मुख्य समाचार
कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए
कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए

। नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत क्यानडा र अमेरिका भ्रमण बिर्सनलायक रहेको बताएका छन् ।

क्यानडा र अमेरिकामा लिग टु सिरिज खेलेर बिहीबार बिहान स्वदेश फर्किएपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा कप्तान रोहितले यस पटक ठूलो मौका गुमाएको र आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए ।

‘जुन उद्देश्य लिएर क्यानडा र अमेरिका गएका थियौँ, दुवैमा चुक्यौँ । विशेषगरी क्यानडामा राम्रो भएन’, पौडेलले भने, ‘अमेरिका जाँदा टिम सेपमा आउँदै थियो तर अमेरिकासँग दुई खेल हार्‍यौं । टुरलाई समग्रमा भन्दा हामीले मिसआउट गर्‍यौँ ।’

नेपालले लिग टु अन्तर्गत क्यानडा र अमेरिकामा गरी नेपालले सिरिजमा कुल ८ खेल खेलेको थियो । जसमध्ये अमेरिकामा स्कटल्याण्डलाई जित्यो भने अन्य ५ खेलमा पराजित भयो ।


दुई खेल वर्षाका कारण रद्द हुँदा नेपालले थप २ अंक पाएको थियो । ८ खेलबाट सम्भावित १६ अंकमध्ये नेपालले जम्मा ४ अंक मात्र जोड्न सक्यो ।

नेपाली टिमको कन्सलट्यान्ट प्रशिक्षक जगत टमाटाले क्यानडामा नेपाली टिमले राम्रो नतिजा दिन नसकेको बताए । ‘खेलाडीले राम्रो खेलेका हुन् तर नतिजा आएन । नतिजा आउनका लागि बेटर भन्दा बेटर क्रिकेट खेल्नुपर्छ’, उनले भने ।



कप्तान पौडेलले पनि क्यानडामा ब्याटरको प्रदर्शन राम्रो हुन नसकेको बताए । ‘क्यानडाको विकेट नै एकदम चुनौतीपूर्ण थियो । अमेरिका गएपछि सबैले स्कोर गरिरहेका थिए । टी-२० र ओडीआई दुवैमा राम्रो स्कोर भएको थियो । तर क्यानडामा ब्याटिङ युनिटले राम्रो गर्न सकेनौँ त्यसमा चुक्यौँ’, उनले भने ।

नेपालले लिग टुको यो सिरिजअघि धेरै टी-२० खेल खेल्दा एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मा राम्रो प्रदर्शन गर्न नसकेको हो भन्ने प्रश्नमा कप्तान पौडेलले त्यसो भनेर छुट नपाइने बताए ।

‘यो वर्ष हामीले टी-२० फर्म्याटमा धेरै खेल्यौँ, त्यो भनेर एक्सक्युज लिनुभएन । त्यसको जिम्मा लिनुपर्छ’, रोहितले भने, ‘दुवै फरक फर्म्याट हो । ब्याटिङ युनिटको रुपमा त्यो कुरामा चुक्यौँ ।’

पौडेलले लिग टु को क्यानडा र अमेरिका सिरिजमा राम्रो गर्न नसक्दा आगामी खेलहरु चुनौतीपूर्ण हुने बताए । ‘निश्चित रुपमा हामीलाई चुनौती थपिएको छ, सोचेजस्तो सुरुवात हुन सकेन । यो भन्दाअघिको लिग टु साइकलमा पनि हामीले अन्तिम सिरिजहरुमा राम्रो गरेका थियौँ’, उनले भने ।

कप्तान पौडेलले अब आउने खेलमा केन्द्रित हुने बताए । अब नेपाली ब्याटरले ५० ओभरको खेलमा बानी पार्नुपर्ने पनि उनले बताए । ‘ब्याटरले ५० ओभरमा एडप्ट गर्न सकेको छैन । ५० ओभरको खेल अझ बढी खेल्नुपर्‍यो । दुई दिवसीय खेल खेल्यो भने ५० ओभरमा राम्रो हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
वर्ल्ड चेस च्याम्पियनसिप प्रतियोगितामा भाग लिन कतारको दोहा जान लागेका दुई खेलाडीलाई उत्कृष्ट प्रदर्शनका लागि शुभकामना दिँदै बिदाइ
मधेशवादी दलमा एकता र मोर्चाबन्दीको लहर, जनमत एक्लै
। लुम्बिनी लायन्स पहिलोपटक सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको दोस्रो क्वालिफायरमा विराटनगर किंग्सलाई ४० रनले पराजित गर्दै लुम्बिनीले दोस्रो संस्करणमा फाइनलमा स्थान बनाएको हो । लुम्बिनीले अब उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग खेल्नेछ । रोयल्सले पहिलो क्वालिफायरमा विराटनगरलाई नै हराएर लगातार दोस्रो पटक फाइनलमा स्थान बनाइसकेको छ । लुम्बिनीले दिएको ...
साफ महिला क्लब च्याम्पियनसिप : एपीएफले आज ट्रान्सपोर्ट युनाइटेडसँग खेल्दै
: नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ ...