मुख्य समाचार
एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे 
एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे 

— पेरिस सेन्ट जर्मेन (पीएसजी) का कप्तान मारक्विन्होलाई लाग्छ, टिममा दक्षता भन्ने नै छैन, न त काम ठीकले गर्ने सोच । बुधबारको खेलमा एट्लेटिको म्याड्रिडको हातबाट २–१ ले पराजित भएपछि कप्तान निराशमात्रै भएनन्, उनले टिमकै चर्को आलोचना गरे ।



प्रतियोगिता सुरु हुनुअघि फेरि एकपल्ट पीएसजीको लक्ष्य उपाधि जित्ने नै थियो । तर चार खेलको समाप्तिमा फ्रान्सेली च्याम्पियन ३६ टिममध्ये २५ औं स्थानमा छ ।


यसपल्ट ८ चरणको खेलपछि पुछारमा रहेका १२ टिम प्रतियोगिताबाट बाहिरिने छन् । पीएसजीलाई अहिले यसकै पीर छ । ‘अहिले टिममा सुधार नै आइरहेको छैन, टिम सटिक र अचुक हुन सकेको छैन,’ मारक्विन्होले भने, ‘जतिबेला विपक्षी टिम बलियो हुन्छ, त्यतिबेला सानो भूलमा पनि त्यसको प्रतिफल डरलाग्दो हुन्छ ।’

पीएसजीले बायर्न र म्यानचेस्टर सिटी जस्ता बलिया टिमको अझै सामना गर्न बाँकी रहेको स्थितिमा छनोट निकै चुनौतीपूर्ण भएको छ । पछिल्लो च्याम्पियन्स लिगमा सेमिफाइनल पुगेको पीएसजी सन् २०२० को उप–विजेता हो । तर अहिलेसम्म टोलीले युरोपेली क्लब फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता जित्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...