मुख्य समाचार
राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत
राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत

— अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्ने संकेत गरेका छन् । एनबीसी न्युजसँगको कुराकानीमा ट्रम्पले अहिलेसम्म विश्वका करिब ७० जना नेताहरूसँग कुराकानी गरिसकेको उल्लेख गर्दै पुटिनसँग पनि वार्ताको सम्भावना रहेको बताएका हुन् ।



ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहुसँग 'राम्रो संवाद' भएको बताएका छन् । त्यस्तै उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेको बताएका छन् । तर ट्रम्पले कुराकानीबारे विस्तृत भने केही नभनेको एनबीसीले जनाएको छ । पुटिनसँग अहिले संवाद नभएको उल्लेख गर्दै उनले भनेका छन्, 'मलाई लाग्छ, हामी कुराकानी गर्नेछौँ ।'


यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ट्रम्पलाई बधाई दिएका छन् । राष्ट्रपति पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार राष्ट्रपति पुटिनले एक कार्यक्रमका अवसरमा ट्रम्पलाई बधाई दिएका हुन् । रुसी समाचार संस्था तासका अनुसार बिहीबार भल्दाई इन्टरनेसनल डिस्कसन क्लबमा आयोजित एक कार्यक्रममा पुटिनले ट्रम्प निर्वाचित भएकोमा बधाई दिएका हुन् ।

पुटिनको भनाइ उद्धृत गर्दै तासले लेखेको छ, 'म यो अवसरलाई सदुपयोग गर्दै अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई दिन चाहन्छु । मैले पहिले पनि भनिसकेको छु कि अमेरिकी नागरिकको विश्वास भएका राष्ट्राध्यक्षसँग हामी काम गर्नेछौँ ।' यद्यपि राष्ट्रपति पुटिनले अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पलाई औपचारिक रूपमा बधाईको पत्र भने पठाएका छैनन् ।

अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएसँगै कतिपयले युक्रेन-रुस युद्ध रोकिन सक्ने बताएका छन् । त्यसो त चुनावी प्रचारप्रसारका क्रममा ट्रम्प आफैंले पनि आफू राष्ट्रपति भए एकदिनमै युद्ध रोक्ने दाबी गरेका थिए । ट्रम्पले आगामी जनवरी २० मा दोस्रो कार्यकालका रूपमा अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।

रुसी राष्ट्रपति पुटिनले ट्रम्पसँगको छलफलका लागि तयार रहेको समेत बताएका छन् । गत जुलाईमा ट्रम्पमाथि भएको सांघातिक आक्रमणको प्रसंगमा पुटिनले ट्रम्पलाई साहसी व्यक्तिका रूपमा समेत प्रशंसा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तान र अफगानिस्तानबीचको सीमा क्षेत्र 'डुरान्ड रेखा' मा अफगानिस्तानले बिहीबार राति आक्रमण गरेको छ। अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार अफगानिस्तानको तालिबान सरकारले सीमामा रहेका पाकिस्तानी सैन्य चौकीहरूमा ठूलो स्तरको आक्रमण सुरु गरेपछि दुवै देशबीचको तनाव उत्कर्षमा पुगेको छ। बिहीबार राती भएकाे हमला गत हप्ता पाकिस्तानले गरेको हवाई हमलाको जवाफ स्वरूप भनिएकाे छ। तालिबानको दाबी तालिबान सरकारका प्रवक्ता ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी संसद (कांग्रेस)लाई सम्बोधन गर्दै भेनेजुएलाबाट अमेरिकाले प्राप्त गरिरहेको तेलबारे जानकारी दिएका छन्। उनले भेनेजुएलालाई अमेरिकाको ‘नयाँ मित्र र साझेदार’का रूपमा प्रस्तुत गरे। सीबीएस न्युजका अनुसार ट्रम्पले भने, 'अमेरिकी तेल उत्पादन दैनिक ६ लाख ब्यारेलभन्दा बढीले वृद्धि भएको छ। साथै, हामीले हाम्रो नयाँ मित्र र साझेदार भेनेजुएलाबाट ८ करोड ब्यारेलभन्दा बढी ...
: इरानमा सरकार विरोधी आन्दोलन पाँचौँ दिन पनि जारी रहेको छ। राजधानी तेहरानसहित देशका प्रमुख सहरहरू शीराज र मशहदमा प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन्। उक्त आन्दोलनका विषयमा बीबीसी पुष्टि गरेको छ। जनवरीमा प्रदर्शनकारीहरूमाथि सरकारले गरेको कडा दमनपछि अहिले फेरि ठुलो स्तरमा विरोध प्रदर्शन सुरु भएको हो। विशेष गरी विश्वविद्यालय अन्तर्गतका क्याम्पस र त्यस वरपरका क्षेत्रहरूमा आन्दोलनको राप ...
: डाक्टर एमी एल रोजब्रफले त्यो फोन आएको क्षण कहिल्यै बिर्सिन सक्दिनन् । सन् २०२१ को जुन महिनाको घाम लागेको शनिबार, उनी म्याडिसनस्थित आफ्नै घरमा थिइन् । त्यही बेला उनकी सहकर्मी, विस्कान्सिन ऐतिहासिक समाज Wisconsin Historical Society कार्यरत गोताखोर तमारा थोमसनले फोन गर्दै भनिन्, ‘हे एमी, मसँग डुंगामा आउनुहोस्... मैले केही भेटें ।’ थोमसन र ...
: अमेरिकाले इरानले आफ्नो परमाणु कार्यक्रमलाई पुन:सक्रिय बनाउन खोजिरहेको दाबी गरेको छ। गत वर्षको जुन महिनामा अमेरिकी नेतृत्वमा भएको आक्रमणपछि इरानले आफ्ना परमाणु संयन्त्रहरूलाई फेरि बनाउने प्रयास गरिरहेको अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले बताएका छन् । भेन्सले पत्रकारहरूसँग कुरा गर्दै भने, 'हाम्रो सिद्धान्त प्रष्ट छ- इरानसँग परमाणु हतियार हुनुहुँदैन। यदि उनीहरूले परमाणु हतियार बनाउने प्रयास गरे भने ...