मुख्य समाचार
क्रिकेटमा पूर्वाधार विकास महत्त्वपूर्ण
क्रिकेटमा पूर्वाधार विकास महत्त्वपूर्ण

— नेपाल प्रिमियर लिग (एनपीएल) कै महँगो टिम पोखरा एभेन्जर्सले पोखरावासीको समर्थन जुटाउन बिहीबार आयोजना गरेको र्‍यालीमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर जोन्टी रोड्स सहभागी भए । टिमको मेन्टरका रूपमा आएका उनी क्रिकेटप्रति पोखरावासीको लगाव देखेर उत्साही भए ।



पोखराको एक चक्कर लगाएर उनले रंगशालास्थित क्रिकेट मैदानको पनि अवलोकन गरे । उनले भारतको धर्मशालामा रहेको रंगशालालाई उत्कृष्ट भनिए पनि पोखरा रंगशाला विश्वकै उत्कृष्टमध्ये पर्ने बताए । ‘पृष्ठभूमिमा हिमाल हेर्दै यहाँको रंगशालामा खेल्न मन छ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय क्रिकेटरहरू यहाँ आएर खेल्नुपर्छ ।’ युवा क्रिकेटरलाई अवसरसँगै लगानी गर्न सकेमा मात्रै नेपाली क्रिकेटको भविष्य उज्ज्वल रहेको उनले सुनाए ।


उनले पोखरा र नेपाली क्रिकेटको भविष्यको हिस्सा हुन पाउँदा खुसी लागेको बताए । उनले क्रिकेटको विकासमा खेलाडीसँग पूर्वाधारलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताए । ‘एनपीएलको सिजन २, ३, ४ हुँदै जाँदा सुविधाहरू बढाउँदै जानुपर्छ । यसमा सबै सरोकारवालाले स्वामित्व लिनुपर्छ,’ उनी भन्छन्, ‘क्रिकेट विकास खेलाडीसँग सम्बन्धित हो नै तर सबैभन्दा महत्त्वपूर्ण कुरा यो पूर्वाधार विकाससँग सम्बन्धित छ ।’

उनले खेलाडी वा प्रशिक्षकलाई क्रिकेटको सबै कुराको ज्ञान हुन्छ भन्ने बुझाइ गलत रहेको बताउँदै आफू वरपरका मानिसबाट सिकेका अनुभव र ज्ञानलाई बाँड्न मात्रै नेपाल आएको सुनाए । एनपीएल जस्ता टुर्नामेन्टले नेपाली क्रिकेटलाई अझ अगाडि बढाउन मद्दत गर्ने उनको विश्वास छ । उनी भन्छन्, ‘एनपीएलले नेपाली क्रिकेटको उचाइमात्रै बढाउँदैन, दिगो पर्यटन प्रवर्द्धन गर्छ ।’ पहिलोपल्ट आयोजना हुन लागेको एनपीएलमा सहभागी पोखरा एभेन्जर्सले पोखराको विभिन्न भाग परिक्रमा गरी टिमको समर्थन जुटाएको हो । दक्षिण अफ्रिकाका लेजेन्ड खेलाडी एवं पोखरा एभेन्जर्स टिमका सल्लाहकार परामर्शदाता जोन्टी रोड्ससहित पोखरेली क्रिकेटप्रेमी र्‍यालीमा सहभागी थिए ।

गण्डकी क्रिकेट संघ, कास्की क्रिकेट, पोखरा बाइकर्स ग्रुप, रोटरी क्लब अफ लेखनाथलगायत नौ संघसंस्थाले संयुक्त रूपमा पोखरामा आयोजित ‘राइड विथ जोन्टी रोड्स’ मा सहभागिता जनाएका थिए । पोखराको फिस्टेल गेटबाट सुरु र्‍याली बैदाम, हल्लनचोक, जरेबर, जिरो किमी, सभागृह चोक, न्यूरोड, वीपीी चोक, महेन्द्रपुल,, रानीपौवा, हस्पिटल चोक, अमरसिंह चोक, पृथ्वीचोक, पोखरा एयरपोर्ट, मुस्ताङचोक हुँदै पुनः फिस्टेल गेटमा पुगेर सम्पन्न भएको थियो ।

र्‍यालीपछि आयोजित पत्रकार सम्मेलनमा पोखरा एभेन्जर्सका अध्यक्ष सुवोध त्रिपाठीले क्रिकेटलाई उद्योगको रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको बताए । एनपीएलले नेपाली क्रिकेटको भविष्यको बाटो कोरेको बताउँदै उनले पोखरा एभेन्जर्सले युवा खेलाडी उत्पादन गर्दै व्यावसायिक क्रिकेट अघि बढाउन उद्योगको रूपमा स्थापित गर्ने बताए । ‘अहिले नै हामीले नाफाघाटाको कुरा गरेका छैनौं । हामी व्यावसायिक क्रिकेट खेलको विकास होस् भन्ने चाहन्छौं,’ उनले भने, ‘यहाँ नाफा वा घाटाको विषय नै होइन । कुनै पनि व्यवसाय वा उद्योग स्थापित हुन समय लाग्छ । हामी क्रिकेट विकासका लागि आएका हौं । हामी त्यो मार्गमा अग्रसर हुन चाहन्छौं ।’

