मुख्य समाचार
क्रिकेटमा पूर्वाधार विकास महत्त्वपूर्ण
क्रिकेटमा पूर्वाधार विकास महत्त्वपूर्ण

— नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए ।



पोखराको एक चक्कर लगाएर उनले रंगशालास्थित क्रिकेट मैदानको पनि अवलोकन गरे । उनले भारतको धर्मशालामा रहेको रंगशालालाई उत्कृष्ट भनिए पनि पोखरा रंगशाला विश्वकै उत्कृष्टमध्ये पर्ने बताए । ‘पृष्ठभूमिमा हिमाल हेर्दै यहाँको रंगशालामा खेल्न मन छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेटरहरू यहाँ आएर खेल्नुपर्छ ।’ युवा क्रिकेटरलाई अवसरसँगै लगानी गर्न सकेमा मात्रै नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको उनले सुनाए ।


उनले पोखरा र नेपाली क्रिकेटको भविष्यको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । उनले क्रिकेटको विकासमा खेलाडीसँग पूर्वाधारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताए । ‘एनपीएलको सिजन २, ३, ४ हुँदै जाँदा सुविधाहरू बढाउँदै जानुपर्छ । यसमा सबै सरोकारवालाले स्वामित्व लिनुपर्छ,’ उनी भन्छन्, ‘क्रिकेट विकास खेलाडीसँग सम्बन्धित हो नै तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो पूर्वाधार विकाससँग सम्बन्धित छ ।’

उनले खेलाडी वा प्रशिक्षकलाई क्रिकेटको सबै कुराको ज्ञान हुन्छ भन्ने बुझाइ गलत रहेको बताउँदै आफू वरपरका मानिसबाट सिकेका अनुभव र ज्ञानलाई बाँड्न मात्रै नेपाल आएको सुनाए । एनपीएल जस्ता टुर्नामेन्टले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउन मद्दत गर्ने उनको विश्वास छ । उनी भन्छन्, ‘एनपीएलले नेपाली क्रिकेटको उचाइमात्रै बढाउँदैन, दिगो पर्यटन प्रवर्द्धन गर्छ ।’ पहिलोपल्ट आयोजना हुन लागेको एनपीएलमा सहभागी पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाएको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहकार परामर्शदाता जोन्टी रोड्ससहित पोखरेली क्रिकेटप्रेमी र्‍यालीमा सहभागी थिए ।

गण्डकी क्रिकेट संघ, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथलगायत नौ संघसंस्थाले संयुक्त रूपमा पोखरामा आयोजित ‘राइड विथ जोन्टी रोड्स’ मा सहभागिता जनाएका थिए । पोखराको फिस्टेल गेटबाट सुरु र्‍याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमी, सभागृह चोक, न्यूरोड, वीपीी चोक, महेन्द्रपुल,, रानीपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक हुँदै पुनः फिस्टेल गेटमा पुगेर सम्पन्न भएको थियो ।

र्‍यालीपछि आयोजित पत्रकार सम्मेलनमा पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताए । एनपीएलले नेपाली क्रिकेटको भविष्यको बाटो कोरेको बताउँदै उनले पोखरा एभेन्जर्सले युवा खेलाडी उत्पादन गर्दै व्यावसायिक क्रिकेट अघि बढाउन उद्योगको रूपमा स्थापित गर्ने बताए । ‘अहिले नै हामीले नाफाघाटाको कुरा गरेका छैनौं । हामी व्यावसायिक क्रिकेट खेलको विकास होस् भन्ने चाहन्छौं,’ उनले भने, ‘यहाँ नाफा वा घाटाको विषय नै होइन । कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्छ । हामी क्रिकेट विकासका लागि आएका हौं । हामी त्यो मार्गमा अग्रसर हुन चाहन्छौं ।’

उनले जलवायु परिवर्तनले नेपाली जनजीवनमा पारेको असरका सम्बन्धमा जागरण ल्याउन पोखरा एभेन्जर्सले आफ्नो जर्सी अनावरण मुस्ताङको लोमन्थाङ क्षेत्रमा गरेको बताए । ‘अहिले जलवायु परिवर्तन समस्याको रूपमा देखिएको छ,’ उनले भने, ‘हामी क्रिकेटमार्फत पर्यटन प्रवर्द्धनसँगै जलवायु परिवर्तन र हिमाली जनजीवनका देखापरेका असरलाई विश्वसामु पुर्‍याउन चाहन्छौं ।’

उनले प्रशिक्षक राजीव कुमारसहित १० दिनको क्लोज क्याम्प पोखरामै गर्ने जानकारी दिए । ट्यालेन्ट हन्टमार्फत एक आइकोनिक खेलाडी र गण्डकी हिरोजका लागि वर्षभर क्रिकेट खेल्न सक्ने ४ गरी ५ खेलाडी छनोट गरिने बताए । अनलाइन आवेदन खुला गरेपछि २ सय ५० भन्दा बढीले फारम भरिसकेको उनले बताए । ‘तीमध्येबाट पोखरा रंगशाला बोलाएर छनोट गर्ने छौं,’ उनले भने, ‘पछिसम्मै खेल्ने गण्डकीको हाम्रो टिम बनाउँछौं ।’

चेन्नई सुपर किंग्सका फिल्डिङ तथा ब्याटिङ प्रशिक्षक रहेका राजीव कुमार पोखरासँग जोडिनुले टिमलाई थप बलियो बनाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...