटमा गोल गर्दै लालीगुराँसको अग्रता ...
: आइसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत न्युजिल्यान्डसँग पराजित हुँदै सहआयोजक रहेको श्रीलंका उपाधि दौडबाट बाहिरिएको छ। सुपर ८ को समूह बी अन्तर्गतको खेलमा न्युजिल्यान्डसँग ६१ रनले पराजित हुँदै सहआयोजक श्रीलङ्का विश्वकप २०२६ बाट बाहिरिएको हो। यो श्रीलंकाको सुपर ८ मा लगातार दोस्रो हार हो। श्रीलङ्काको कोलम्बोस्थित आर (राना सिंह) प्रेमादासा स्टेडियममा टस हारेर ब्याटिङको निम्तो ...
— कप्तान ह्यारी ब्रुकको शतकप्रेरित इंग्ल्यान्डले मंगलबार ट्वान्टी–२० विश्वकप क्रिकेटको सुपर एटमा पाकिस्तानलाई २ विकेटले पराजित गरेको छ । ब्रुकले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा आफ्नो पहिलो शतक बनाएपछि इंग्ल्यान्डले १ सय ६५ रनको लक्ष्य ५ बलअघि पूरा गर्‍यो । इंग्ल्यान्ड सुपर एटमा लगातार दोस्रो खेलमा विजय हात पार्दै सेमिफाइनल पुगेको छ । इंग्ल्यान्डले पहिलो खेलमा श्रीलंकालाई ५१ रनले ...
आइसीसी टी २० विश्वकप २०२६ को सुपर ८ अन्तर्गतको खेलमा वेस्टर्न डिजले जिम्बाब्वेलाई फराकिलो अन्तरले पराजित