उनले जलवायु परिवर्तनले नेपाली जनजीवनमा पारेको असरका सम्बन्धमा जागरण ल्याउन पोखरा एभेन्जर्सले आफ्नो जर्सी अनावरण मुस्ताङको लोमन्थाङ क्षेत्रमा गरेको बताए । ‘अहिले जलवायु परिवर्तन समस्याको रूपमा देखिएको छ,’ उनले भने, ‘हामी क्रिकेटमार्फत पर्यटन प्रवर्द्धनसँगै जलवायु परिवर्तन र हिमाली जनजीवनका देखापरेका असरलाई विश्वसामु पुर्‍याउन चाहन्छौं ।’

उनले प्रशिक्षक राजीव कुमारसहित १० दिनको क्लोज क्याम्प पोखरामै गर्ने जानकारी दिए । ट्यालेन्ट हन्टमार्फत एक आइकोनिक खेलाडी र गण्डकी हिरोजका लागि वर्षभर क्रिकेट खेल्न सक्ने ४ गरी ५ खेलाडी छनोट गरिने बताए । अनलाइन आवेदन खुला गरेपछि २ सय ५० भन्दा बढीले फारम भरिसकेको उनले बताए । ‘तीमध्येबाट पोखरा रंगशाला बोलाएर छनोट गर्ने छौं,’ उनले भने, ‘पछिसम्मै खेल्ने गण्डकीको हाम्रो टिम बनाउँछौं ।’

चेन्नई सुपर किंग्सका फिल्डिङ तथा ब्याटिङ प्रशिक्षक रहेका राजीव कुमार पोखरासँग जोडिनुले टिमलाई थप बलियो बनाएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: मोहम्मद सालाहको गोलमा इजिप्टले साविक विजेता आइभरी कोस्टमाथि रोमाञ्चक जित निकालेको छ। अफ्रिका कप अफ नेसन्स (अफकोन) २०२५ को क्वार्टरफाइनलमा रोमाञ्चक जित निकाल्दै इजिप्ट सेमिफाइनलमा प्रवेश गरेको हो। खेलको चार मिनेटमै ओमर मार्मोसले गोल गर्दै इजिप्टलाई अग्रता दिलाएका थिए। त्यसपछि आधा घण्टापछि रामी राबियाले हेडमार्फत गोल गर्दै इजिप्टलाई २-० को अग्रता दिलाए। तर हाफ टाइमअघि ...
: झापाको भद्रपुरस्थित मेची क्रिकेट ग्राउन्डमा कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप हुने भएको छ । प्रदेश सरकारले कोशी पर्यटन वर्ष मनाइरहेको अवस्थामा यहाँका पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्ने उद्देश्यले आगामी कोशी पाथीभरा इन्डो–नेपाल टी २० क्रिकेट च्याम्पियनसिप गर्न लागेको हो । आयोजक भद्रपुर क्रिकेट क्लबले शुक्रबार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी ...
— आईसीसी महिला ट्वान्टी-२० विश्वकप ग्लोबल छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भएको हो । स्कटल्यान्डले दिएको १८४ रनको बलियो लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५६ रनमा समेटियो । नेपालका लागि सम्झना खड्काले सर्वाधिक अविजित ५२ रन ...
— आर्सनलले इंग्लिस प्रिमियर लिगमा बिहीबार लिभरपुलसँग गोलरहित बराबरी खेलेको छ । यो नतिजापछि आर्सनलले लिग तालिकाको शीर्षमा आठ अंकको अग्रता लिने अवसर गुमाएको छ । इमिरेट्स स्टेडियममा यो सिजन आर्सनलले गोल गर्न नसकेको यो नै पहिलो पल्ट हो । तर अहिले पनि आर्सनललाई दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटमिाथि छ अंकको अग्रता प्राप्त छ र टिम लिग ...
: नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एवं स्ट्राइकर सावित्रा भण्डारीले लामो समय मैदान बाहिरै बिताउनु पर्ने भएको छ। अस्ट्रेलियाको ए लिग क्लब वेलिङ्टन फिनिक्सबाट खेलिरहेकी सावित्राले घुँडामा गम्भीर चोट बोकेपछि नौदेखि १२ महिनासम्म मैदान बाहिर रहने क्लबले जनाएको छ। उनले ए लिगका बाँकी सिजन पनि गुमाउने जनाइएको छ। शनिबार राति ब्रिस्बेनमा ब्रिस्बेन रोअरसँगको खेलका क्रममा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम