मुख्य समाचार
डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताए
डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताए

— क्वान्टम भौतिकशास्त्री डा. जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व लिन सक्ने बताएका छन्। नेपाल महर्षि वैदिक फाउन्डेसनले काठमाडौँमा गरेको अतिरुद्रि विराट महायज्ञमा प्रमुख वक्ताका रूपमा सहभागी हुँदै बिहीबार उनले यस्तो बताएका हुन्।

'योग र यज्ञका माध्यमबाट नेपालले विश्ववको नेतृत्व लिन सक्छ,' उनले भने, 'योग र यज्ञले समाजमा शान्ति स्थापना गर्छ। यी दुवै विषय स्वर्ण युगका उच्चतम प्रविधि हुन्। यीभन्दा शक्तिशाली विषय संसारमा कुनै पनि छैन।'

योग र यज्ञका माध्यमबाट नै नेपालले विश्वको नेतृत्व लिन सक्छ भन्ने महर्षि महेश योगीको दृष्टिकोण थियो। ५० वर्षअघि नेपाल आएका महर्षि योगीले नेपालले संसारको नेतृत्व लिन सक्ने धारणा व्यक्त गरेका थिए। सोही विषयबारे स्पष्ट गराउँदै डा हेगलिनले यसका रणनीति प्रस्तुत गरेका थिए।

अमेरिकास्थित ट्रान्सेन्डेन्टल मेडिटेसन अर्गनाइजेसनका निर्देशकसमेत रहेका डा. हेगलिनले नेपाललाई विश्वको नेतृत्व लिन सक्ने बनाउनका लागि आफूहरूले योगविज्ञान र यज्ञयज्ञादिका विषयलाई मुख्य रूपमा जोड दिएको बताए । फाउन्डेसनले चम्पादेवीमा क्याम्पस स्थापना गरेको छ। क्याम्पसमा यज्ञ र योगका विषय अध्ययन अध्यापन हुँदै आएका छन्।

महर्षि महेश योगी नेपाल आएको ५० वर्ष पुगेको अवसरमा आयोजित महायज्ञमा उनले नेपालले मात्र प्राचीन वैदिक ज्ञान बुझ्न सक्ने भएकाले विश्वको नेतृत्व गर्न सक्ने क्षमता पनि नेपालसँग भएको बताए।

विज्ञान, प्रविधि र सार्वजनिक नीति अध्ययन संस्थानका निर्देशक वैदिक ज्ञानको सदुपयोग गर्न सकेन संसारलाई नेतृत्व गर्ने क्षमता विकास गर्न नेपालका लागि टाढाको कुरा नभएको उल्लेख गरे।

विश्वलाई पूर्णरूपमा स्वस्थ बनाएर विश्वमा शान्ति स्थापना गर्न सकिन्छ भन्ने कुरा महर्षि योगीले पनि भनेको कुरालाई आफूहरूले पटक-पटक दोहोर्‍याउँदै आएको बताए।

क्वान्टम फिजिक्सका अध्येता डा. हेगलिनले आयुर्वेद र भौतिकशास्त्रका समानता पनि केलाए। कार्यक्रममा वैदिक ज्ञान प्रणालीमा रहेर विभिन्न क्षेत्रका काम गरिरहेका व्यक्तित्वले वैदिक ज्ञान, योग र यज्ञादिका विषयमा धारणा प्रस्तुत गरेका थिए।

महायज्ञमा १ हजार १११ जनाले रुद्रि पाठ पारायण गर्न सुरु गरेका छन्। कार्यक्रम कात्तिक २५ गते समापन हुने फाउन्डेसनका अध्यक्ष दीपक बास्कोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रुपन्देहीको भैरहवा ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भयो, भोलि कार्यालय समय सुरु भएपछि ...
। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेविरुद्धको कानुनी लडाइँमा अडिग भएर लड्ने जनाएको छ । सभापति लामिछानेलाई उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र डीपी अर्यालले सोमबार भेटेपछि मंगलबार विज्ञप्ति निकालेर रास्वपाले सो जानकारी दिएको हो । उसभापतिद्वयसँगको भेटमा सभापति लामिछानेको अभिव्यक्ति उधृत गर्दै विज्ञप्तिमा लेखिएको छ, ‘मेरो कानुनी लडाइँ म लड्न सक्षम छु, तर अब तपाईंहरु ढिला ...
। पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा ल्याएसँगै विरोध प्रदर्शन गरिएको छ । सरकारी वकिलको कार्यालयमा बयान चल्दै गर्दा बाहिर रवि समर्थक र सहकारी पीडित पक्षले छुट्टाछुट्टै नाराबाजी गरिरहेका छन् । सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणको मुद्दामा पक्राउ परेका सभापतिलाई दिउँसो १२ बजे पोखराबाट भैरहवा ल्याइएको हो । लामिछानेको प्रतीक्षामा ...
: आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा स्याङ्जाको बिरुवा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बाग्लुङको बडिगाड गाउँपालिका-९ घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका-२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र झापाको मेचीनगर नगरपालिका-१० घर भई काठमाडौं ...
: ज्यान मार्ने उद्योगमा दोषी ठहर भइ पक्राउ परेका पूर्वमन्त्री एवम् गण्डकी प्रदेशसभा सदस्य राजीव गुरूङ (दीपक मनाङे)डिल्लीबजार कारागार चलान भएका छन् । मनाङेलाई मंगलबार काठमाडौंको सानोभर्‍याङस्थित कम्फर्ट हाउजिङबा पौने ११ बजेतिर सीआईबीको टोलीले पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए।उनका अनुसार मनाङेलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले काठमाडौँ जिल्ला ...